अनुपम घलान स्मृति फुटबलः वडा नम्बर १२, १५ र १९ सेमीफाइनलमा
९ फागुन, हेटौंडा । मकवानपुरको सिस्नेरी पहिरोमा परी ज्यान गुमाएका हेटौँडा १२ का अनुमप घलानको स्मृतिमा सुरु भएको १६ वर्ष मुनिको हेटौँडा नगर स्तरीय फुटबल प्रतियोगितामा वडा नम्बर १२, १५ र १९ सेमिफाइनमा प्रवेश गरेका छन् ।
नगर खेलकुद विकास समितिको आयोजनामा हेटौँडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा जारी प्रतियोगिताको बिहीबारको खेलमा जीत निकाल्दै वडा नम्बर १२, १५ र १९ सेमिफाइनमा प्रवेश गरेका हुन् ।
प्रतियोगिता अन्तर्गत पहिलो क्वार्टरफाइनल खेलमा हेटौँडा–६ लाई टाइब्रेकरमा ५–४ गोलले हराउँदै हेटौँडा १५ सेमिफाइनल प्रवेश गरेको हो । निर्धारित समय एक–एक गोलको बराबरी भएपछि टाइब्रेकरबाट विजेताको टुंगो लगाइएको थियो ।
खेलको निर्धारित समयमा हेटौँडा–६ का लागि अनुज राई र हेटौँडा–१५ का लागि असिम वाईवाले एक÷एक गोल गरेका थिए ।
यस्तै बिहीबार नै भएको दोस्रो क्वार्टरफाइनल खेलमा हेटौँडा–९ लाई ३–१ गोलअन्तरले ह...



















