८ फागुन, हेटौँडा । लेबनानलाई हराउँदै नेपाल एक खेलअघि नै अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । त्रिपुरेश्वरको दशरथ रंगशालामा बिहीबार भएको खेलमा नेपालले लेबनानलाई १–० गोलले हराएको हो ।
नेपालको जितका लागि सावित्रा भण्डारीले खेलको ४२ औं मिनेटमा निर्णयक गोल गरिन् । प्रतियोगितामा नेपालको यो लगातार दोस्रो जीत हो । नेपालले पहिलो खेलमा किर्गिस्तानलाई १–० गोलले हराएको थियो ।
अब नेपालले उपाधिका लागि म्यानमारसँग खेल्नेछ । नेपालको जीतसँगै म्यानमार पनि फाइनलमा पुगेको हो । बिहीबार नै भएको अर्को खेलमा म्यानमारले किर्गिस्तानलाई ५–० गोलले हराउँदै लगातार दोस्रो जीत हासिल गरेको हो । म्यानमारले पहिलो खेलमा लेबनानलाई ३–१ गोलले हराएको थियो ।
अब समूह चरणको अन्तिम खेलमा आउँदो आइतवार दिउँसो २ बजे किर्गिस्तान र लेबनान तथा बेलुकी ६ बजे नेपाल र म्यानमार खेल्नेछन् । फाइनल खेल फागुन १४ गते हुनेछ ।
Hetauda Live ले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।