अनुपम घलान स्मृति फुटबलः वडा नम्बर १२, १५ र १९ सेमीफाइनलमा

९ फागुन, हेटौंडा । मकवानपुरको सिस्नेरी पहिरोमा परी ज्यान गुमाएका हेटौँडा १२ का अनुमप घलानको स्मृतिमा सुरु भएको १६ वर्ष मुनिको हेटौँडा नगर स्तरीय फुटबल प्रतियोगितामा वडा नम्बर १२, १५ र १९ सेमिफाइनमा प्रवेश गरेका छन् ।

नगर खेलकुद विकास समितिको आयोजनामा हेटौँडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा जारी प्रतियोगिताको बिहीबारको खेलमा जीत निकाल्दै वडा नम्बर १२, १५ र १९ सेमिफाइनमा प्रवेश गरेका हुन् ।

प्रतियोगिता अन्तर्गत पहिलो क्वार्टरफाइनल खेलमा हेटौँडा–६ लाई टाइब्रेकरमा ५–४ गोलले हराउँदै हेटौँडा १५ सेमिफाइनल प्रवेश गरेको हो । निर्धारित समय एक–एक गोलको बराबरी भएपछि टाइब्रेकरबाट विजेताको टुंगो लगाइएको थियो ।

खेलको निर्धारित समयमा हेटौँडा–६ का लागि अनुज राई र हेटौँडा–१५ का लागि असिम वाईवाले एक÷एक गोल गरेका थिए ।
यस्तै बिहीबार नै भएको दोस्रो क्वार्टरफाइनल खेलमा हेटौँडा–९ लाई ३–१ गोलअन्तरले हराउँदै हेटौँडा–१२ ले सेमिफाइनलमा स्थान बनाएको छ । हेटौँडा–९ ले पाएको सुरुवाती अग्रता जोगाउन नसक्दा पराजय व्यहोर्नुपरेको हो । उसका लागि खेलको २३ औं मिनेटमा बिप्लव बोहोराले गोल गर्दै अग्रता दिलाएका थिए ।

तर हेटौँडा–१२ का लागि २५ औं मिनेटमा आदित्य मोक्तानले गोल गर्दै खेललाई बराबरीमा पु¥याए । खेलको दोस्रो हाफको ५३ औं मिनेटमा उर्गेन रुम्बा र खेलको अन्तिम समयमा आदित्य मोक्तानले व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गर्दा वडा नम्बर १२ सेमिफाइनल पुग्न सफल भयो ।

बिहिबार नै भएको क्वाटरफाइनलको तेस्रो खेलमा हेटौँडा–१९ ले हेटौँडा–८ लाई टाइब्रेकरमा ४–३ गोलअन्तरले हराएको छ । खेलको निर्धारित समयमा एक÷एक गोलको बराबरी भएपछि खेल टाइब्रेकरमा पुगेको थियो । हेटौँडा–१९ का लागि पेम्वा बल र हेटौँडा–८ का लागि सन्देश देउलाले एक÷एक गोल गरे ।

प्रतियोगिता अन्तर्गत शुक्रबार क्वार्टरफाइनल चरणको अन्तिम खेलमा हेटौँडा–११ र हेटौँडा–१८ बीच प्रतिस्पर्धा हुनेछ । यस्तै शुक्रबार दिउँसोबाट सेमिफाइनलका खेल हुने आयोजकले जनाएको छ ।
प्रतियोगितामा हेटौँडाका १९ मध्ये १० वटा वडाको सहभागिता छ । १० गते फाइनल खेल हुने प्रतियोगिताको उपाधि विजेता टोलीले एक लाख र उपविजेता टोलीले ७० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ ।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

मकवानपुरमा लागुऔषधसहित चार दिनमा १३ जना पक्राउ

मकवानपुरमा लागुऔषधसहित चार दिनमा १३ जना पक्राउ

१८ जेठ, हेटौँडा । मकवानपुर प्रहरीले चार दिनको अवधिमा विभिन्न स्थानबाट १३ जनालाई लागुऔषधसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्याल...
प्रधानमन्त्री शाहको अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभामा चर्को विरोध, राजीनामाको माग

प्रधानमन्त्री शाहको अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभामा चर्को विरोध, राजीनामाको माग

१८ जेठ, हेटौँडा । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा सीमा विवादका विषयमा दिएको पछिल्लो अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभ...
गौरीटार अन्तर्राष्ट्रिय क्रिकेट मैदानको उद्घाटन

गौरीटार अन्तर्राष्ट्रिय क्रिकेट मैदानको उद्घाटन

१७ जेड, हेटौँडा । हेटौँडाको गौरीटारमा निर्माण सम्पन्न भएको अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान आइतबार औपचारिक रूपमा उद्घाटन गरिएको...
११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

७ जेठ, हेटौँडा । बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको बजेट अधिवेशन जेठ ११ गते सोमबारका लागि आह्वान गर्न लागि प्...
२४ वैशाखमा बागमती प्रदेशभर सार्वजनिक बिदा

२४ वैशाखमा बागमती प्रदेशभर सार्वजनिक बिदा

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले ‘भाषा दिवस’का अवसरमा वैशाख २४ गते बिहीबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । ...
मुख्यमन्त्री बानियाँविरुद्ध कदमप्रतिको कांग्रेस मकवानपुरको आपत्ति

मुख्यमन्त्री बानियाँविरुद्ध कदमप्रतिको कांग्रेस मकवानपुरको आपत्ति

२१ वैशाख, हेटौँडा । नेपाली कांग्रेस मकवानपुर ले बागमती प्रदेशका सभापति तथा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ विरुद्ध...
सुकुमवासी तथा अव्यवस्थित बसोबासीको प्रदर्शन

सुकुमवासी तथा अव्यवस्थित बसोबासीको प्रदर्शन

२१ वैशाख, हेटौँडा । संघीय सरकारले अतिक्रमित बस्ती खाली गर्ने तयारी थालेपछि मकवानपुरमा भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीहरू ...
टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

२१ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगितामा ललितपुरको फ्रे...