८ फागुन, हेटौँडा । मकवानपुरको कैलाश गाउँपालिकामा बुधबारबाट सुरु भएको पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा कैलाश–३ मा रहेको भवानी माध्यामिक विद्यालय प्रथम भएको छ । ९ स्वर्ण, एक रजत र २ कास्यसहित १२ पदक जितेको भवानीले प्रथम हुँदै गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड हात पारेको छ ।
कैलाश गाउँपालिकाको आयोजना तथा खेलकुद विकास समितिको व्यवस्थापनमा भएको प्रतियोगिता भवानी माध्यमिक विद्यालयको खेल मैदानमा भएको थियो । प्रतियोगितामा पालिका भित्रका ६ वटा माध्यामिक विद्यालयहरुले सहभागिता जनाएका थिए ।
प्रतियोगितामा ४ स्वर्ण र एक कास्य गरी ५ पदकसहित कैलाश २ मा रहेको कमलादेवी मावि द्धितीय भएको छ भने २ स्वर्ण, ५ रजत र ६ कास्य गरी १३ पदकसहित कैलाश ९ मा रहेको कालिका मावि तृतीय भएको छ ।
प्रतियोगितामा हाइजम्प खेलमा छात्रातर्फ समूना मल्ल, गोमा बर्तौला र रुथ जिम्बा क्रमशः प्रथम, द्धितीय र तृतीय भएका छन् भने छात्रतर्फ नमराज मुक्तान, उसप मुक्तान र विशाल मोक्तान क्रमशः प्रथम, द्धितीय र तृतीय भएका थिए ।
त्यस्तै, सटपुट खेलको छात्रातर्फ सरिता सुनार प्रथम, भीममाया गुरुङ द्धितीय र लक्ष्मी थोकर तृतीय भएका छन् भने छात्रतर्फ अजित थिङ प्रथम, उदय मुक्तान द्धितीय र साजन कुमार वाईवा तृतीय भएको कैलाश खेलकुद विकास समितिका सदस्य सचिव तथा शिक्षा शाखा प्रमुख समीर जोशीले बताए ।
यसैगरी ज्यावलिङ थ्रो खेलमा छात्रातर्फ मुना गुरुङ प्रथम, प्रियन्ना थिङ द्धितीय र मनिषा मुक्तान तृतीय भएका छन् भने छात्रतर्फ नवराज मुक्तान प्रथम, दिवाकर प्रजा द्धितीय र सोनाम घिसिङ तृतीय भएका छन् ।
त्यस्तै, लङ्गजम्पको छात्रातर्फ समूना मल्ल प्रथम, विनिता थिङ द्धितीय र गोमा बर्तौला तृतीय भएका छन् । ८ सय मिटर दौडको छात्रतर्फ अनक मुक्तान प्रथम, विकास थिङ द्धितीय र विप्लव घिसिङ तृतीय भएका छन् ।
प्रतियोगिताको ४ सय मिटर दौडको छात्रातर्फ सदीक्षा गुरुङ प्रथम, रेश्मा स्याङ्बो द्धितीय र सञ्जमाया मुक्तान तृतीय भएका छन् भने छात्रतर्फ रमन थिङ प्रथम, सुरेश खड्का द्धितीय र सुनील प्रजा तृतीय भएका छन् ।
यसैगरी २ सय मिटर दौडको छात्रातर्फ सविना वाईवा प्रथम, मनिषा नेगी द्धितीय मनमाया बुलुन तृतीय भएका छन् र छात्रतर्फ आमोश चेपाङ प्रथम, सुदीप मुक्तान द्धितीय र दिवाकर प्रजा तृतीय भएका छन् । एक सय मिटर दौडको छात्रातर्फ प्रकृति सुवेदी प्रथम, गोमा बर्तौला द्धितीय र सविना वाईवा तृतीय भए भने छात्रतर्फ विकास थिङ प्रथम, विकास परियार द्धितीय र नीमा थिङ तृतीय भएको शिक्षा शाखा प्रमुख जोशीले बताए ।
भलिबलतर्फको खेलमा कमलादेवी माध्यामिक विद्यालय विजेता बनेको छ भने धुवाङ माध्यामिक विद्यालय उपविजेता बनेको छ ।
समितिका संयोजक मोहन वाईवाको सभाध्यक्षता तथा पालिका अध्यक्ष लोकबहादुर मोक्तानको प्रमुख आतिथ्यतामा प्रतियोगिताको समापन गरिएको हो । समापन कार्यक्रममा विजयी भएका विद्यालयलाई पालिका अध्यक्ष लोकबहादुर मुक्तान र उपाध्यक्ष बालकुमार मल्लले शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए ।
प्रतियोगितामा कमलादेवी मावि कैलाश–२, भवानी मावि कैलाश–३, व्यास मावि कैलाश–६, धुवाङ्ग मावि कैलाश–८, कालिका मावि कैलाश–९ र रत्नज्योति मावि कैलाश–१० का विद्यार्थीहरुले सहभागिता जनाएका थिए ।
Hetauda Live ले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।