१० भदौ, हेटौँडा । देशभरका विभिन्न २३ स्थानमा प्रशासनिक सेवा विस्तार गर्ने सरकारको निर्णयपछि उत्तरी मकवानपुरको थाहा नगर र मश्चिम मकवानपुरको मनहरी क्षेत्रमा पनि इलाका प्रशासन कार्यलय स्थापना गर्नुपर्ने बिषय उठेको छ । यसैबिच मकवानपुरको क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य एवं एमाले संसदीय दलका प्रमुख सचेतक महेश कुमार बर्तौलाले उत्तरी मकवानपुरमा इलाका प्रशासन कार्यालय स्थापना गर्न माग गरेका छन् ।
बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई मागपत्र बुझाउँदै सांसद बर्तौलाले यस्तो आग्रह गरेका हुन् । उनले थाहा नगरपालिकासहित आसपासका गाउँपालिकाका बासिन्दाले प्रशासनिक सेवा लिन हेटौँडासम्म पुग्नुपर्ने बाध्यता रहेको भन्दै तत्कालै सुविधा सम्पन्न इलाका प्रशासन कार्यालय स्थापना गर्न प्रधानमन्त्री ओलीसमक्ष आग्रह गरेका हुन् । उनले देशभरका २३ स्थानमा प्रशासनिक सेवा विस्तार गरी जनतालाई सहज बनाउन सरकारले अघि सारेको योजनाअनुसार उत्तरी मकवानपुरमा पनि कार्यालय स्थापना हुनु आवश्यक रहेको बताएका छन् ।
हरेक वर्ष हजारौं जनतालाई प्रशासनिक सेवा लिन लामो यात्रा गर्नुपर्ने अवस्था भएकाले स्थानीयबासीले गुनासो गर्दै आएको सांसद बर्तौलाको भनाइ छ । ‘हजारौं जनतालाई सजिलो, सहज र सुलभ ढंगले सेवा उपलब्ध गराउन थाहा क्षेत्रमा इलाका प्रशासन कार्यालय आवश्यक रहेको’ उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको माग पत्रमा उल्लेख गरिएको छ । सांसद बर्तौलाले प्रधानमन्त्रीलाई तत्काल निर्णय गरेर कदम चाल्न आग्रह समेत गरेका छन् ।
सांसद बर्तौलाका अनुसार प्रधानमन्त्री ओलीले अर्थमन्त्री र गृहमन्त्रीलाई थाहा नगरमा इलाका प्रशासन कार्यालय स्थापना गर्न आवश्यक प्रक्रिया अघि बढाउन निर्देशन दिएको बताए । प्रधानमन्त्रीको सकारात्मक जवाफपछि छिट्टै प्रक्रिया अघि बढ्ने र थाहा नगरमा इलाका प्रशासन कार्यालय स्थापना हुनेमा आफु विश्वस्त रहेको उनको भनाई छ ।
Hetauda Live ले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।