Day: August 27, 2025

गगनको दाबी: दुई जना महामन्त्री चुकेका छैनौँ, चुक्दैनौँ

गगनको दाबी: दुई जना महामन्त्री चुकेका छैनौँ, चुक्दैनौँ

Breaking News 2, ताजा अपडेट, राजनीति, समाचार
१० भदौ, हेटौँडा । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफू र अर्को महामन्त्री विश्वप्रकाश शर्मा गर्नुपर्ने कामबाट नचुकेको दाबी गरेका छन् । बुधबार नागरिक फ्रन्टलाइन संवाद कार्यक्रममा कुराकानी गर्दै महामन्त्री थापाले यस्तो दाबी गरेका हुन् । ‘हामीसँगका अपेक्षाहरूप्रति हामी दुवै सचेत नै छौँ,’ महामन्त्री थापाले भने, ‘हामीले गर्नुपर्ने कामहरूबाट चुकेका छैनौँ, चुक्दैनौँ। समर्पण गरेका छैनौँ, गर्दैनौं। प्रयास निरन्तर छ, निरन्तर राख्छौँ ।’ तर कतिपय प्रयासले जुन परिणाम ल्याउनुपर्ने थियो त्यो परिणाम ल्याउन नसकेको भने उनले स्वीकार गरे । ‘त्यसमा कतिपय हाम्रा आफ्नो क्षमताले पनि भ्याएन होला। तर धेरै जसो कुराहरू हामीले चाहँदा चाहँदै पनि परिणामहरू आउन सकेन,’ महामन्त्री थापाले भने । त्यसका परिणाम नआउनुमा आफूहरू निर्णायक नहुनु नै रहेको उनले बताए । ‘जिम्मेवारीसहित महामन्त्रीको पदमा त पुग्यौँ, तर का...
उत्तरी मकवानपुरमा इलाका प्रशासन कार्यालय स्थापना गर्न सांसद बर्तौलाको माग

उत्तरी मकवानपुरमा इलाका प्रशासन कार्यालय स्थापना गर्न सांसद बर्तौलाको माग

Breaking News 2, ताजा अपडेट, थाहा, राजनीति, समाचार
१० भदौ, हेटौँडा । देशभरका विभिन्न २३ स्थानमा प्रशासनिक सेवा विस्तार गर्ने सरकारको निर्णयपछि उत्तरी मकवानपुरको थाहा नगर र मश्चिम मकवानपुरको मनहरी क्षेत्रमा पनि इलाका प्रशासन कार्यलय स्थापना गर्नुपर्ने बिषय उठेको छ । यसैबिच मकवानपुरको क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य एवं एमाले संसदीय दलका प्रमुख सचेतक महेश कुमार बर्तौलाले उत्तरी मकवानपुरमा इलाका प्रशासन कार्यालय स्थापना गर्न माग गरेका छन् । बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई मागपत्र बुझाउँदै सांसद बर्तौलाले यस्तो आग्रह गरेका हुन् । उनले थाहा नगरपालिकासहित आसपासका गाउँपालिकाका बासिन्दाले प्रशासनिक सेवा लिन हेटौँडासम्म पुग्नुपर्ने बाध्यता रहेको भन्दै तत्कालै सुविधा सम्पन्न इलाका प्रशासन कार्यालय स्थापना गर्न प्रधानमन्त्री ओलीसमक्ष आग्रह गरेका हुन् । उनले देशभरका २३ स्थानमा प्रशासनिक सेवा विस्तार गरी जनतालाई सहज बनाउन सरकारले अघि स...
मुख्यमन्त्रीको तलब भत्ताबाट सुमनसिंह चेपाङले पाउने भए नयाँ घर

मुख्यमन्त्रीको तलब भत्ताबाट सुमनसिंह चेपाङले पाउने भए नयाँ घर

Breaking News 1, ताजा अपडेट, बागमती प्रदेश, राक्सिराङ्ग, राजनीति, समाचार
१० भदौ, हेटौँडा । पश्चिम मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर १ इन्द्रुङका २६ वर्षीय सुमनसिंह प्रजा अब छाप्रोमा होइन, पक्की घरमा बस्ने भएका छन् । सुमनसिंका दम्पतीलाई बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले व्यक्तिगत खर्चमा घर निर्माण गरिदिने भएका छन् । मुख्यमन्त्री बानियाँले सुमनसिंको घर निर्माणका लागि गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल र कांग्रेस राक्सिराङका सभापति बिरेन्द्र जिम्बालाई जिम्मेवारी समेत दिएका छन् । बुधबार मुख्यमन्त्री कार्यलयमा अध्यक्ष मल्ला र सभापति जिम्बा लागएतको टोलीलार्ई भेट्दै मुख्यमन्त्री बानियाँले सुमनसिं दम्पतीले दशैं अघिनै घरमा बस्न पाउनेगरी काम गर्न निर्देशन दिएका हुन् । यसअघि गत २० साउनमा मुख्यमन्त्री नियुक्त भएका बानियाँले पदभार ग्रहण गर्दै प्रदेश सरकारबाट आफुले प्राप्त गर्ने तलब भत्ताबाट निर्वाचन क्षेत्रका अति विपन्न परिवारका लागि घर बनाइद...