१० भदौ, हेटौँडा । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफू र अर्को महामन्त्री विश्वप्रकाश शर्मा गर्नुपर्ने कामबाट नचुकेको दाबी गरेका छन् । बुधबार नागरिक फ्रन्टलाइन संवाद कार्यक्रममा कुराकानी गर्दै महामन्त्री थापाले यस्तो दाबी गरेका हुन् ।
‘हामीसँगका अपेक्षाहरूप्रति हामी दुवै सचेत नै छौँ,’ महामन्त्री थापाले भने, ‘हामीले गर्नुपर्ने कामहरूबाट चुकेका छैनौँ, चुक्दैनौँ। समर्पण गरेका छैनौँ, गर्दैनौं। प्रयास निरन्तर छ, निरन्तर राख्छौँ ।’
तर कतिपय प्रयासले जुन परिणाम ल्याउनुपर्ने थियो त्यो परिणाम ल्याउन नसकेको भने उनले स्वीकार गरे । ‘त्यसमा कतिपय हाम्रा आफ्नो क्षमताले पनि भ्याएन होला। तर धेरै जसो कुराहरू हामीले चाहँदा चाहँदै पनि परिणामहरू आउन सकेन,’ महामन्त्री थापाले भने । त्यसका परिणाम नआउनुमा आफूहरू निर्णायक नहुनु नै रहेको उनले बताए ।
‘जिम्मेवारीसहित महामन्त्रीको पदमा त पुग्यौँ, तर कांग्रेस जस्तो पार्टीको वैधानिक ढाँचा, यसको अभ्यास, सबै हिसाबले नेपालका अन्य पार्टीहरू जस्तै सभापतिमा केन्द्रित भयो,’ उनले भने, ‘राजनीतिक दृष्टिकोणले प्रश्न गर्न सकियो, चुनौती दिन सकियो, केही कुराहरू परिमार्जन, संशोधन गर्ने कुराहरूसम्म सम्भव हुँदो रहेछ ।’
समाचार नागरिक न्युजबाट साभार गरिएको हो ।
Hetauda Live ले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।