पालुङमा बसको ठक्करबाट, ३ को मृत्यु, ३ जना घाइते

१२ जेठ, हेटौँडा । मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपालिका–३ त्रिभुवन राजपथ सडकखण्डमा ब्रेक फेल भएको यात्रुबाहक बसको ठक्करबाट ३ जनाको मृत्यु भएको छ । घटनामा ३ जना घाइते भएका छन् । घाइतेमध्ये एकजनाको अवस्था गम्भिर रहेको मकवानपुर प्रहरीले जनाएको छ ।

मकवानपुर प्रहरीका अनुसार थाहा नगरपालिका वडा नम्बर ९ का लेखापढी व्यवसायी ४० वर्षका कृष्ण बलामी र सप्तरी जिल्लाको विष्णुपुर गाउँपालिका–५ घर भई हाल झम्केश्वरी माविका शिक्षक लोकेन्द्रकुमार ठाकुर र सोही विद्यालयका अर्का शिक्षक ३५ वर्षीय रघुनन्दन यादवको मृत्यु भएको छ । उनीहरूको उपचारको क्रममा प्राथमिक स्वास्थ्य केन्द्र पालुङमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै घटनामा मालपोत कार्यलय शिखरकोटमा कार्यरत कर्मचारी कमलेशकुमार साह गम्भीर घाइते भएका छन् । उनलाई थप उपचारका लागि काठमाडौंस्थित ट्रमा सेन्टर पठाएको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालले जानकारी दिए ।

घटनामा बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १७ का ३२ वर्षीय छेयाङ दोर्जे लामा र बारा कोल्हवी नगरपालिका वडा नम्बर १ का ३० वर्षीय रामगुलाम चौधरी सामान्य घाइते भएका छन् । उनीहरूको पालुङस्थित स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रवक्ता अर्यालले बताए ।

मकवानपुर प्रहरीका अनुसार पालुङको गोपाली गाउँबाट थानाबजारतर्फ जाँदै गरेको बा ३ ख ५९९० नम्बरको बस अचानक ब्रेक फेल भई सडकमा हिँडिरहेका पैदलयात्रीहरूलाई ठक्कर दिँदै थाहा नगरपालिकाका उपमेयर भरत गोपालीको घरभित्र पसेको थियो । दुर्घटनापछि बसको चालक थाहा नगरपालिका–५ का २९ वर्षीय राजेश कार्कीलाई प्रहरी नियन्त्रणमा लिइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

७ जेठ, हेटौँडा । बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको बजेट अधिवेशन जेठ ११ गते सोमबारका लागि आह्वान गर्न लागि प्...
कैलाशमा अभिभावक लक्षित शिक्षा तथा सचेतना कार्यक्रम सुरु

कैलाशमा अभिभावक लक्षित शिक्षा तथा सचेतना कार्यक्रम सुरु

७ जेठ, हेटौँडा । मकवानपुरको विकट कैलाश गाउँपालिकाले अभिभावकलाई लक्षित गरी बिहीवारदेखि बृहत अभिभावक शिक्षा तथा सचेतना कार्यक्रमको स...
पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

२४ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसी मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रत...
बागमतीमा मन्त्रालयको संख्या आठ कायम

बागमतीमा मन्त्रालयको संख्या आठ कायम

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने महत्त्वपूर्ण निर्णय गरेको छ। मंगलबार हेटौँडामा बसेको मन्त्रिपर...
टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

२१ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगितामा ललितपुरको फ्रे...
कैलाशको बैकुण्ठमा बर्थिङ सेन्टर सञ्चालन

कैलाशको बैकुण्ठमा बर्थिङ सेन्टर सञ्चालन

२१ वैशाख, हेटौँडा । मकवानपुरको विकट मानिने कैलाश गाउँपालिका– २, बैकुण्ठमा बर्थिङ सेन्टर (प्रसूति केन्द्र) सञ्चालनमा आएको छ। केन्द्...
विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो घर तथा कार्यालयमा भएको छापामारीप्रति आपत्ति जनाउँदै ...
मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा ...