पालुङमा बसको ठक्करबाट, ३ को मृत्यु, ३ जना घाइते

१२ जेठ, हेटौँडा । मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपालिका–३ त्रिभुवन राजपथ सडकखण्डमा ब्रेक फेल भएको यात्रुबाहक बसको ठक्करबाट ३ जनाको मृत्यु भएको छ । घटनामा ३ जना घाइते भएका छन् । घाइतेमध्ये एकजनाको अवस्था गम्भिर रहेको मकवानपुर प्रहरीले जनाएको छ ।

मकवानपुर प्रहरीका अनुसार थाहा नगरपालिका वडा नम्बर ९ का लेखापढी व्यवसायी ४० वर्षका कृष्ण बलामी र सप्तरी जिल्लाको विष्णुपुर गाउँपालिका–५ घर भई हाल झम्केश्वरी माविका शिक्षक लोकेन्द्रकुमार ठाकुर र सोही विद्यालयका अर्का शिक्षक ३५ वर्षीय रघुनन्दन यादवको मृत्यु भएको छ । उनीहरूको उपचारको क्रममा प्राथमिक स्वास्थ्य केन्द्र पालुङमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै घटनामा मालपोत कार्यलय शिखरकोटमा कार्यरत कर्मचारी कमलेशकुमार साह गम्भीर घाइते भएका छन् । उनलाई थप उपचारका लागि काठमाडौंस्थित ट्रमा सेन्टर पठाएको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालले जानकारी दिए ।

घटनामा बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १७ का ३२ वर्षीय छेयाङ दोर्जे लामा र बारा कोल्हवी नगरपालिका वडा नम्बर १ का ३० वर्षीय रामगुलाम चौधरी सामान्य घाइते भएका छन् । उनीहरूको पालुङस्थित स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रवक्ता अर्यालले बताए ।

मकवानपुर प्रहरीका अनुसार पालुङको गोपाली गाउँबाट थानाबजारतर्फ जाँदै गरेको बा ३ ख ५९९० नम्बरको बस अचानक ब्रेक फेल भई सडकमा हिँडिरहेका पैदलयात्रीहरूलाई ठक्कर दिँदै थाहा नगरपालिकाका उपमेयर भरत गोपालीको घरभित्र पसेको थियो । दुर्घटनापछि बसको चालक थाहा नगरपालिका–५ का २९ वर्षीय राजेश कार्कीलाई प्रहरी नियन्त्रणमा लिइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

मकवानपुरमा लागुऔषधसहित चार दिनमा १३ जना पक्राउ

मकवानपुरमा लागुऔषधसहित चार दिनमा १३ जना पक्राउ

१८ जेठ, हेटौँडा । मकवानपुर प्रहरीले चार दिनको अवधिमा विभिन्न स्थानबाट १३ जनालाई लागुऔषधसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्याल...
प्रधानमन्त्री शाहको अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभामा चर्को विरोध, राजीनामाको माग

प्रधानमन्त्री शाहको अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभामा चर्को विरोध, राजीनामाको माग

१८ जेठ, हेटौँडा । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा सीमा विवादका विषयमा दिएको पछिल्लो अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभ...
गौरीटार अन्तर्राष्ट्रिय क्रिकेट मैदानको उद्घाटन

गौरीटार अन्तर्राष्ट्रिय क्रिकेट मैदानको उद्घाटन

१७ जेड, हेटौँडा । हेटौँडाको गौरीटारमा निर्माण सम्पन्न भएको अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान आइतबार औपचारिक रूपमा उद्घाटन गरिएको...
११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

७ जेठ, हेटौँडा । बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको बजेट अधिवेशन जेठ ११ गते सोमबारका लागि आह्वान गर्न लागि प्...
२४ वैशाखमा बागमती प्रदेशभर सार्वजनिक बिदा

२४ वैशाखमा बागमती प्रदेशभर सार्वजनिक बिदा

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले ‘भाषा दिवस’का अवसरमा वैशाख २४ गते बिहीबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । ...
मुख्यमन्त्री बानियाँविरुद्ध कदमप्रतिको कांग्रेस मकवानपुरको आपत्ति

मुख्यमन्त्री बानियाँविरुद्ध कदमप्रतिको कांग्रेस मकवानपुरको आपत्ति

२१ वैशाख, हेटौँडा । नेपाली कांग्रेस मकवानपुर ले बागमती प्रदेशका सभापति तथा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ विरुद्ध...
सुकुमवासी तथा अव्यवस्थित बसोबासीको प्रदर्शन

सुकुमवासी तथा अव्यवस्थित बसोबासीको प्रदर्शन

२१ वैशाख, हेटौँडा । संघीय सरकारले अतिक्रमित बस्ती खाली गर्ने तयारी थालेपछि मकवानपुरमा भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीहरू ...
टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

२१ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगितामा ललितपुरको फ्रे...