पालुङमा बसको ठक्करबाट, ३ को मृत्यु, ३ जना घाइते
१२ जेठ, हेटौँडा । मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपालिका–३ त्रिभुवन राजपथ सडकखण्डमा ब्रेक फेल भएको यात्रुबाहक बसको ठक्करबाट ३ जनाको मृत्यु भएको छ । घटनामा ३ जना घाइते भएका छन् । घाइतेमध्ये एकजनाको अवस्था गम्भिर रहेको मकवानपुर प्रहरीले जनाएको छ ।
मकवानपुर प्रहरीका अनुसार थाहा नगरपालिका वडा नम्बर ९ का लेखापढी व्यवसायी ४० वर्षका कृष्ण बलामी र सप्तरी जिल्लाको विष्णुपुर गाउँपालिका–५ घर भई हाल झम्केश्वरी माविका शिक्षक लोकेन्द्रकुमार ठाकुर र सोही विद्यालयका अर्का शिक्षक ३५ वर्षीय रघुनन्दन यादवको मृत्यु भएको छ । उनीहरूको उपचारको क्रममा प्राथमिक स्वास्थ्य केन्द्र पालुङमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै घटनामा मालपोत कार्यलय शिखरकोटमा कार्यरत कर्मचारी कमलेशकुमार साह गम्भीर घाइते भएका छन् । उनलाई थप उपचारका लागि काठमाडौंस्थित ट्रमा सेन्टर पठाएको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी श्यामु अर...














