पुरानो रिसवीले थाहामा देवरले गरे भाउजुको हत्या

५ असार, हेटौँडा । घरेलु विवादका कारण मकवानपुरको थाहा नगरपालिका वडा नम्बर १ कुन्छालमा नातामा देवर पर्ने एकजना युवाले धारिलो हतियारको प्रयोगबाट भाउजुको विभत्स हत्या गरेका छन् । बिहीबार दिउँसो २ः२० बजेतिर ५० वर्षीया स्थनीय तुलमाया गोपालीको छिमेकी आफ्नै देवर पर्ने बिमलमान गोपालीले खुकुरी प्रहार गरी निर्मम ढंगबाट हत्या गरेका हुन् ।

बिमलमानको खुकरी प्रहारबाट तुलमायाको शरिरबाट टाउको छुट्टिएको प्रहरीले जनाएको छ । घटनाबाट स्थानीय स्तब्ध भएका छन् । घटनाको जानकारी पाएलगत्तै स्थानीयले प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक सबिनबाबु अर्याल र अस्थायी प्रहरी पोस्ट बज्रबाराहीका प्रहरी निरीक्षक सन्तु कुमार लामाको नेतृत्वमा प्रहरी टोली तुरुन्तै घटनास्थल पुगेको थियो ।

मकवानपुर प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालका अनुसार हत्या गरेपछि फरार भएका ३५ वर्षीय बिमलमानलाई प्रहरीले करिब पौने चारबजे थाहा नगरपालिका वडा नम्बर ३ स्थित थानाबजारबाट खुकुरीसहित पक्राउ गरेको थियो । उनलाई अहिले अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पालुङमा राखी सोधपुछ गरिएको प्रवक्ता अर्यालले जानकारी दिए ।

घटनास्थलको प्रारम्भिक अनुसन्धानपछि मृतक तुलमायाको शव पोष्टमार्टमका लागि काठमाडौंस्थित शिक्षण अस्पताल पठाइएको छ । प्रहरीका अनुसार मृतकको माइती पनि कुन्छालमै रहेको छ । अनुसन्धान प्रारम्भिक चरणमै भए पनि घटनाको पछाडि पारिवारिक मनमुटाव वा पुरानो विवाद रहेको प्रहरीले आशंका गरेको छ ।

पक्राउ परेपछि प्रहरीको सोधपुछका क्रममा बिमलमानले आफ्नो घर बिग्रिनुमा तुलमायाको हात रहेकाले हत्या गरेको बताएका छन् । मकवानपुर प्रहरी प्रवक्ता अयालले बिमलमानको श्रीमतिसँग संबन्ध बिच्छेद भएको र उनीसँग ७ बर्षको छोरो रहेको जानकारी दिए । लागूऔषधको प्रयोगकर्ता समेत रहेका बिमलमान केहि समय रिहाबमा समेत रहेको बुभिएको प्रवक्ता अर्यालले बताए ।

उनका अनुसार पुरानै घरयासी समस्याका कारण बिमलमानले नातामा भाउजु पर्ने तुलमायाको हत्या गरेको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको जानकारी दिए । यद्यपी घटनाको बारेमा प्रहरीले थप तथ्य संकलन गरिरहेको उनले बताए ।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

७ जेठ, हेटौँडा । बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको बजेट अधिवेशन जेठ ११ गते सोमबारका लागि आह्वान गर्न लागि प्...
कैलाशमा अभिभावक लक्षित शिक्षा तथा सचेतना कार्यक्रम सुरु

कैलाशमा अभिभावक लक्षित शिक्षा तथा सचेतना कार्यक्रम सुरु

७ जेठ, हेटौँडा । मकवानपुरको विकट कैलाश गाउँपालिकाले अभिभावकलाई लक्षित गरी बिहीवारदेखि बृहत अभिभावक शिक्षा तथा सचेतना कार्यक्रमको स...
पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

२४ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसी मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रत...
बागमतीमा मन्त्रालयको संख्या आठ कायम

बागमतीमा मन्त्रालयको संख्या आठ कायम

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने महत्त्वपूर्ण निर्णय गरेको छ। मंगलबार हेटौँडामा बसेको मन्त्रिपर...
टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

२१ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगितामा ललितपुरको फ्रे...
कैलाशको बैकुण्ठमा बर्थिङ सेन्टर सञ्चालन

कैलाशको बैकुण्ठमा बर्थिङ सेन्टर सञ्चालन

२१ वैशाख, हेटौँडा । मकवानपुरको विकट मानिने कैलाश गाउँपालिका– २, बैकुण्ठमा बर्थिङ सेन्टर (प्रसूति केन्द्र) सञ्चालनमा आएको छ। केन्द्...
विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो घर तथा कार्यालयमा भएको छापामारीप्रति आपत्ति जनाउँदै ...
मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा ...