पुरानो रिसवीले थाहामा देवरले गरे भाउजुको हत्या
५ असार, हेटौँडा । घरेलु विवादका कारण मकवानपुरको थाहा नगरपालिका वडा नम्बर १ कुन्छालमा नातामा देवर पर्ने एकजना युवाले धारिलो हतियारको प्रयोगबाट भाउजुको विभत्स हत्या गरेका छन् । बिहीबार दिउँसो २ः२० बजेतिर ५० वर्षीया स्थनीय तुलमाया गोपालीको छिमेकी आफ्नै देवर पर्ने बिमलमान गोपालीले खुकुरी प्रहार गरी निर्मम ढंगबाट हत्या गरेका हुन् ।
बिमलमानको खुकरी प्रहारबाट तुलमायाको शरिरबाट टाउको छुट्टिएको प्रहरीले जनाएको छ । घटनाबाट स्थानीय स्तब्ध भएका छन् । घटनाको जानकारी पाएलगत्तै स्थानीयले प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक सबिनबाबु अर्याल र अस्थायी प्रहरी पोस्ट बज्रबाराहीका प्रहरी निरीक्षक सन्तु कुमार लामाको नेतृत्वमा प्रहरी टोली तुरुन्तै घटनास्थल पुगेको थियो ।
मकवानपुर प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालका अनुसार हत्या गरेपछि फरार भएका ३५ वर्षीय बिमलमानलाई प्रह...














