बकैया

बकैयाको गरगरेमा आगलागी, दुई करोड बराबरको क्षति, एकजना गम्भीर घाइते

बकैयाको गरगरेमा आगलागी, दुई करोड बराबरको क्षति, एकजना गम्भीर घाइते

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, बकैया, समाचार
२० भदौ, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ५, गरगरेस्थित लिलाराम जिम्बाको किराना पसलमा आज बिहान आगलागी हुँदा करिब दुई करोड बराबरको क्षति भएको छ । मकवानपुर प्रहरीका अनुसार शुक्रबार बिहान घरमा पुजा गर्दा बालेको दियोमा पेट्रोल राखेको ड्रम पल्टेर पर्दा आगलागी सुरु भएको हो । आगो नियन्त्रणमा लिन इलाका प्रहरी कार्यालय गरगरेका प्रहरी टोली, हेटौंडा उपमहानगरपालिकाको दमकल, फापरवारी र हात्तिसुडे प्रहरी चौकीको थप टोली र बागमती गाउँपालिकाको दमकल खटिएका थिए । करिब दुई घण्टापछि आगो पूर्ण रूपमा निभाइएको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालले जानकारी दिए । उनका अनुसार आगलागीमा परि पसल संचालक ४५ वर्षीय लिलाराम जिम्बा गम्भीर घाइते भएका छन् । उनको हात र खुट्टा दुवै भाग पोलिएको छ । प्रारम्भिक उपचारपछि चुरेहिल अस्पतालमा भर्ना गरिएको र शरीरको ४० प्रतिशत भाग जलेको हुँदा थप उपचारका ला...
आठ लाख बढी नगदसहित बकैयाबाट २२ जना जुवाडे पक्राउ

आठ लाख बढी नगदसहित बकैयाबाट २२ जना जुवाडे पक्राउ

Breaking News 1, अर्थ, ताजा अपडेट, बकैया
२८ असार, हेटौँडा । मकवानपुर प्रहरीले बकैया गाउँपालिकाबाट पैशाको हारजित हुनेगरी जुवा खेलिरहेका २२ जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार बकैया गाउँपालिका वडा नम्बर ५ राजदमारस्थित मिलन थिङको घरबाट उनीहरु जुवा खेलिरहेको अवसस्थामा शनिवार राति १ बजे पक्राउ गरिएको हो । पक्राउ पर्नेहरुमा मकवानपुरका १७, सिन्धुली ३ र रौतहटका २ जना गरी २२ जना छन् । मकवानपुर प्रहरी प्रवक्ता श्यामु अर्यालका अनुसार पक्राउ पर्नेमा मकवानपुरको बकैया ५ राजदमारका ४६ वर्षीय मिलन थिङ (घर धनी), बकैया ४ जुरेलीका ५५ वर्षीय गेहेन्द्रबहादुर थिङ, बकैया ७ का ३८ वर्षीय रोहन लुङबा, हेटौँडा १८ का ४५ वर्षीय कमल थापा, हेटौँडा ८ कमानेको ५३ वर्षीय फडिन्द्र प्रसाद घिमिरे, हेटौँडा १६ हटियाका ४६ वर्षीय रमेश महत, हेटौँडा ४ हुप्रचौका ५२ वर्षीय कृष्ण लामा, हेटौँडा ९ लामसुरेका ३७ वर्षीय दिनेश लामा, हेटौँडा ८ कमानेका ३६ वर्षीय चित्तबहादुर पाख्...
बकैया गाउँपालिकाले ल्यायो ९१ करोडको बजेट, कृषि तथा पशुपालनलाई प्राथमिकता

बकैया गाउँपालिकाले ल्यायो ९१ करोडको बजेट, कृषि तथा पशुपालनलाई प्राथमिकता

Breaking News 1, अर्थ, ताजा अपडेट, बकैया, राजनीति, समाचार
१६ असार, हेटौंडा । पूर्वी मकवानपुरस्थित बकैया गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि कुल ९१ करोड ७२ लाख ५० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । सोमवार सम्पन्न ११औं गाउँसभामा उपाध्यक्ष भक्त बहादुर खत्रीले बजेट प्रस्तुत गरेका हुन् । चालु आर्थिक वर्षको तुलनामा यो बजेट १ करोड ८७ लाख ४९ हजार रुपैयाँले कम हो । गाउँपालिकाले कृषि तथा पशुपालन क्षेत्रलाई प्रमुख प्राथमिकता दिँदै पूँजीगत र चालु खर्चमा क्रमशः २८ करोड ६ लाख ९१ हजार र ६३ करोड ६५ लाख ५९ हजार रुपैयाँ विनियोजन गरेको छ । उपाध्यक्ष खत्रीका अनुसार, आन्तरिक आम्दानीबाट ११ करोड ५१ लाख १८ हजार ६६२ रुपैयाँ, संघीय सरकार तथा अन्य निकायमार्फत अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट ५८ करोड ९१ लाख ६ हजार, र बागमती प्रदेश सरकारको राजस्व बाँडफाँडबाट २१ करोड ३० लाख २५ हजार ३३७ रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । बकैयाले पूर्वाधार निर्माणका ...
पुलदेखि पोषणसम्मः बकैयाले घोषणा गर्यो १५ क्षेत्रमा जनकेन्द्रित नीति

पुलदेखि पोषणसम्मः बकैयाले घोषणा गर्यो १५ क्षेत्रमा जनकेन्द्रित नीति

Breaking News 2, अर्थ, ताजा अपडेट, बकैया, समाचार
१० असार, हेटौँडा । बकैया गाउँपालिकाको आथिक वर्ष २०८२÷२०८३को नीति तथा कार्यक्रम प्रस्तुत भएको छ । मंगलबार बकैया गाउँपालिकाको गाउँसभामा उपाध्यक्ष भक्तबहादुर खत्रीले आर्थिक वर्ष २०८२÷८३ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । १५ पृष्ठको नीति तथा कार्याक्रममा गाउँपालिकाले आधारभूत संरचना, कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन र सामाजिक सुरक्षालाई प्राथमिकतामा राखेको छ। यस अन्तर्गत १५ ओटा प्रमुख अस्पताल स्तरोन्नती, ३२ स्थानमा सडक विस्तार, र एक वडा–एक उद्यमशील कार्यक्रम जस्ता महत्वपूर्ण योजनाहरू समावेश गरिएका छन्। गाउँपालिकाले चम्पाखहरे, बकैया–निसमात खोला लगायत १५ स्थानमा पुल निर्माण, जुरेली खेलमैदानको आधुनिकीकरण र ५ किलोमिटर सडक विस्तार गर्ने योजना बनाएको छ। विशेषगरी बाढीप्रवण क्षेत्रका लागि खोलाको करिडोर नियन्त्रण, पानी आपूर्ति प्रणाली सुधार र ठूलो सुधा ड्याम निर्माणलाई प्राथमिकता दिइएको छ।...
बकैया  ७ मा हर्दा खहरे सिँचाई आयोजनाको उद्घाटन

बकैया ७ मा हर्दा खहरे सिँचाई आयोजनाको उद्घाटन

Breaking News 2, अर्थ, ताजा अपडेट, बकैया, समाचार
३१ बैशाख, हेटौँडा । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ७ मा हर्दा खहरे बोरिङ सिँचाई आयोजनाको उद्घाटन गरिएको छ । सिँचाइ सुविधा पुगेसँगै बंजर जमिनमा खेती गर्न सकिने भएपछि त्यहाँका किसानहरू निकै खुशी भएका छन् । खेतीपाती गर्न आकाशे पानीको भर पर्दै आएका किसानको खेतसम्म सिँचाई सुबिधा पुगेपछि उनीहरु खुशी भएका हुन् । आकाशे पानीको भरमा वर्षको एक मात्र बाली लगाउने किसानहरू अब वर्षै भरि खेती गर्न पाउने आशामा छन् । सिँचाई उपभोक्ता समितिका अध्यक्ष तोत्रप्रसाद बोलखेले सिँचाईको सुविधा भएपछि अन्नबालि मात्र नभई मौसम अनुसकारका तराकारीसँगै र बेमौसमी तरकारी समेत उत्पादन गर्न सकिने बताए । सिँचाईको सुविधा भएपछि यहाँका स्थानीयको आयआर्जनको स्रोत पनि बृद्धि हुने उनको विश्वास छ । बागमती प्रदेश सरकारको कुल ३६ लाख लागतमा सम्पन्न उक्त आयोजनाबाट १५ बिगाहा क्षेत्रफलमा सिँचाई सुविधा पुग्ने बताइएको छ । भूमिगत सिँ...
महालेखा प्रतिवेदन: मकवानपुरको बकैयामा सबैभन्दा कम बेरुजु, थाहामा सबैभन्दा बढी

महालेखा प्रतिवेदन: मकवानपुरको बकैयामा सबैभन्दा कम बेरुजु, थाहामा सबैभन्दा बढी

Breaking News 1, अर्थ, इन्द्रसरोवर, कैलास, ताजा अपडेट, थाहा, बकैया, बागमती, भीमफेदी, मकवानपुरगढी, मनहरी, राक्सिराङ्ग, राजनीति, समाचार, हेटौँडा
१ जेठ, हेटौंडा  । स्थानीय तहको बजेट खर्चमा वित्तीय अनुशासन कमजोर हुँदै गएको महालेखा परीक्षकको ६२औँ प्रतिवेदनले देखाएको छ। बुधबार सार्वजनिक उक्त प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८०/०८१ मा मकवानपुरका १० स्थानीय तहमध्ये सबैभन्दा कम बेरुजु बकैया गाउँपालिकामा देखिएको छ भने सबैभन्दा बढी बेरुजु थाहा नगरपालिकामा रहेको छ। बकैया गाउँपालिकाको बेरुजु प्रतिशत ०.६० मात्र रहेको छ, जुन जिल्लाभरकै सबै स्थानीय तहहरूमध्ये सबैभन्दा कम हो। दोस्रो स्थानमा ०.७५ प्रतिशत बेरुजुका साथ राक्सिराङ गाउँपालिका रहेको छ। त्यसैगरी, थाहा नगरपालिकाको बेरुजु प्रतिशत २.६० पुगेको छ, जुन सबैभन्दा उच्च हो। यसपछि २.३३ प्रतिशत बेरुजु रहेको हेटौँडा उपमहानगरपालिका दोस्रो स्थानमा पर्छ । महालेखा परीक्षकको प्रतिवेदनले स्थानीय तहमा वर्षेनि बेरुजु रकम बढ्दै गएको र वित्तीय पारदर्शिता तथा अनुशासनमा कमजोरी देखिएको औँल्याएको छ। यस्तो अवस्था...
बकैयाका ६१ भूमिहीन सुकुम्बासीले पाए जग्गा धनीपुर्जा

बकैयाका ६१ भूमिहीन सुकुम्बासीले पाए जग्गा धनीपुर्जा

Breaking News 1, अर्थ, ताजा अपडेट, बकैया, समाचार
३१ चैत, हेटौँडा । भूमि समस्या समाधान आयोग मकवानपुरले बकैया गाउँपालिका वडा नम्बर ७ र वडा नम्बर ४ का भूमिहीन सुकुमवासीलाई जग्गा धनीपुर्जा वितरणको गरेको छ । आइतबार एक कार्यक्रमबिच आयोग मकवानपुरले बकैया–७ का ४१ र वडा नम्बर ४ का २० घरपरिवार भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीलाई जग्गा धनीपुर्जा उपलब्ध गराएको हो । गाउँपालिकाका अध्यक्ष धर्म लामिछानेको सभाध्यक्षतामा भएको कार्यक्रममा नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीको उपस्थितिमा जग्गा धनीपुर्जा वितरण गरिएको हो । पछिल्लोपटक गठित भूमि समस्या समाधान आयोगले पहिलोपटक मकवानपुरमा जग्गा धनीपुर्जा वितरण गर्न थालेको हो । बकैया गाउँपालिकासँगको समन्वयमा ४१ घरपरिवार भूमिहीन दलित, भूमिहीन सुकुमवासी र २० घरपरिवार अव्यवस्थित बसोबासीहरूलाई लालपुर्जा वितरण गरिएको आयोग मकवानपुरका सदस्य कविन सांगामीले जानकारी दिए । आयो...
माओवादीबाट निर्वाचित बकैया १ का पूर्व वडाध्यक्ष वाइबा कांग्रेस प्रवेश

माओवादीबाट निर्वाचित बकैया १ का पूर्व वडाध्यक्ष वाइबा कांग्रेस प्रवेश

Breaking News 2, ताजा अपडेट, बकैया, राजनीति, समाचार
१७ चैत, हेटौँडा । मकवानपुरको बकैया गाउँपालिकाका पूर्व वडा अध्यक्ष बुद्धिमान वाइबा नेपाली कांग्रेस प्रवेश गरेका छन् । नेकपा माओवादी केन्द्रका नेता समेत रहेका उनी आइतबार एक कार्यक्रमकाबीच कांग्रेस प्रवेश गरेका हुन् । वाइबा २०७४ सालको निर्वाचनमा माओवादी केन्द्रबाट बकैया १ को वडा अध्यक्ष पदमा निर्वाचित भएका थिए । आइतबार कांग्रेस मकवानपुर पार्टी कार्यालयमा जिल्ला सभापति बुद्ध लामाको हातबाट टीका लगाउँदै उनले माओवादी परित्याग गरी कांग्रेसको सदस्यता ग्रहण गरेका हुन् । पछिल्लो समय माओवादीमा विचलन आएसँगै केही समयदेखि निस्कृय बस्दै आएको र अहिले कांग्रेस प्रवेश गरेको उनले बताए । अब कांग्रेसकै सदस्यको रुपमा बाँकी समय जनताको हितमा काम गर्ने उनको भनाई थियो । कांग्रेस मकवानपुर सभापति लामाले वाइबालाई कांग्रेसमा स्वागत गर्दै आवश्यकता अनुसार जिम्मेवारी दिएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रमम...
मकवानपुरमा परम्परागत रुपमा मनाइयो लदी पर्व (कोशी पुजा)

मकवानपुरमा परम्परागत रुपमा मनाइयो लदी पर्व (कोशी पुजा)

Breaking News 2, ताजा अपडेट, बकैया, समाचार, स्थानीय
२० फागुन, हेटौँडा । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ६ जुईनामा माझी समुदायले यस वर्षको लदी पर्व (कोशी पुजा) परम्परागत रुपमा मनाएका छन् । उनीहरुले बागमती नदी किनारमा सामूहिक पूजा, परम्परागत गीत–संगीत, भोज तथा धार्मिक अनुष्ठानसहित पर्व मनाएका हुन् । परम्परागत भेषभूषामा सजिएर बागमती नदी किनारमा उपस्थित भएका माझी महिला, पुरुष र बालबालिकाहरूले नदीको पुजाअर्चना गरी परम्परागत संस्कृतिअनुसार धार्मिक विधिहरू पूरा गरेका थिए । उक्त अवसरमा समुदायका ज्येष्ठ सदस्यहरूले नदी पुजा गर्दै खोला, डुंगा र माछापालनसँग जोडिएको आफ्नो पहिचान र संस्कृतिको महत्वलाई स्मरण गराएका थिए । यस वर्ष पनि बागमती प्रदेश सरकारले माझी समुदायको चाड लदी पर्वको अवसरमा समूदायका लागि सार्वजनिक बिदा दिएको थियो । कार्यक्रममा बागमती प्रदेशमा मुख्यमन्त्री बहादुर सिंह लामा तामाङको समेत उपस्थिति रहेको थियो । नेपाल माझी उत्थान ...
माझी समुदायको लदी पर्व २० गते मकवानपुरमा पनि मनाइने

माझी समुदायको लदी पर्व २० गते मकवानपुरमा पनि मनाइने

Breaking News 1, ताजा अपडेट, बकैया, बागमती प्रदेश, मनोरञ्जन, समाचार
१८ फागुन, हेटौँडा । नेपाल माझी उत्थान संघको आयोजनामा यही फागुन २० गते मकवानपुरको बकैया गाउँपालिकामा लदी पर्व मनाइने भएको छ । २० गते विहान ११ बजेदेखि बकैयाको ६ नम्बर वडास्थित जुइनामा बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाको प्रमुख आतिथ्यतामा लदी पर्व मनाउन लागिएको आयोजकले जानकारी दिएको छ । लदी पर्वको कार्यक्रमको तयारीलाई तीव्र पारिएको आयोजकले जनाएको छ । लदीको अवसरमा देशैभरीका माझी समुदायले नजिकका नदी खोलामा गएर भव्य रुपले नदीखोलाको पुजा गर्ने गर्दछन् । माझीहरुको सघन बस्ती भएका स्थानीय तहहरुले सार्वजनिक विदा समेत दिने गरेका छन् । बागमती प्रदेश सरकारले समेत गत बर्ष र यो वर्ष पनि माझी समुदायहरुलाई सार्वजनिक विदा दिने घोषण गरिसकेको छ । नेपाल माझी उत्थान संघ केन्द्रीय समितिको आयोजनामा बकैया ६ मा लदी पर्व मनाउन लागिएको केन्द्रीय अध्यक्ष चिनीमाया माझीले जानकारी दिइन् । नेपाल सरकारले सू...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज