बकैया

ट्रक घरमा ठोक्किँएर खोल्सामा खस्दा एकको मृत्यु, चालक गम्भीर घाइते

ट्रक घरमा ठोक्किँएर खोल्सामा खस्दा एकको मृत्यु, चालक गम्भीर घाइते

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, बकैया, समाचार
११ चैत, हेटौँडा । मकवानपुरको बकैया गाउँपालिका–११ स्थित कान्तिलोक पथ सडकखण्डमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चालक गम्भीर घाइते भएका छन् । मंगलबार राति करिब २स्५० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना ८ ख ८७६० नम्बरको ‘सरफ’ लोड बोकेको ट्रक अनियन्त्रित भई सडक छेउको घरमा ठोक्किँदै करिब १००–१५० मिटर तल खोल्सामा खसेको प्रहरीले जनाएको छ। दुर्घटनामा परी ट्रकमा सवार पर्सा, वीरगञ्ज महानगरपालिका–३२ का २० वर्षीय सन्तोष यादवको मृत्यु भएको छ। उनलाई उद्धार गरी हेटौँडा अस्पताल ल्याइएपछि बिहान ६स्५५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए। दुर्घटनामा ट्रक चालक सोही स्थानका ३३ वर्षीय कृष्ण यादव गम्भीर घाइते भएका छन्। उनको शरीरका विभिन्न भागमा चोट लागेको छ। प्रारम्भिक उपचारपछि थप उपचारका लागि उनलाई भरतपुर, चितवन पठाइएको प्रहरीले जनाएको छ। दुर्घटनाको खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी प...
बकैयामा ट्याक्टर दुर्घटना ३ जनाको मृत्यु

बकैयामा ट्याक्टर दुर्घटना ३ जनाको मृत्यु

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, बकैया, समाचार
१ पुस, हेटौँडा। मकवानपुरको बकैया गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा बकैया गाउँपालिका वडा नम्बर ७ अधेरीका ५५ वर्षीय केशव माझी, ५५ वर्षीय युवराज माझी र ४५ वर्षीय सन्तलाल माझी रहेका छन् । घाइते अवस्थामै हेटौँडा अस्पताल ल्याइएका उनीहरुलाई चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डिएसपी पुष्कर बोगटीले जानकारी दिए । उनका अनुसार बकैया गाउँपालिका–७ अधेरीस्थित भित्री सडक खण्डमा मंगलबार दिउँसो ट्याक्टर दुर्घटना भएको थियो । लु ५ त १७४ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा दुर्घटनामा परी २२ जना घाइते भएका थिए ।  दुर्घटनामा घाइते भएका अन्य १९ जनाको हेटौँडा अस्पताल र चुरे हिल अस्पतालमा उपचार भइरहेको छ ।...
बकैया गाउँपालिकाको ४ तले प्रशासनिक भवनको उद्घाटन

बकैया गाउँपालिकाको ४ तले प्रशासनिक भवनको उद्घाटन

Breaking News 2, ताजा अपडेट, बकैया, बागमती प्रदेश, समाचार
१० मङ्सिर, हेटौँडा । पूर्वी मकवानपुरको बकैया गाउँपालिका कार्यालयको सुविधा सम्पन्न प्रशासनिक भवन बुधबार एक समारोहका बीच उद्घाटन गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले गाउँपालिकाको ३ नम्बर वडास्थित हात्तीसुढेमा बनेको नवनिर्मित ४ तले भवनको उद्घाटन गरेका हुन् । भवनको उद्घाटन गर्दै मुख्यमन्त्री बानियाँले लोकतान्त्रिक व्यवस्थाले नागरिकलाई प्रतिनिधि छनोट मात्र नभई, आवश्यक परे पार्टी वा उम्मेदवार परिवर्तन गर्ने स्वतन्त्रता समेत दिएको उल्लेख गरे । संघीयता र समावेशी गणतन्त्रले देशका भूगोल, वर्ग र समुदायलाई न्याय दिलाउने संरचना निर्माण गरिरहेको उल्लेख गर्दै उनले गाउँ गाउँमा विकास पुगेको दावी गरे । मुख्यमन्त्री बानियाँले बाटो–पुल बनेको र सेवा विस्तार भएको मन नपर्ने केही समूह अझै व्यवस्थाविरोधी गतिविधिमा रहेको भन्दै उनीहरुबाट जोगिनु पर्ने बताए । लोकतान्त्रिक प्रणालीका कमजो...
मुख्यमन्त्री बानियाँद्वारा बकैया ५ र ६ जोड्ने पक्की पुलको शिलान्यास

मुख्यमन्त्री बानियाँद्वारा बकैया ५ र ६ जोड्ने पक्की पुलको शिलान्यास

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, बकैया, राजनीति, समाचार
१० मङ्सिर, हेटौँडा । पूर्वी मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ५ र ६ जोड्ने कर्मचुली जुइना सुकौरा खोलामा निर्माण हुने मल्टिसेल बक्स पुलको बुधबार शिलान्यास गरिएको छ । बागमती प्रदेश सरकारको ६ करोड ८९ लाख ४९ हजार ७५४ रुपैयाँ लागतमा निर्माण हुने पुलको बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले शिलान्यास गरेका हुन् । १२० मिटर लामो पक्की पुलका लागि कुल ८ करोड २४ लाख ६८ हजार ९८५ रुपैयाँ लागत अनुमान गरिएको थियो । तर, श्री बिन्ध्याचल निर्माण सेवा कम्पनीले ६ करोड ८९ लाख ४९ हजार ७५४ रुपैयाँमा ठेक्का सम्झौता गरेको हो । २०८२ असार ८ गते सम्झौता भएको आयोजना २०८४ असार ७ भित्र सम्पन्न गर्ने लक्ष्य रहेको गाउँपालिका का अध्यक्ष धर्म लामिछानेले जानकारी दिए । पुल निर्माण भएपछि बकैयाको वडा नम्बर ५ र ६ का करीब ८ सय घरधुरी प्रत्यक्ष रूपमा लाभान्वित हुने अध्यक्ष लामिछानेले बताए । पुल नहुँदा वर्षाय...
आगलागी पीडित जिम्बा परिवारलाई मुख्यमन्त्री बानियाँ र कांग्रेस बकैया समितिको आर्थिक सहयोग

आगलागी पीडित जिम्बा परिवारलाई मुख्यमन्त्री बानियाँ र कांग्रेस बकैया समितिको आर्थिक सहयोग

Breaking News 1, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, बकैया, बागमती प्रदेश, समाचार
२१ असोज, हेटौँडा । गत भदौ २० गते घरमा आगलागी हुँदा घाइते भई असोज १ गते मृत्यु भएका बकैया–५ श्रीपुरका लिलाराम जिम्बाको परिवारलाई बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ र कांग्रेस बकैया गाउँपालिका समितिले आर्थिक सहयोग गरेको छ । मंगलबार नेपाली कांग्रेस बकैयाका सभापति दिलबहादुर बोम्जनको नेतृत्वमा पुगेको टोलीले पीडित परिवारलाई सहयोग हस्तान्तरण गरेको हो । कार्यक्रममा कांग्रेस मकवानपुरका उपसभापति एवं बकैया गाउँपालिका अध्यक्ष धर्मराज लामिछाने, निवर्तमान अध्यक्ष दामोदर खनाल र बकैया–५ की अध्यक्ष लक्ष्मी जिम्बासहितको टोलीले सहयोग रकम मृतक लिलाराम जिम्बाका बुबा देव जीत जिम्बालाई हस्तान्तरण गरेको हो । कांग्रेस बकैया समितिका प्रवक्ता विजय लामा थिङका अनुसार, मृतकका परिवारलाई मुख्यमन्त्री एवं कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको तर्फबाट १ लाख रुपैयाँ र कांग्रेस बकैया समिति...
बकैयाको गरगरेमा आगलागी, दुई करोड बराबरको क्षति, एकजना गम्भीर घाइते

बकैयाको गरगरेमा आगलागी, दुई करोड बराबरको क्षति, एकजना गम्भीर घाइते

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, बकैया, समाचार
२० भदौ, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ५, गरगरेस्थित लिलाराम जिम्बाको किराना पसलमा आज बिहान आगलागी हुँदा करिब दुई करोड बराबरको क्षति भएको छ । मकवानपुर प्रहरीका अनुसार शुक्रबार बिहान घरमा पुजा गर्दा बालेको दियोमा पेट्रोल राखेको ड्रम पल्टेर पर्दा आगलागी सुरु भएको हो । आगो नियन्त्रणमा लिन इलाका प्रहरी कार्यालय गरगरेका प्रहरी टोली, हेटौंडा उपमहानगरपालिकाको दमकल, फापरवारी र हात्तिसुडे प्रहरी चौकीको थप टोली र बागमती गाउँपालिकाको दमकल खटिएका थिए । करिब दुई घण्टापछि आगो पूर्ण रूपमा निभाइएको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालले जानकारी दिए । उनका अनुसार आगलागीमा परि पसल संचालक ४५ वर्षीय लिलाराम जिम्बा गम्भीर घाइते भएका छन् । उनको हात र खुट्टा दुवै भाग पोलिएको छ । प्रारम्भिक उपचारपछि चुरेहिल अस्पतालमा भर्ना गरिएको र शरीरको ४० प्रतिशत भाग जलेको हुँदा थप उपचारका ला...
आठ लाख बढी नगदसहित बकैयाबाट २२ जना जुवाडे पक्राउ

आठ लाख बढी नगदसहित बकैयाबाट २२ जना जुवाडे पक्राउ

Breaking News 1, अर्थ, ताजा अपडेट, बकैया
२८ असार, हेटौँडा । मकवानपुर प्रहरीले बकैया गाउँपालिकाबाट पैशाको हारजित हुनेगरी जुवा खेलिरहेका २२ जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार बकैया गाउँपालिका वडा नम्बर ५ राजदमारस्थित मिलन थिङको घरबाट उनीहरु जुवा खेलिरहेको अवसस्थामा शनिवार राति १ बजे पक्राउ गरिएको हो । पक्राउ पर्नेहरुमा मकवानपुरका १७, सिन्धुली ३ र रौतहटका २ जना गरी २२ जना छन् । मकवानपुर प्रहरी प्रवक्ता श्यामु अर्यालका अनुसार पक्राउ पर्नेमा मकवानपुरको बकैया ५ राजदमारका ४६ वर्षीय मिलन थिङ (घर धनी), बकैया ४ जुरेलीका ५५ वर्षीय गेहेन्द्रबहादुर थिङ, बकैया ७ का ३८ वर्षीय रोहन लुङबा, हेटौँडा १८ का ४५ वर्षीय कमल थापा, हेटौँडा ८ कमानेको ५३ वर्षीय फडिन्द्र प्रसाद घिमिरे, हेटौँडा १६ हटियाका ४६ वर्षीय रमेश महत, हेटौँडा ४ हुप्रचौका ५२ वर्षीय कृष्ण लामा, हेटौँडा ९ लामसुरेका ३७ वर्षीय दिनेश लामा, हेटौँडा ८ कमानेका ३६ वर्षीय चित्तबहादुर पाख्...
बकैया गाउँपालिकाले ल्यायो ९१ करोडको बजेट, कृषि तथा पशुपालनलाई प्राथमिकता

बकैया गाउँपालिकाले ल्यायो ९१ करोडको बजेट, कृषि तथा पशुपालनलाई प्राथमिकता

Breaking News 1, अर्थ, ताजा अपडेट, बकैया, राजनीति, समाचार
१६ असार, हेटौंडा । पूर्वी मकवानपुरस्थित बकैया गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि कुल ९१ करोड ७२ लाख ५० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । सोमवार सम्पन्न ११औं गाउँसभामा उपाध्यक्ष भक्त बहादुर खत्रीले बजेट प्रस्तुत गरेका हुन् । चालु आर्थिक वर्षको तुलनामा यो बजेट १ करोड ८७ लाख ४९ हजार रुपैयाँले कम हो । गाउँपालिकाले कृषि तथा पशुपालन क्षेत्रलाई प्रमुख प्राथमिकता दिँदै पूँजीगत र चालु खर्चमा क्रमशः २८ करोड ६ लाख ९१ हजार र ६३ करोड ६५ लाख ५९ हजार रुपैयाँ विनियोजन गरेको छ । उपाध्यक्ष खत्रीका अनुसार, आन्तरिक आम्दानीबाट ११ करोड ५१ लाख १८ हजार ६६२ रुपैयाँ, संघीय सरकार तथा अन्य निकायमार्फत अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट ५८ करोड ९१ लाख ६ हजार, र बागमती प्रदेश सरकारको राजस्व बाँडफाँडबाट २१ करोड ३० लाख २५ हजार ३३७ रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । बकैयाले पूर्वाधार निर्माणका ...
पुलदेखि पोषणसम्मः बकैयाले घोषणा गर्यो १५ क्षेत्रमा जनकेन्द्रित नीति

पुलदेखि पोषणसम्मः बकैयाले घोषणा गर्यो १५ क्षेत्रमा जनकेन्द्रित नीति

Breaking News 2, अर्थ, ताजा अपडेट, बकैया, समाचार
१० असार, हेटौँडा । बकैया गाउँपालिकाको आथिक वर्ष २०८२÷२०८३को नीति तथा कार्यक्रम प्रस्तुत भएको छ । मंगलबार बकैया गाउँपालिकाको गाउँसभामा उपाध्यक्ष भक्तबहादुर खत्रीले आर्थिक वर्ष २०८२÷८३ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । १५ पृष्ठको नीति तथा कार्याक्रममा गाउँपालिकाले आधारभूत संरचना, कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन र सामाजिक सुरक्षालाई प्राथमिकतामा राखेको छ। यस अन्तर्गत १५ ओटा प्रमुख अस्पताल स्तरोन्नती, ३२ स्थानमा सडक विस्तार, र एक वडा–एक उद्यमशील कार्यक्रम जस्ता महत्वपूर्ण योजनाहरू समावेश गरिएका छन्। गाउँपालिकाले चम्पाखहरे, बकैया–निसमात खोला लगायत १५ स्थानमा पुल निर्माण, जुरेली खेलमैदानको आधुनिकीकरण र ५ किलोमिटर सडक विस्तार गर्ने योजना बनाएको छ। विशेषगरी बाढीप्रवण क्षेत्रका लागि खोलाको करिडोर नियन्त्रण, पानी आपूर्ति प्रणाली सुधार र ठूलो सुधा ड्याम निर्माणलाई प्राथमिकता दिइएको छ।...
बकैया  ७ मा हर्दा खहरे सिँचाई आयोजनाको उद्घाटन

बकैया ७ मा हर्दा खहरे सिँचाई आयोजनाको उद्घाटन

Breaking News 2, अर्थ, ताजा अपडेट, बकैया, समाचार
३१ बैशाख, हेटौँडा । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ७ मा हर्दा खहरे बोरिङ सिँचाई आयोजनाको उद्घाटन गरिएको छ । सिँचाइ सुविधा पुगेसँगै बंजर जमिनमा खेती गर्न सकिने भएपछि त्यहाँका किसानहरू निकै खुशी भएका छन् । खेतीपाती गर्न आकाशे पानीको भर पर्दै आएका किसानको खेतसम्म सिँचाई सुबिधा पुगेपछि उनीहरु खुशी भएका हुन् । आकाशे पानीको भरमा वर्षको एक मात्र बाली लगाउने किसानहरू अब वर्षै भरि खेती गर्न पाउने आशामा छन् । सिँचाई उपभोक्ता समितिका अध्यक्ष तोत्रप्रसाद बोलखेले सिँचाईको सुविधा भएपछि अन्नबालि मात्र नभई मौसम अनुसकारका तराकारीसँगै र बेमौसमी तरकारी समेत उत्पादन गर्न सकिने बताए । सिँचाईको सुविधा भएपछि यहाँका स्थानीयको आयआर्जनको स्रोत पनि बृद्धि हुने उनको विश्वास छ । बागमती प्रदेश सरकारको कुल ३६ लाख लागतमा सम्पन्न उक्त आयोजनाबाट १५ बिगाहा क्षेत्रफलमा सिँचाई सुविधा पुग्ने बताइएको छ । भूमिगत सिँ...