बकैया गाउँपालिकाको ४ तले प्रशासनिक भवनको उद्घाटन

१० मङ्सिर, हेटौँडा । पूर्वी मकवानपुरको बकैया गाउँपालिका कार्यालयको सुविधा सम्पन्न प्रशासनिक भवन बुधबार एक समारोहका बीच उद्घाटन गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले गाउँपालिकाको ३ नम्बर वडास्थित हात्तीसुढेमा बनेको नवनिर्मित ४ तले भवनको उद्घाटन गरेका हुन् ।

भवनको उद्घाटन गर्दै मुख्यमन्त्री बानियाँले लोकतान्त्रिक व्यवस्थाले नागरिकलाई प्रतिनिधि छनोट मात्र नभई, आवश्यक परे पार्टी वा उम्मेदवार परिवर्तन गर्ने स्वतन्त्रता समेत दिएको उल्लेख गरे । संघीयता र समावेशी गणतन्त्रले देशका भूगोल, वर्ग र समुदायलाई न्याय दिलाउने संरचना निर्माण गरिरहेको उल्लेख गर्दै उनले गाउँ गाउँमा विकास पुगेको दावी गरे । मुख्यमन्त्री बानियाँले बाटो–पुल बनेको र सेवा विस्तार भएको मन नपर्ने केही समूह अझै व्यवस्थाविरोधी गतिविधिमा रहेको भन्दै उनीहरुबाट जोगिनु पर्ने बताए ।

लोकतान्त्रिक प्रणालीका कमजोरी सुधार गर्दै जाने क्षमता नै यसको बलियो पक्ष भएको उल्लेख गर्दै बानियाँले गल्ती गर्नेलाई कानुनअनुसार कारबाही हुने र राज्य सञ्चालनको शैली निरन्तर परिमार्जन हुँदै जाने धारणा राखे । गाउँपालिका अध्यक्ष धर्मराज लामिछानेले कृषि, शिक्षा लगायतका क्षेत्रमा गरिएको लगानीका कारण बकैया अब अन्य स्थानीय तहभन्दा कमजोर नभएको दाबी गरे । आयआर्जनका अवसर बढाएपछि धेरैले रक्सी पसल बन्द गरी कृषिमा रुचि बढाएको उल्लेख गर्दै उनले भने, ‘पहिले विदेश जाँदै गरेका युवाहरू अहिले गाउँमै गाईपालनबाट राम्रो आम्दानी गर्दै छन्, जसले स्थानीय अर्थतन्त्रमा सकारात्मक परिवर्तन ल्याइरहेको छ ।‘

गाउँपालिकाको प्रशासनिक भवन संघीय सरकारको ६० र गाउँपालिकाको ४० प्रतिशत साझेदारीमा निर्माण भएको हो । अध्यक्ष तथा उपाध्यक्षको कार्यकक्षसहित २८ कोठा, दुई सभा हल, सेवाग्राही कक्ष, पार्किङ, भान्सा, स्टोर र शौचालयसमेत रहेको यो भवनले कार्यालय सञ्चालन र सेवा प्रवाह थप व्यवस्थित बनाउने बिश्वास गरिएको छ । भवनसँगै प्रमुख प्रशासकीय अधिकृतका लागि आवासीय सुविधा पनि व्यवस्था गरिएको छ ।

२०७९ जेठ ३१ गते सम्झौता भएका भवन निर्माण कार्य २०८१ असार १५ भित्र सक्नुपर्ने थियो । समयमै काम सम्पन्न नहुँदा म्याद थपिएको र अन्ततः गत भदौ ३१ गते भवन निर्माण सम्पन्न भएको गाउँपालिकाले जनाएको छ । प्रारम्भिक सम्झौता मूल्य अभिवृद्धिकरसहित ७ करोड ८२ लाख ५० हजार ७७० रुपैयाँ रहेकामा काम थपिएपछि अन्तिम भुक्तानी रकम ७ करोड ९५ लाख ६७ हजार ९१७ रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

मकवानपुरमा लागुऔषधसहित चार दिनमा १३ जना पक्राउ

मकवानपुरमा लागुऔषधसहित चार दिनमा १३ जना पक्राउ

१८ जेठ, हेटौँडा । मकवानपुर प्रहरीले चार दिनको अवधिमा विभिन्न स्थानबाट १३ जनालाई लागुऔषधसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्याल...
प्रधानमन्त्री शाहको अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभामा चर्को विरोध, राजीनामाको माग

प्रधानमन्त्री शाहको अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभामा चर्को विरोध, राजीनामाको माग

१८ जेठ, हेटौँडा । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा सीमा विवादका विषयमा दिएको पछिल्लो अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभ...
गौरीटार अन्तर्राष्ट्रिय क्रिकेट मैदानको उद्घाटन

गौरीटार अन्तर्राष्ट्रिय क्रिकेट मैदानको उद्घाटन

१७ जेड, हेटौँडा । हेटौँडाको गौरीटारमा निर्माण सम्पन्न भएको अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान आइतबार औपचारिक रूपमा उद्घाटन गरिएको...
११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

७ जेठ, हेटौँडा । बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको बजेट अधिवेशन जेठ ११ गते सोमबारका लागि आह्वान गर्न लागि प्...
२४ वैशाखमा बागमती प्रदेशभर सार्वजनिक बिदा

२४ वैशाखमा बागमती प्रदेशभर सार्वजनिक बिदा

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले ‘भाषा दिवस’का अवसरमा वैशाख २४ गते बिहीबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । ...
मुख्यमन्त्री बानियाँविरुद्ध कदमप्रतिको कांग्रेस मकवानपुरको आपत्ति

मुख्यमन्त्री बानियाँविरुद्ध कदमप्रतिको कांग्रेस मकवानपुरको आपत्ति

२१ वैशाख, हेटौँडा । नेपाली कांग्रेस मकवानपुर ले बागमती प्रदेशका सभापति तथा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ विरुद्ध...
सुकुमवासी तथा अव्यवस्थित बसोबासीको प्रदर्शन

सुकुमवासी तथा अव्यवस्थित बसोबासीको प्रदर्शन

२१ वैशाख, हेटौँडा । संघीय सरकारले अतिक्रमित बस्ती खाली गर्ने तयारी थालेपछि मकवानपुरमा भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीहरू ...
टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

२१ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगितामा ललितपुरको फ्रे...