बकैया गाउँपालिकाको ४ तले प्रशासनिक भवनको उद्घाटन

१० मङ्सिर, हेटौँडा । पूर्वी मकवानपुरको बकैया गाउँपालिका कार्यालयको सुविधा सम्पन्न प्रशासनिक भवन बुधबार एक समारोहका बीच उद्घाटन गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले गाउँपालिकाको ३ नम्बर वडास्थित हात्तीसुढेमा बनेको नवनिर्मित ४ तले भवनको उद्घाटन गरेका हुन् ।

भवनको उद्घाटन गर्दै मुख्यमन्त्री बानियाँले लोकतान्त्रिक व्यवस्थाले नागरिकलाई प्रतिनिधि छनोट मात्र नभई, आवश्यक परे पार्टी वा उम्मेदवार परिवर्तन गर्ने स्वतन्त्रता समेत दिएको उल्लेख गरे । संघीयता र समावेशी गणतन्त्रले देशका भूगोल, वर्ग र समुदायलाई न्याय दिलाउने संरचना निर्माण गरिरहेको उल्लेख गर्दै उनले गाउँ गाउँमा विकास पुगेको दावी गरे । मुख्यमन्त्री बानियाँले बाटो–पुल बनेको र सेवा विस्तार भएको मन नपर्ने केही समूह अझै व्यवस्थाविरोधी गतिविधिमा रहेको भन्दै उनीहरुबाट जोगिनु पर्ने बताए ।

लोकतान्त्रिक प्रणालीका कमजोरी सुधार गर्दै जाने क्षमता नै यसको बलियो पक्ष भएको उल्लेख गर्दै बानियाँले गल्ती गर्नेलाई कानुनअनुसार कारबाही हुने र राज्य सञ्चालनको शैली निरन्तर परिमार्जन हुँदै जाने धारणा राखे । गाउँपालिका अध्यक्ष धर्मराज लामिछानेले कृषि, शिक्षा लगायतका क्षेत्रमा गरिएको लगानीका कारण बकैया अब अन्य स्थानीय तहभन्दा कमजोर नभएको दाबी गरे । आयआर्जनका अवसर बढाएपछि धेरैले रक्सी पसल बन्द गरी कृषिमा रुचि बढाएको उल्लेख गर्दै उनले भने, ‘पहिले विदेश जाँदै गरेका युवाहरू अहिले गाउँमै गाईपालनबाट राम्रो आम्दानी गर्दै छन्, जसले स्थानीय अर्थतन्त्रमा सकारात्मक परिवर्तन ल्याइरहेको छ ।‘

गाउँपालिकाको प्रशासनिक भवन संघीय सरकारको ६० र गाउँपालिकाको ४० प्रतिशत साझेदारीमा निर्माण भएको हो । अध्यक्ष तथा उपाध्यक्षको कार्यकक्षसहित २८ कोठा, दुई सभा हल, सेवाग्राही कक्ष, पार्किङ, भान्सा, स्टोर र शौचालयसमेत रहेको यो भवनले कार्यालय सञ्चालन र सेवा प्रवाह थप व्यवस्थित बनाउने बिश्वास गरिएको छ । भवनसँगै प्रमुख प्रशासकीय अधिकृतका लागि आवासीय सुविधा पनि व्यवस्था गरिएको छ ।

२०७९ जेठ ३१ गते सम्झौता भएका भवन निर्माण कार्य २०८१ असार १५ भित्र सक्नुपर्ने थियो । समयमै काम सम्पन्न नहुँदा म्याद थपिएको र अन्ततः गत भदौ ३१ गते भवन निर्माण सम्पन्न भएको गाउँपालिकाले जनाएको छ । प्रारम्भिक सम्झौता मूल्य अभिवृद्धिकरसहित ७ करोड ८२ लाख ५० हजार ७७० रुपैयाँ रहेकामा काम थपिएपछि अन्तिम भुक्तानी रकम ७ करोड ९५ लाख ६७ हजार ९१७ रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

२४ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसी मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रत...
बागमतीमा मन्त्रालयको संख्या आठ कायम

बागमतीमा मन्त्रालयको संख्या आठ कायम

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने महत्त्वपूर्ण निर्णय गरेको छ। मंगलबार हेटौँडामा बसेको मन्त्रिपर...
टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

२३ वैशाख, हेटौँडा । सर्लाहीको बागमती युथ क्लब मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...
चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

२२ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीक...
विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो घर तथा कार्यालयमा भएको छापामारीप्रति आपत्ति जनाउँदै ...
मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा ...
बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

२० वैशाख, हेटौँडा । बागमती गोल्डकप स् साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ सेमिफाइनलमा मकवानपुरको बागमती गाउँपालिकामा जारी ...
बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

१९ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसीले मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...