हेटौंडामा सडक विस्तारका लागि विशेष टास्क फोर्स गठन
१० मङ्सिर, हेटौँडा । हेटौंडा बजार क्षेत्रमा लामो समयदेखि विवाद हुँदै आएको सडक विस्तार प्रक्रियालाई निष्कर्षमा पुर्याउन प्रशासनले सक्रिय पहल थालेको छ । पटक(पटक सूचना प्रकाशनमा मात्र सीमित हुँदै आएको सडक विस्तार कार्यलाई कार्यान्वयनतर्फ अघि बढाउन जिल्ला प्रशासन कार्यालय मकवानपुरले सरोकारवाला सबै निकायको संयुक्त सहभागितासहित विशेष ‘टास्क फोर्स’ गठन गरेको हो ।
जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा बुधबार बसेको बैठकले सडक विस्तारलाई तीव्रता दिन सडक डिभिजन कार्यालय मकवानपुरका इन्जिनियर यादव सुवेदीको संयोजकत्वमा टास्क फोर्स गठन गरेको छ । उक्त टोलीमा हेटौंडा उपमहानगरपालिका, जिल्ला प्रहरी कार्यालय, नापी कार्यालय, खानेपानी व्यवस्थापन बोर्ड, वन कार्यालय, नेपाल विद्युत प्राधिकरण, दूरसञ्चार प्राधिकरणलगायत सम्बन्धित कार्यालयका प्रतिनिधिहरू सदस्य रहेका छन् । टास्क फोर्सको कार्यालय सडक डिभिजन कार्यालयमै...
















