२१ असोज, हेटौँडा । गत भदौ २० गते घरमा आगलागी हुँदा घाइते भई असोज १ गते मृत्यु भएका बकैया–५ श्रीपुरका लिलाराम जिम्बाको परिवारलाई बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ र कांग्रेस बकैया गाउँपालिका समितिले आर्थिक सहयोग गरेको छ ।
मंगलबार नेपाली कांग्रेस बकैयाका सभापति दिलबहादुर बोम्जनको नेतृत्वमा पुगेको टोलीले पीडित परिवारलाई सहयोग हस्तान्तरण गरेको हो । कार्यक्रममा कांग्रेस मकवानपुरका उपसभापति एवं बकैया गाउँपालिका अध्यक्ष धर्मराज लामिछाने, निवर्तमान अध्यक्ष दामोदर खनाल र बकैया–५ की अध्यक्ष लक्ष्मी जिम्बासहितको टोलीले सहयोग रकम मृतक लिलाराम जिम्बाका बुबा देव जीत जिम्बालाई हस्तान्तरण गरेको हो ।
कांग्रेस बकैया समितिका प्रवक्ता विजय लामा थिङका अनुसार, मृतकका परिवारलाई मुख्यमन्त्री एवं कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको तर्फबाट १ लाख रुपैयाँ र कांग्रेस बकैया समितिको तर्फबाट १ लाख ९ हजार गरी जम्मा २ लाख ९ हजार रुपैयाँ सहयोग गरिएको हो ।
सहयोग हस्तान्तरण गर्दै कांग्रेस बकैयाका सभापति दिलबहादुर बोम्जन र कांग्रेस मकवानपुरका उपसभापति एवं बकैया गाउँपालिका अध्यक्ष धर्मराज लामिछानेले जिम्बा परिवारमाथि परेको दुःखमा सहानुभूति प्रकट गर्दै आगामी दिनमा पनि सहयोगका हात अघि बढाइने प्रतिबद्धता जनाएका थिए ।
Hetauda Live ले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।