Day: २०८२, २१ आश्विन मंगलवार २०:३२

आगलागी पीडित जिम्बा परिवारलाई मुख्यमन्त्री बानियाँ र कांग्रेस बकैया समितिको आर्थिक सहयोग

आगलागी पीडित जिम्बा परिवारलाई मुख्यमन्त्री बानियाँ र कांग्रेस बकैया समितिको आर्थिक सहयोग

Breaking News 1, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, बकैया, बागमती प्रदेश, समाचार
२१ असोज, हेटौँडा । गत भदौ २० गते घरमा आगलागी हुँदा घाइते भई असोज १ गते मृत्यु भएका बकैया–५ श्रीपुरका लिलाराम जिम्बाको परिवारलाई बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ र कांग्रेस बकैया गाउँपालिका समितिले आर्थिक सहयोग गरेको छ । मंगलबार नेपाली कांग्रेस बकैयाका सभापति दिलबहादुर बोम्जनको नेतृत्वमा पुगेको टोलीले पीडित परिवारलाई सहयोग हस्तान्तरण गरेको हो । कार्यक्रममा कांग्रेस मकवानपुरका उपसभापति एवं बकैया गाउँपालिका अध्यक्ष धर्मराज लामिछाने, निवर्तमान अध्यक्ष दामोदर खनाल र बकैया–५ की अध्यक्ष लक्ष्मी जिम्बासहितको टोलीले सहयोग रकम मृतक लिलाराम जिम्बाका बुबा देव जीत जिम्बालाई हस्तान्तरण गरेको हो । कांग्रेस बकैया समितिका प्रवक्ता विजय लामा थिङका अनुसार, मृतकका परिवारलाई मुख्यमन्त्री एवं कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको तर्फबाट १ लाख रुपैयाँ र कांग्रेस बकैया समिति...
झुरझुरेमा ईभी गाडी र मोटरसाइकल ठोक्किँदा १४ जना घाइते

झुरझुरेमा ईभी गाडी र मोटरसाइकल ठोक्किँदा १४ जना घाइते

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, बागमती प्रदेश, समाचार
२१ असोज, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिका–४ झुरझुरेमा आज बिहान ईभी गाडी र मोटरसाइकल आपसमा ठोक्किँदा १४ जना घाइते भएका छन्। सिन्धुलीबाट काठमाडौँ जाँदै हेटौँडातर्फ आइरहेको मधेस प्रदेश ००२–००१ ज ००७२ नम्बरको ईभी गाडी बागमती गाउँपालिकातर्फ जाँदै गरेको ना ५२ प ५५९८ नम्बरको मोटरसाइकलसँग ठोक्किँदा दुर्घटना भएको हो। ठक्करबाट ईभीमा सवार १३ जना यात्रु र मोटरसाइकल चालकसहित १४ जना घाइते भएका छन्। घाइतेहरूको बागमती–४ झुरझुरेस्थित सान्बि अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि हेटौँडा पठाइएको प्रहरीले जानकारी दिएको छ। दुर्घटनाको कारण खुल्न बाँकी रहेको र घटनास्थलमा पुगेको प्रहरी टोलीले आवश्यक अनुसन्धान सुरु गरेको मकवानपुर प्रहरीले जनाएको छ।...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज