आठ लाख बढी नगदसहित बकैयाबाट २२ जना जुवाडे पक्राउ

२८ असार, हेटौँडा । मकवानपुर प्रहरीले बकैया गाउँपालिकाबाट पैशाको हारजित हुनेगरी जुवा खेलिरहेका २२ जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार बकैया गाउँपालिका वडा नम्बर ५ राजदमारस्थित मिलन थिङको घरबाट उनीहरु जुवा खेलिरहेको अवसस्थामा शनिवार राति १ बजे पक्राउ गरिएको हो । पक्राउ पर्नेहरुमा मकवानपुरका १७, सिन्धुली ३ र रौतहटका २ जना गरी २२ जना छन् ।

मकवानपुर प्रहरी प्रवक्ता श्यामु अर्यालका अनुसार पक्राउ पर्नेमा मकवानपुरको बकैया ५ राजदमारका ४६ वर्षीय मिलन थिङ (घर धनी), बकैया ४ जुरेलीका ५५ वर्षीय गेहेन्द्रबहादुर थिङ, बकैया ७ का ३८ वर्षीय रोहन लुङबा, हेटौँडा १८ का ४५ वर्षीय कमल थापा, हेटौँडा ८ कमानेको ५३ वर्षीय फडिन्द्र प्रसाद घिमिरे, हेटौँडा १६ हटियाका ४६ वर्षीय रमेश महत, हेटौँडा ४ हुप्रचौका ५२ वर्षीय कृष्ण लामा, हेटौँडा ९ लामसुरेका ३७ वर्षीय दिनेश लामा, हेटौँडा ८ कमानेका ३६ वर्षीय चित्तबहादुर पाख्रिन, हेटौँडा १८ ठुलो दमारका ३५ वर्षीय अशोक श्रेष्ठ रहेका छन् ।

यस्तै मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर ६ पाथीभाराका ४५ वर्षीय शेरबहादुर राना, ३३ वर्षीय दिपक दोङ, बागमती ५ झुरझुरेका ४६ वर्षी रबि चौधरी, बागमती ७ का २२ वर्षीय तामाङ र ४० वर्षीय राज कुमार फुयाल, बागमती ५ का ३० वर्षीय अणराज राउत, बागमती ६ का ४३ वर्षीय उमेश माझी, रौतहट जिल्लाको बोधिमाई नगरपालिका वडा नम्बर ८ का ३५ वर्षीय बिजय साह कलवार, गौर ९ का ५५ वर्षीय ईश्वर चौधरी, सिन्धुली जिल्लाको दुधौली नगरपालिका वडा नम्बर २ का ३७ वर्षीय कैलाश धामी, मरिन गाउँपालिका ३ का ४९ वर्षीय बेनीबहादुर मुक्तान र कमलामाइ १० का ५५ वर्षीय शेरबहादुर थापा पक्राउ परेका छन् ।

उनीहरुलाई इलाका प्रहरी कार्यालय फापरबारी र प्रहरी चौकी हात्तिसुडेबाट खटिएको टोलील घटनास्थलबाट तीन सेट कौडा र नगद आठ लाख ३६ हजार ४० रुपैयाँ सहित नियन्त्रणमा लिएको प्रवक्ता अर्यालले जानकारी दिए । उनीहरूमाथि जुवा ऐनअनुसार आवश्यक कारबाही प्रक्रिया अगाडि बढाएको प्रवक्ता अर्यालको भनाई छ ।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

२४ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसी मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रत...
बागमतीमा मन्त्रालयको संख्या आठ कायम

बागमतीमा मन्त्रालयको संख्या आठ कायम

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने महत्त्वपूर्ण निर्णय गरेको छ। मंगलबार हेटौँडामा बसेको मन्त्रिपर...
टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

२३ वैशाख, हेटौँडा । सर्लाहीको बागमती युथ क्लब मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...
चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

२२ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीक...
विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो घर तथा कार्यालयमा भएको छापामारीप्रति आपत्ति जनाउँदै ...
मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा ...
बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

२० वैशाख, हेटौँडा । बागमती गोल्डकप स् साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ सेमिफाइनलमा मकवानपुरको बागमती गाउँपालिकामा जारी ...
बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

१९ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसीले मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...