आठ लाख बढी नगदसहित बकैयाबाट २२ जना जुवाडे पक्राउ

२८ असार, हेटौँडा । मकवानपुर प्रहरीले बकैया गाउँपालिकाबाट पैशाको हारजित हुनेगरी जुवा खेलिरहेका २२ जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार बकैया गाउँपालिका वडा नम्बर ५ राजदमारस्थित मिलन थिङको घरबाट उनीहरु जुवा खेलिरहेको अवसस्थामा शनिवार राति १ बजे पक्राउ गरिएको हो । पक्राउ पर्नेहरुमा मकवानपुरका १७, सिन्धुली ३ र रौतहटका २ जना गरी २२ जना छन् ।

मकवानपुर प्रहरी प्रवक्ता श्यामु अर्यालका अनुसार पक्राउ पर्नेमा मकवानपुरको बकैया ५ राजदमारका ४६ वर्षीय मिलन थिङ (घर धनी), बकैया ४ जुरेलीका ५५ वर्षीय गेहेन्द्रबहादुर थिङ, बकैया ७ का ३८ वर्षीय रोहन लुङबा, हेटौँडा १८ का ४५ वर्षीय कमल थापा, हेटौँडा ८ कमानेको ५३ वर्षीय फडिन्द्र प्रसाद घिमिरे, हेटौँडा १६ हटियाका ४६ वर्षीय रमेश महत, हेटौँडा ४ हुप्रचौका ५२ वर्षीय कृष्ण लामा, हेटौँडा ९ लामसुरेका ३७ वर्षीय दिनेश लामा, हेटौँडा ८ कमानेका ३६ वर्षीय चित्तबहादुर पाख्रिन, हेटौँडा १८ ठुलो दमारका ३५ वर्षीय अशोक श्रेष्ठ रहेका छन् ।

यस्तै मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर ६ पाथीभाराका ४५ वर्षीय शेरबहादुर राना, ३३ वर्षीय दिपक दोङ, बागमती ५ झुरझुरेका ४६ वर्षी रबि चौधरी, बागमती ७ का २२ वर्षीय तामाङ र ४० वर्षीय राज कुमार फुयाल, बागमती ५ का ३० वर्षीय अणराज राउत, बागमती ६ का ४३ वर्षीय उमेश माझी, रौतहट जिल्लाको बोधिमाई नगरपालिका वडा नम्बर ८ का ३५ वर्षीय बिजय साह कलवार, गौर ९ का ५५ वर्षीय ईश्वर चौधरी, सिन्धुली जिल्लाको दुधौली नगरपालिका वडा नम्बर २ का ३७ वर्षीय कैलाश धामी, मरिन गाउँपालिका ३ का ४९ वर्षीय बेनीबहादुर मुक्तान र कमलामाइ १० का ५५ वर्षीय शेरबहादुर थापा पक्राउ परेका छन् ।

उनीहरुलाई इलाका प्रहरी कार्यालय फापरबारी र प्रहरी चौकी हात्तिसुडेबाट खटिएको टोलील घटनास्थलबाट तीन सेट कौडा र नगद आठ लाख ३६ हजार ४० रुपैयाँ सहित नियन्त्रणमा लिएको प्रवक्ता अर्यालले जानकारी दिए । उनीहरूमाथि जुवा ऐनअनुसार आवश्यक कारबाही प्रक्रिया अगाडि बढाएको प्रवक्ता अर्यालको भनाई छ ।

प्रतिक्रिया

Advertisement

छुटाउनुभयो कि ?

दुर्घटनामा घाइते महिलाको उपचारकै क्रममा मृत्यु

दुर्घटनामा घाइते महिलाको उपचारकै क्रममा मृत्यु

८ असोज, हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १९ वस्तीपुरस्थित पूर्व–पश्चिम राजमार्गमा सोमबार भएको बस, ट्रक र ट्या...
सांसददेखि स्थानीय तहका स्वकीय सुविधा खारेज, सल्लाहकार राख्न नपाउने

सांसददेखि स्थानीय तहका स्वकीय सुविधा खारेज, सल्लाहकार राख्न नपाउने

८ असोज, हेटौँडा । सरकारले सांसद, स्थानीय तहका जनप्रतिनिधि तथा अन्य राजनीतिक पदाधिकारीका स्वकीय सुविधा खारेज गर्ने निर्णय गरेको छ। ...
मकवानपुर दुर्घटना अप्डेट: ३१ जना घाइते, २ को अवस्था गम्भीर 

मकवानपुर दुर्घटना अप्डेट: ३१ जना घाइते, २ को अवस्था गम्भीर 

६ असोज, हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१९ बस्तिपुरस्थित पूर्व–पश्चिम राजमार्गमा सोमबार दिउँसो साढे १ बजे बस, ट्रक र त...
सार्वजनिक गाडीमा आजदेखि ‘रुट परमिट’ खुला

सार्वजनिक गाडीमा आजदेखि ‘रुट परमिट’ खुला

६ असोज, हेटौँडा। यात्रुबाहक सार्वजनिक गाडीमा आजदेखि ‘रुट परमिट’ अर्थात् अनुमति खुला गरिएको छ । चाडपर्वका अवसरमा देशभर सार्वजनिक या...
जेनजी आन्दोलनपछि पुनर्निर्माणमा जुट्दै बागमती प्रदेश सरकार  ४ सदस्यीय उच्चस्तरीय कार्यदल गठन

जेनजी आन्दोलनपछि पुनर्निर्माणमा जुट्दै बागमती प्रदेश सरकार ४ सदस्यीय उच्चस्तरीय कार्यदल गठन

३१ भदौ, हेटौंडा  । जेनजी आन्दोलनका क्रममा २४ भदौमा भएको तोडफोड, आगजनी तथा लुटपाटका घटनाको बागमती प्रदेश सरकारले त्यसको मूल्याङ्कन ...
दशैँकाे टीकाकाे उत्तम साइत ११ बजेर ५३ मिनेटमा

दशैँकाे टीकाकाे उत्तम साइत ११ बजेर ५३ मिनेटमा

३१ भदौ, हेटौंडा । यसवर्षको बडा दशैको टिकाको उत्तम साइत बिहान ११ बजेर ५३ मिनेटमा जुरेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले य...
सेनाको ट्रक दुर्घटना हुँदा १६ जना घाइते, ३ को अवस्था गम्भीर

सेनाको ट्रक दुर्घटना हुँदा १६ जना घाइते, ३ को अवस्था गम्भीर

३१ भदौ, हेटौंडा । मकवानपुर र बारा जिल्लाको सिमाना चुरियामाईस्थित पूर्व–पश्चिम (महेन्द्र) राजमार्गमा आज दिउँसो नेपाली सेनाको ट्रक द...
कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्य बन्दै हेटौँडा

कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्य बन्दै हेटौँडा

२८ भदौ, हेटौँडा । बागमती प्रदेशको राजधानी हेटौँडामा शनिबार बिहानदेखि जनजीवन सामान्य बन्दै गएको छ। जिल्ला प्रशासन कार्यालयले जारी ग...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज