Day: July 12, 2025

आठ लाख बढी नगदसहित बकैयाबाट २२ जना जुवाडे पक्राउ

आठ लाख बढी नगदसहित बकैयाबाट २२ जना जुवाडे पक्राउ

Breaking News 1, अर्थ, ताजा अपडेट, बकैया
२८ असार, हेटौँडा । मकवानपुर प्रहरीले बकैया गाउँपालिकाबाट पैशाको हारजित हुनेगरी जुवा खेलिरहेका २२ जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार बकैया गाउँपालिका वडा नम्बर ५ राजदमारस्थित मिलन थिङको घरबाट उनीहरु जुवा खेलिरहेको अवसस्थामा शनिवार राति १ बजे पक्राउ गरिएको हो । पक्राउ पर्नेहरुमा मकवानपुरका १७, सिन्धुली ३ र रौतहटका २ जना गरी २२ जना छन् । मकवानपुर प्रहरी प्रवक्ता श्यामु अर्यालका अनुसार पक्राउ पर्नेमा मकवानपुरको बकैया ५ राजदमारका ४६ वर्षीय मिलन थिङ (घर धनी), बकैया ४ जुरेलीका ५५ वर्षीय गेहेन्द्रबहादुर थिङ, बकैया ७ का ३८ वर्षीय रोहन लुङबा, हेटौँडा १८ का ४५ वर्षीय कमल थापा, हेटौँडा ८ कमानेको ५३ वर्षीय फडिन्द्र प्रसाद घिमिरे, हेटौँडा १६ हटियाका ४६ वर्षीय रमेश महत, हेटौँडा ४ हुप्रचौका ५२ वर्षीय कृष्ण लामा, हेटौँडा ९ लामसुरेका ३७ वर्षीय दिनेश लामा, हेटौँडा ८ कमानेका ३६ वर्षीय चित्तबहादुर पाख्...