बकैया ७ मा हर्दा खहरे सिँचाई आयोजनाको उद्घाटन

३१ बैशाख, हेटौँडा । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ७ मा हर्दा खहरे बोरिङ सिँचाई आयोजनाको उद्घाटन गरिएको छ । सिँचाइ सुविधा पुगेसँगै बंजर जमिनमा खेती गर्न सकिने भएपछि त्यहाँका किसानहरू निकै खुशी भएका छन् । खेतीपाती गर्न आकाशे पानीको भर पर्दै आएका किसानको खेतसम्म सिँचाई सुबिधा पुगेपछि उनीहरु खुशी भएका हुन् ।

आकाशे पानीको भरमा वर्षको एक मात्र बाली लगाउने किसानहरू अब वर्षै भरि खेती गर्न पाउने आशामा छन् । सिँचाई उपभोक्ता समितिका अध्यक्ष तोत्रप्रसाद बोलखेले सिँचाईको सुविधा भएपछि अन्नबालि मात्र नभई मौसम अनुसकारका तराकारीसँगै र बेमौसमी तरकारी समेत उत्पादन गर्न सकिने बताए । सिँचाईको सुविधा भएपछि यहाँका स्थानीयको आयआर्जनको स्रोत पनि बृद्धि हुने उनको विश्वास छ ।

बागमती प्रदेश सरकारको कुल ३६ लाख लागतमा सम्पन्न उक्त आयोजनाबाट १५ बिगाहा क्षेत्रफलमा सिँचाई सुविधा पुग्ने बताइएको छ । भूमिगत सिँचाइ आयोजना प्रमुख केशव जैशीले आयोजनाले १० हर्सपावर क्षमताको पम्पमार्फत ८ लिटर प्रति सेकेन्ड पानी प्रवाह गर्न सक्ने क्षमता राख्ने जानकारी दिए ।

बुधबार सिँचाई आयोजनाको उद्धघाटन गर्दै कांग्रेसकी सह–महामन्त्री तथा पूर्व जलश्रोत राज्यमन्त्री महालक्ष्मी उपाध्याय डिनाले जल र मलको संयोजनबाट कृषि उत्पादनमा उल्लेखनीय वृद्धि गर्न सकिने बताइन् । उनले रासायनिक मलका कारण माटोको उर्वराशक्ति कमजोर हुँदै गएकोमा चिन्ता व्यक्त गर्दै जैविक मलको प्रयोगमा जोड दिन् आग्रह गरिन् । स्थानीय सरकारहरूले किसानलाई जैविक मलमा अनुदान दिनुपर्ने उनको भनाई थियो ।

कार्यक्रममा प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाईमन्त्री श्याम बहादुर खड्काले कृषि उत्पादकत्व बढाउन सकिएमा नेपालमै रोजगारी सिर्जना गर्न सकिने उल्लेख गर्दै प्रदेश सरकारले कृषिलाई आफ्नो नीति तथा कार्यक्रम र बजेटमै प्राथमिकतामा राखेको दावी गरे । उनले प्रदेशका उर्वर जमिनमा मल, जल, बीउ र सिँचाइको उचित व्यवस्थापन गरेर स्थानीय स्तरमै रोजगारीको सम्भावना बढाउन् प्रदेश सरकार प्रतिवद्ध रहेको उल्लेख गरे ।

कार्यक्रममा बागमती प्रदेश सभा सदस्य लक्ष्मि श्रेष्ठ, बकैया गाउँपालिका अध्यक्ष धर्मराज लामिछाने, कांग्रेस नेता आनन्दराम पराजुली, पालिकाका पुर्व अध्यक्ष दामोदर गौतम लगाएतले कृषिमा आधारीत उद्योगधन्दा स्थापन गर्न सके युवा पलयान रोक्न सकिने बताए । उनीहरुले त्यसका लागि तीनै तहका सरकारहरुले कृषि क्षेत्रमा योजनबद्ध लगानी बढाउनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

२४ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसी मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रत...
बागमतीमा मन्त्रालयको संख्या आठ कायम

बागमतीमा मन्त्रालयको संख्या आठ कायम

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने महत्त्वपूर्ण निर्णय गरेको छ। मंगलबार हेटौँडामा बसेको मन्त्रिपर...
टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

२३ वैशाख, हेटौँडा । सर्लाहीको बागमती युथ क्लब मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...
चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

२२ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीक...
विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो घर तथा कार्यालयमा भएको छापामारीप्रति आपत्ति जनाउँदै ...
मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा ...
बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

२० वैशाख, हेटौँडा । बागमती गोल्डकप स् साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ सेमिफाइनलमा मकवानपुरको बागमती गाउँपालिकामा जारी ...
बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

१९ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसीले मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...