१६ असार, हेटौंडा । पूर्वी मकवानपुरस्थित बकैया गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि कुल ९१ करोड ७२ लाख ५० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
सोमवार सम्पन्न ११औं गाउँसभामा उपाध्यक्ष भक्त बहादुर खत्रीले बजेट प्रस्तुत गरेका हुन् । चालु आर्थिक वर्षको तुलनामा यो बजेट १ करोड ८७ लाख ४९ हजार रुपैयाँले कम हो ।
गाउँपालिकाले कृषि तथा पशुपालन क्षेत्रलाई प्रमुख प्राथमिकता दिँदै पूँजीगत र चालु खर्चमा क्रमशः २८ करोड ६ लाख ९१ हजार र ६३ करोड ६५ लाख ५९ हजार रुपैयाँ विनियोजन गरेको छ ।
उपाध्यक्ष खत्रीका अनुसार, आन्तरिक आम्दानीबाट ११ करोड ५१ लाख १८ हजार ६६२ रुपैयाँ, संघीय सरकार तथा अन्य निकायमार्फत अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट ५८ करोड ९१ लाख ६ हजार, र बागमती प्रदेश सरकारको राजस्व बाँडफाँडबाट २१ करोड ३० लाख २५ हजार ३३७ रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।
बकैयाले पूर्वाधार निर्माणका लागि ५ करोड, पोषणमैत्री स्थानीय तह घोषणाका लागि ७५ लाख, चिस्याकेन्द्र निर्माणमा ६५ लाख, प्रत्येक वडामा समानुपातिक विकासका लागि ४ करोड ८० लाख, कार्यपालिका सदस्यहरूका लागि ४८ लाख विनियोजन गरिएको छ।
यस्तै कृषि औद्योगिक ग्राम सञ्चालनका लागि २ करोड, भौतिक संरचना निर्माणमा २ करोड ५० लाख, कोल्ड स्टोर निर्माणका लागि अनुदानसहित १ करोड ३० लाख बजेट छुट्याइएको छ ।
गाउँपालिकाले कृषिमा आधारित स्थानीय अर्थतन्त्रलाई मजबुत बनाउने रणनीति अनुरूप बजेट निर्माण गरेको बजेट सार्वजनिक कार्यक्रममा पालिकाका अध्यक्ष धर्मराज लामिछाने र प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठले बताए ।
Hetauda Live ले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।