ट्रक घरमा ठोक्किँएर खोल्सामा खस्दा एकको मृत्यु, चालक गम्भीर घाइते

११ चैत, हेटौँडा । मकवानपुरको बकैया गाउँपालिका–११ स्थित कान्तिलोक पथ सडकखण्डमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चालक गम्भीर घाइते भएका छन् । मंगलबार राति करिब २स्५० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना ८ ख ८७६० नम्बरको ‘सरफ’ लोड बोकेको ट्रक अनियन्त्रित भई सडक छेउको घरमा ठोक्किँदै करिब १००–१५० मिटर तल खोल्सामा खसेको प्रहरीले जनाएको छ।

दुर्घटनामा परी ट्रकमा सवार पर्सा, वीरगञ्ज महानगरपालिका–३२ का २० वर्षीय सन्तोष यादवको मृत्यु भएको छ। उनलाई उद्धार गरी हेटौँडा अस्पताल ल्याइएपछि बिहान ६स्५५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए। दुर्घटनामा ट्रक चालक सोही स्थानका ३३ वर्षीय कृष्ण यादव गम्भीर घाइते भएका छन्। उनको शरीरका विभिन्न भागमा चोट लागेको छ। प्रारम्भिक उपचारपछि थप उपचारका लागि उनलाई भरतपुर, चितवन पठाइएको प्रहरीले जनाएको छ।

दुर्घटनाको खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट जितपुर भन्ज्याङबाट प्रहरी सहायक हवल्दार सुरेन्द्र दराईको कमाण्डमा टोली खटिएको थियो। साथै नेपाली सेनाको लेनडाँडा सुरक्षा बेसबाट सुबेदार सिताराम कार्कीको नेतृत्वमा १० जनाको टोली घटनास्थलमा पुगेर उद्धार कार्यमा संलग्न भएको थियो ।

इलाका प्रहरी कार्यालय ठिंगनबाट ट्राफिक प्रहरीसहित थप सुरक्षा टोलीसमेत परिचालन गरिएको थियो। अनियन्त्रित ट्रकले स्थानीय ओमान सिंह तितुङको खाली घरमा ठक्कर दिएको थियो। घरमा मानिस नबस्ने भएकाले थप मानवीय क्षति हुनबाट जोगिएको प्रहरीले जनाएको छ। दुर्घटनामा घरमा भने आंशिक क्षति पुगेको छ। प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

हेटौँडामा अबेर रातसम्म डान्स बार सञ्चालन गर्ने ४ जना पक्राउ

हेटौँडामा अबेर रातसम्म डान्स बार सञ्चालन गर्ने ४ जना पक्राउ

११ वैशाख, हेटौँडा । हेटौँडामा अबेर रातसम्म डान्स बार तथा दोहोरी साँझ सञ्चालन गरेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ।...
एडीबीसँग ११५ मिलियन डलर ऋण स्वीकार गर्नेसरकारको निर्णय

एडीबीसँग ११५ मिलियन डलर ऋण स्वीकार गर्नेसरकारको निर्णय

१० वैशाख, हेटौंडा । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न महत्त्वपूर्...
१० वर्षमा १५ हजार मेगावाट निर्यात लक्ष्य बनाउदै सरकार

१० वर्षमा १५ हजार मेगावाट निर्यात लक्ष्य बनाउदै सरकार

१० वैशाख, हेटौंडा । ऊर्जा क्षेत्रलाई आर्थिक रूपान्तरणको प्रमुख आधार बनाउने लक्ष्यसहित ‘ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति, २०...
भुटनदेवी माविमा कक्षा ११–१२ मा होटल म्यानेजमेन्ट र शिक्षा विषय थपिने

भुटनदेवी माविमा कक्षा ११–१२ मा होटल म्यानेजमेन्ट र शिक्षा विषय थपिने

६ वैशाख, हेटौँडा । हेटौंडा उपमहानगरपालिकाको पुरानो र उत्कृष्ट नतिजा हासिल गर्दै आएको भुटनदेवी माध्यमिक विद्यालयले कक्षा ११ र १२ मा...
विक्रम संवत् २०८३  नयाँ वर्ष  शुरु

विक्रम संवत् २०८३  नयाँ वर्ष  शुरु

१ वैशाख, हेटौँडा । आजदेखि नेपालमा विक्रम संवत् २०८३ को प्रारम्भ भएको छ । नेपालीहरूको परम्पराअनुसार, वैशाख १ गतेलाई नयाँ वर्षका रूप...
सरकारद्वारा वैशाख ७ सम्म ‘शून्य बाँकी फाइल अभियान’ घोषणा

सरकारद्वारा वैशाख ७ सम्म ‘शून्य बाँकी फाइल अभियान’ घोषणा

२८ चैत, हेटौँडा । सरकारी कार्यालयहरूमा थन्किएका फाइलहरूको चाप घटाउन र सेवा प्रवाहलाई छिटोछरितो बनाउन सरकारले ‘शून्य बाँकी फाइल अभि...
घरमै बसेर ‘ई–पेन्सन भेरिफिकेसन’, राज्यलाई वार्षिक १५ करोड बचत हुने

घरमै बसेर ‘ई–पेन्सन भेरिफिकेसन’, राज्यलाई वार्षिक १५ करोड बचत हुने

२८ चैत, हेटौँडा । नेपालको सार्वजनिक सेवा प्रवाहमा ऐतिहासिक परिवर्तन गर्दै सरकारले पेन्सनरहरूका लागि ‘ई(पेन्सन भेरिफिकेसन’ प्रणाली ...
बागमतीमा सार्वजनिक सवारीको नयाँ भाडादर लागू

बागमतीमा सार्वजनिक सवारीको नयाँ भाडादर लागू

२८ चैत, हेटौँडा । बागमती प्रदेश सरकारले सार्वजनिक सवारी साधनको नयाँ भाडादर लागू गरेको छ। प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालय...