बकैयाको गरगरेमा आगलागी, दुई करोड बराबरको क्षति, एकजना गम्भीर घाइते

२० भदौ, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ५, गरगरेस्थित लिलाराम जिम्बाको किराना पसलमा आज बिहान आगलागी हुँदा करिब दुई करोड बराबरको क्षति भएको छ ।

मकवानपुर प्रहरीका अनुसार शुक्रबार बिहान घरमा पुजा गर्दा बालेको दियोमा पेट्रोल राखेको ड्रम पल्टेर पर्दा आगलागी सुरु भएको हो । आगो नियन्त्रणमा लिन इलाका प्रहरी कार्यालय गरगरेका प्रहरी टोली, हेटौंडा उपमहानगरपालिकाको दमकल, फापरवारी र हात्तिसुडे प्रहरी चौकीको थप टोली र बागमती गाउँपालिकाको दमकल खटिएका थिए ।

करिब दुई घण्टापछि आगो पूर्ण रूपमा निभाइएको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालले जानकारी दिए । उनका अनुसार आगलागीमा परि पसल संचालक ४५ वर्षीय लिलाराम जिम्बा गम्भीर घाइते भएका छन् ।

उनको हात र खुट्टा दुवै भाग पोलिएको छ । प्रारम्भिक उपचारपछि चुरेहिल अस्पतालमा भर्ना गरिएको र शरीरको ४० प्रतिशत भाग जलेको हुँदा थप उपचारका लागि काठमाडौँस्थित किर्तिपुर बर्न अस्पतालमा रेफर गरिएको प्रवक्ता अर्यालले बताए ।

आगलागीबाट जिम्बाको दुई तले पक्की घर, हातेमालो सहकारीबाट ल्याइएका करिब १५ लाख नगद, ३० वटा ग्यास सिलिन्डर, पेट्रोल, डिजेल, खाद्यान्न, लत्ता कपडा, फर्निचर लगायतका सामान नष्ट भएका छन् ।

साथै, घरभित्र रहेको बा.प्र.०३–००६ प १८९७ नम्बरको पल्सर मोटरसाइकल र किनमेलका लागि आएका नारायण बहादुर स्याङ्तानको नाममा दर्ता भएको ना.४९ प १३ नम्बरको मोटरसाइकल पनि जलेर नष्ट भएको छ ।

आगलागीमा करिब दुई करोड रुपैयाँ बराबरको धनमाल क्षति भएको अनुमान गरिएको छ । साथै, पसलमा रहेको एकवटा कुकुरको बच्चा समेत जलेर मृत्यु भएको छ ।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

मकवानपुरमा लागुऔषधसहित चार दिनमा १३ जना पक्राउ

मकवानपुरमा लागुऔषधसहित चार दिनमा १३ जना पक्राउ

१८ जेठ, हेटौँडा । मकवानपुर प्रहरीले चार दिनको अवधिमा विभिन्न स्थानबाट १३ जनालाई लागुऔषधसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्याल...
प्रधानमन्त्री शाहको अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभामा चर्को विरोध, राजीनामाको माग

प्रधानमन्त्री शाहको अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभामा चर्को विरोध, राजीनामाको माग

१८ जेठ, हेटौँडा । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा सीमा विवादका विषयमा दिएको पछिल्लो अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभ...
गौरीटार अन्तर्राष्ट्रिय क्रिकेट मैदानको उद्घाटन

गौरीटार अन्तर्राष्ट्रिय क्रिकेट मैदानको उद्घाटन

१७ जेड, हेटौँडा । हेटौँडाको गौरीटारमा निर्माण सम्पन्न भएको अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान आइतबार औपचारिक रूपमा उद्घाटन गरिएको...
११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

७ जेठ, हेटौँडा । बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको बजेट अधिवेशन जेठ ११ गते सोमबारका लागि आह्वान गर्न लागि प्...
२४ वैशाखमा बागमती प्रदेशभर सार्वजनिक बिदा

२४ वैशाखमा बागमती प्रदेशभर सार्वजनिक बिदा

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले ‘भाषा दिवस’का अवसरमा वैशाख २४ गते बिहीबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । ...
मुख्यमन्त्री बानियाँविरुद्ध कदमप्रतिको कांग्रेस मकवानपुरको आपत्ति

मुख्यमन्त्री बानियाँविरुद्ध कदमप्रतिको कांग्रेस मकवानपुरको आपत्ति

२१ वैशाख, हेटौँडा । नेपाली कांग्रेस मकवानपुर ले बागमती प्रदेशका सभापति तथा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ विरुद्ध...
सुकुमवासी तथा अव्यवस्थित बसोबासीको प्रदर्शन

सुकुमवासी तथा अव्यवस्थित बसोबासीको प्रदर्शन

२१ वैशाख, हेटौँडा । संघीय सरकारले अतिक्रमित बस्ती खाली गर्ने तयारी थालेपछि मकवानपुरमा भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीहरू ...
टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

२१ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगितामा ललितपुरको फ्रे...