Day: September 5, 2025

बकैयाको गरगरेमा आगलागी, दुई करोड बराबरको क्षति, एकजना गम्भीर घाइते

बकैयाको गरगरेमा आगलागी, दुई करोड बराबरको क्षति, एकजना गम्भीर घाइते

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, बकैया, समाचार
२० भदौ, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ५, गरगरेस्थित लिलाराम जिम्बाको किराना पसलमा आज बिहान आगलागी हुँदा करिब दुई करोड बराबरको क्षति भएको छ । मकवानपुर प्रहरीका अनुसार शुक्रबार बिहान घरमा पुजा गर्दा बालेको दियोमा पेट्रोल राखेको ड्रम पल्टेर पर्दा आगलागी सुरु भएको हो । आगो नियन्त्रणमा लिन इलाका प्रहरी कार्यालय गरगरेका प्रहरी टोली, हेटौंडा उपमहानगरपालिकाको दमकल, फापरवारी र हात्तिसुडे प्रहरी चौकीको थप टोली र बागमती गाउँपालिकाको दमकल खटिएका थिए । करिब दुई घण्टापछि आगो पूर्ण रूपमा निभाइएको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालले जानकारी दिए । उनका अनुसार आगलागीमा परि पसल संचालक ४५ वर्षीय लिलाराम जिम्बा गम्भीर घाइते भएका छन् । उनको हात र खुट्टा दुवै भाग पोलिएको छ । प्रारम्भिक उपचारपछि चुरेहिल अस्पतालमा भर्ना गरिएको र शरीरको ४० प्रतिशत भाग जलेको हुँदा थप उपचारका ला...
चैपाङ जातिको न्वागी  पर्वमा आइतबार बागमतिका तीन जिल्लामा सार्वजनिक विदा

चैपाङ जातिको न्वागी  पर्वमा आइतबार बागमतिका तीन जिल्लामा सार्वजनिक विदा

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, बागमती प्रदेश, राजनीति
२० भदौ' हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ जातिको मुख्य पर्व न्वागी अर्थात छोनाम पर्वको अवसरमा सार्वजनिक विदा दिने भएको छ । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले बिहीबार एक सूचना जारी गर्दै आगामी आइतबार २२ भदौमा मकवानपुरसहित चितवन र धादिङ जिल्लामा सार्वजनिक विदा दिने निर्णय गरेको हो । मन्त्रालय बागमती प्रदेश राजपत्रमा यसअघि प्रकाशित निर्णयअनुसार नै चैपाङ समुदायले मनाउने छोनाम पर्वमा चेपाङ समुदायको बाहुल्यता रहेका प्रदेशका ३ जिल्लामा सार्वजनिक विदा दिने निर्णय गरिएको जनाएको छ। यस निर्णयसँगै आइतबार चितवन, मकवानपुर र धादिङका सरकारी तथा सार्वजनिक निकाय बन्द रहनेछन् ।...