२० भदौ’ हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ जातिको मुख्य पर्व न्वागी अर्थात छोनाम पर्वको अवसरमा सार्वजनिक विदा दिने भएको छ ।
प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले बिहीबार एक सूचना जारी गर्दै आगामी आइतबार २२ भदौमा मकवानपुरसहित चितवन र धादिङ जिल्लामा सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
मन्त्रालय बागमती प्रदेश राजपत्रमा यसअघि प्रकाशित निर्णयअनुसार नै चैपाङ समुदायले मनाउने छोनाम पर्वमा चेपाङ समुदायको बाहुल्यता रहेका प्रदेशका ३ जिल्लामा सार्वजनिक विदा दिने निर्णय गरिएको जनाएको छ।
यस निर्णयसँगै आइतबार चितवन, मकवानपुर र धादिङका सरकारी तथा सार्वजनिक निकाय बन्द रहनेछन् ।
Hetauda Live ले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।