पुलदेखि पोषणसम्मः बकैयाले घोषणा गर्यो १५ क्षेत्रमा जनकेन्द्रित नीति

१० असार, हेटौँडा । बकैया गाउँपालिकाको आथिक वर्ष २०८२÷२०८३को नीति तथा कार्यक्रम प्रस्तुत भएको छ । मंगलबार बकैया गाउँपालिकाको गाउँसभामा उपाध्यक्ष भक्तबहादुर खत्रीले आर्थिक वर्ष २०८२÷८३ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

१५ पृष्ठको नीति तथा कार्याक्रममा गाउँपालिकाले आधारभूत संरचना, कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन र सामाजिक सुरक्षालाई प्राथमिकतामा राखेको छ। यस अन्तर्गत १५ ओटा प्रमुख अस्पताल स्तरोन्नती, ३२ स्थानमा सडक विस्तार, र एक वडा–एक उद्यमशील कार्यक्रम जस्ता महत्वपूर्ण योजनाहरू समावेश गरिएका छन्।

गाउँपालिकाले चम्पाखहरे, बकैया–निसमात खोला लगायत १५ स्थानमा पुल निर्माण, जुरेली खेलमैदानको आधुनिकीकरण र ५ किलोमिटर सडक विस्तार गर्ने योजना बनाएको छ। विशेषगरी बाढीप्रवण क्षेत्रका लागि खोलाको करिडोर नियन्त्रण, पानी आपूर्ति प्रणाली सुधार र ठूलो सुधा ड्याम निर्माणलाई प्राथमिकता दिइएको छ। यसैसँग प्रत्येक वडामा सीसिटिभी क्यामेरा स्थापना गरी सुरक्षा व्यवस्था अभिवृद्धि गर्ने लक्ष्य राखिएको छ।

बकैया कृषि औद्योगिक ग्राममा कोल्ड स्टोर, टिएमआर उद्योग र कृषि उत्पादन प्रशोधन केन्द्र स्थापना गर्ने योजना छ। साथै, “एक वडा–एक बाली” अन्तर्गत काफी, अलैची र तरकारी उत्पादन प्याकेज क्षेत्र विकास, स्थानीय बीउ संरक्षण र कृषकहरूलाई ४ करोड रुपैयाँ सम्झौता खेती अनुदान दिने प्रावधान गरिएको छ।

१५ शय्याको आधारभूत अस्पताललाई प्रदेश स्तरको अस्पतालमा स्तरोन्नति गर्ने, २४ घण्टे आकस्मिक सेवा सुधार्ने र घरघरमा निःशुल्क रक्तसंचार सेवा उपलब्ध गराउने लक्ष्य राखिएको छ। मानसिक स्वास्थ्यका लागि आत्महत्या निवारण कार्यक्रम, जेठी नागरिक घरदैलो सेवा र अपाङ्ग व्यक्तिहरूका लागि करेक्टिभ सर्जरी जस्ता विशेष योजनाहरू प्रस्तावित छन्।

शैक्षिक क्षेत्रमा गुणस्तर सुधारका लागि कक्षा ३ सम्म “ग्रेड टिचिंग” पद्धति लागू गर्ने, प्रत्येक विद्यालयमा आईसीटी एकीकरण र सामुदायिक विद्यालयहरूलाई कक्षा १२ सम्म स्तरोन्नति गर्ने योजना छ। रोजगारीमा “नमस्ते रोजगारी” अभियान अन्तर्गत युवाहरूका लागि सीप विकास तालिम, वैदेशिक रोजगारी सेवा केन्द्र र स्थानीय उद्यमिता प्रवर्धनलाई बढावा दिइनेछ।

बकैयाको नीति कार्यक्रमले स्थानीय आवश्यकतालाई सम्बोधन गर्ने प्रयास गरेको देखिन्छ। आगामी वर्षमा यसले ग्रामीण अर्थतन्त्रलाई गतिशील बनाउने आशा गरिएको छ।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

हेटौँडामा अबेर रातसम्म डान्स बार सञ्चालन गर्ने ४ जना पक्राउ

हेटौँडामा अबेर रातसम्म डान्स बार सञ्चालन गर्ने ४ जना पक्राउ

११ वैशाख, हेटौँडा । हेटौँडामा अबेर रातसम्म डान्स बार तथा दोहोरी साँझ सञ्चालन गरेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ।...
एडीबीसँग ११५ मिलियन डलर ऋण स्वीकार गर्नेसरकारको निर्णय

एडीबीसँग ११५ मिलियन डलर ऋण स्वीकार गर्नेसरकारको निर्णय

१० वैशाख, हेटौंडा । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न महत्त्वपूर्...
१० वर्षमा १५ हजार मेगावाट निर्यात लक्ष्य बनाउदै सरकार

१० वर्षमा १५ हजार मेगावाट निर्यात लक्ष्य बनाउदै सरकार

१० वैशाख, हेटौंडा । ऊर्जा क्षेत्रलाई आर्थिक रूपान्तरणको प्रमुख आधार बनाउने लक्ष्यसहित ‘ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति, २०...
भुटनदेवी माविमा कक्षा ११–१२ मा होटल म्यानेजमेन्ट र शिक्षा विषय थपिने

भुटनदेवी माविमा कक्षा ११–१२ मा होटल म्यानेजमेन्ट र शिक्षा विषय थपिने

६ वैशाख, हेटौँडा । हेटौंडा उपमहानगरपालिकाको पुरानो र उत्कृष्ट नतिजा हासिल गर्दै आएको भुटनदेवी माध्यमिक विद्यालयले कक्षा ११ र १२ मा...
विक्रम संवत् २०८३  नयाँ वर्ष  शुरु

विक्रम संवत् २०८३  नयाँ वर्ष  शुरु

१ वैशाख, हेटौँडा । आजदेखि नेपालमा विक्रम संवत् २०८३ को प्रारम्भ भएको छ । नेपालीहरूको परम्पराअनुसार, वैशाख १ गतेलाई नयाँ वर्षका रूप...
सरकारद्वारा वैशाख ७ सम्म ‘शून्य बाँकी फाइल अभियान’ घोषणा

सरकारद्वारा वैशाख ७ सम्म ‘शून्य बाँकी फाइल अभियान’ घोषणा

२८ चैत, हेटौँडा । सरकारी कार्यालयहरूमा थन्किएका फाइलहरूको चाप घटाउन र सेवा प्रवाहलाई छिटोछरितो बनाउन सरकारले ‘शून्य बाँकी फाइल अभि...
घरमै बसेर ‘ई–पेन्सन भेरिफिकेसन’, राज्यलाई वार्षिक १५ करोड बचत हुने

घरमै बसेर ‘ई–पेन्सन भेरिफिकेसन’, राज्यलाई वार्षिक १५ करोड बचत हुने

२८ चैत, हेटौँडा । नेपालको सार्वजनिक सेवा प्रवाहमा ऐतिहासिक परिवर्तन गर्दै सरकारले पेन्सनरहरूका लागि ‘ई(पेन्सन भेरिफिकेसन’ प्रणाली ...
बागमतीमा सार्वजनिक सवारीको नयाँ भाडादर लागू

बागमतीमा सार्वजनिक सवारीको नयाँ भाडादर लागू

२८ चैत, हेटौँडा । बागमती प्रदेश सरकारले सार्वजनिक सवारी साधनको नयाँ भाडादर लागू गरेको छ। प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालय...