Day: २०८२, १० असार मंगलवार २१:००

कैलाश गाउँपालिकाले ल्यायो ५३ करोड ८६ लाख बजेट

कैलाश गाउँपालिकाले ल्यायो ५३ करोड ८६ लाख बजेट

Breaking News 2, अर्थ, कैलास, ताजा अपडेट, राजनीति, समाचार
१० असार, हेटौँडा । मकवानपुरको कैलाश गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२÷८३ को लागि ५३ करोड ८६ लाख २० हजार १ सय रुपैयाँको बजेट ल्याएको छ। मंगलबार ९आज० गाउँपालिकाको सभाहलमा भएको १६ औं गाउँसभामा पालिकाका उपाध्यक्ष बालकुमार मल्ल ठकुरीले आगामी आर्थिक वर्षको अनुमानित बजेट प्रस्तुत गरेका हुन् । उपाध्यक्ष मल्लका अनुसार चालुतर्फ ३२ करोड ८२ लाख ३ हजार १ सय रुपैयाँ अर्थात् कुल बजेटको ६०।९ प्रतिशत र पूँजीगततर्फ २१ करोड ४ लाख १७ हजार रुपैयाँ अर्थात् कुल बजेटको ३९।१ प्रतिशत बजेट छुट्याइएको छ । १० वटा स्थानीय तह रहेको मकवानपुरको सबैभन्दा विकट कैलाश गाउँपालिकाले चालु आर्थिक वर्षको तुलनामा ५ करोड बजेट बढाएर ल्याएको हो । चालु आर्थिक वर्षका लागि ४८ करोड ७८ लाख रुपैयाँ बजेट ल्याएको थियो । आगामी आर्थिक वर्षका लागि पूँजीगत बजेट ६ करोड भन्दा बढी बढेको छ भने चालुखर्चतर्फ पनि १ करोड बढी बजेट बढाएर ल्याएको हो...
पुलदेखि पोषणसम्मः बकैयाले घोषणा गर्यो १५ क्षेत्रमा जनकेन्द्रित नीति

पुलदेखि पोषणसम्मः बकैयाले घोषणा गर्यो १५ क्षेत्रमा जनकेन्द्रित नीति

Breaking News 2, अर्थ, ताजा अपडेट, बकैया, समाचार
१० असार, हेटौँडा । बकैया गाउँपालिकाको आथिक वर्ष २०८२÷२०८३को नीति तथा कार्यक्रम प्रस्तुत भएको छ । मंगलबार बकैया गाउँपालिकाको गाउँसभामा उपाध्यक्ष भक्तबहादुर खत्रीले आर्थिक वर्ष २०८२÷८३ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । १५ पृष्ठको नीति तथा कार्याक्रममा गाउँपालिकाले आधारभूत संरचना, कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन र सामाजिक सुरक्षालाई प्राथमिकतामा राखेको छ। यस अन्तर्गत १५ ओटा प्रमुख अस्पताल स्तरोन्नती, ३२ स्थानमा सडक विस्तार, र एक वडा–एक उद्यमशील कार्यक्रम जस्ता महत्वपूर्ण योजनाहरू समावेश गरिएका छन्। गाउँपालिकाले चम्पाखहरे, बकैया–निसमात खोला लगायत १५ स्थानमा पुल निर्माण, जुरेली खेलमैदानको आधुनिकीकरण र ५ किलोमिटर सडक विस्तार गर्ने योजना बनाएको छ। विशेषगरी बाढीप्रवण क्षेत्रका लागि खोलाको करिडोर नियन्त्रण, पानी आपूर्ति प्रणाली सुधार र ठूलो सुधा ड्याम निर्माणलाई प्राथमिकता दिइएको छ।...
राक्सिराङले ल्यायो ६३ करोड ५२ लाखको बजेट ल्यायो

राक्सिराङले ल्यायो ६३ करोड ५२ लाखको बजेट ल्यायो

Breaking News 2, अर्थ, ताजा अपडेट, राक्सिराङ्ग, राजनीति, समाचार
१० असार, हेटौँडा । मकवानपुरको राक्सिराङ गाउँपालिकाले आर्थिक वर्ष २०८२र०८३ का लागि कुल ६३ करोड ५२ लाख ३१ हजार २८९ रुपैयाँको बजेट प्रस्तुत गरेको छ। यो बजेट अघिल्लो आर्थिक वर्ष २०८१र०८२ को तुलनामा ८ करोड ९० लाख ५८ हजार रुपैयाँले बढी हो। राक्सिराङले चालु आर्थिक वर्ष २०८१र०८२ मा राक्सिराङको कुल बजेट ५४ करोड ६१ लाख ७३ हजार रुपैयाँ थियो । राक्सिराङको मंगलबार बसेको गाउँसभामा उपाध्यक्ष बनस्तम थिङले पेस गरेको बजेटमा चालु तथा पूँजीगत खर्च समेट्दै संघीय र प्रदेश सरकारबाट प्राप्त अनुदान र आन्तरिक स्रोतमार्फत जुटाइने आम्दानीको विवरणसहित सार्वजनिक गरेको हो। राक्सिराङले आगामी आर्थिक वर्षका लागि चालु खर्च तर्फ ४८ करोड ५३ लाख ५४ हजार रुपैयाँ र पूँजीगत खर्चतर्फ १४ करोड ९८ लाख ७७ हजार रुपैयाँ विनियोजन गरिएको छ । राक्सिराङ गाउँपालिकाले बजेटको स्रोत व्यवस्थापनका लागि संघीय सरकारबाट प्राप्त अनुदान ४३ करोड ...
त्रिभुवन राजपथ २ दिन ४ घण्टा बन्द हुने 

त्रिभुवन राजपथ २ दिन ४ घण्टा बन्द हुने 

Breaking News 2, ताजा अपडेट, समाचार
१० असार, हेटौंडा । त्रिभुवन राजपथ सडक खण्ड २ दिन बन्द हुने भएको छ । त्रिभुवन राजपथ अन्तर्गत लामिडाँडा-सिमभञ्ज्याङ्ग सडक खण्डमा आगामी असार १३ र १४ गते सवारी आवागमन बन्द गरिएको हो । मंगलबार जिल्ला प्रशासन कार्यालय मकवानपुरले एक सूचना जारी गर्दै असार १३ र १४ गते सवारी आवागमन बन्द हुने जानकारी दिएको हो । सडक डिभिजन हेटौँडाका अनुसार त्रिभुवन राजपथ अन्तर्गत लामिडाँडा-सिमभञ्ज्याङ्ग सडकखण्ड अन्तर्गत मकवानपुरको रानी भञ्ज्याङ्ग मोडमा सडक मर्मत तथा ह्युम पाइप विछ्याउन लागेको जनाएको छ। सडक दिउँसो १२ बजेदेखि दिउँसो ४ बजेसम्म बन्द गरिने जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।...
हेटौंडाले ल्यायो २ अर्व ९० करोड रुपैयाँको बजेट 

हेटौंडाले ल्यायो २ अर्व ९० करोड रुपैयाँको बजेट 

Breaking News 1, अर्थ, ताजा अपडेट, राजनीति, समाचार, हेटौँडा
१० असार, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि २ अर्व ९० करोड ३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । हेटौंडा उपमहानगरपालिकाको मंगलबार बसेको नगरसभा बैठकमा उपमेयर राजेश बानियाँले चालु आर्थिक वर्षको बजेटमा १९ प्रतिशत वृद्धि गर्दै बजेट प्रस्तुत गरेका हुन् । हेटौंडाले चालु आर्थिक वर्षका लागि २ अर्व ४३ करोड  ८० लाख रुपैयाँ बजेट प्रस्तुत गरेको थियो । हेटौंडाले आगामी आर्थिक वर्षकाको खर्च व्यहोर्ने स्रोततर्फ आन्तरिक आयबाट ६२ करोड ७६ लाख ८० हजार रुपैयाँ, राजस्व बाँडफाडबाट ९२ करोड ७० लाख ५५ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरेको छ । यस्तै प्रदेश सरकारबाट ११ करोड ४५ लाख ७५ हजार रुपैयाँ अनुदान पप्त हुने अनुमान गरेको छ । हेटौंडाका लागि आगामी आर्थिक वर्षमा संघीय सरकारबाट १ अर्व १९ करोड ५० लाख रुपैयाँ प्राप्त हुने र नगर विकास कोषको ऋणबाट ३ करोड ६० लाख रुपैयाँ बज...
हेटौँडाका करिब ७ हजार विद्यार्थीका लागि ‘मेघा किचन’बाट खाजा वितरण सुरु

हेटौँडाका करिब ७ हजार विद्यार्थीका लागि ‘मेघा किचन’बाट खाजा वितरण सुरु

Breaking News 1, अर्थ, ताजा अपडेट, शिक्षा, समाचार, हेटौँडा
१० असार, हेटौँडा । हेटौँडा उपमहानगरपालिकाका चारवटा वडाका नौ विद्यालयमा अध्ययनरत करिब ७ हजार विद्यार्थीका लागि ‘मेघा किचन’मार्फत दिवाखाजा वितरण सुरु गरिएको छ। विद्यार्थीलाई पोषणयुक्त खाजा प्रदान गर्ने उद्देश्यले संघीय सरकारको बजेटमा सञ्चालनमा ल्याइएको ‘मेघा किचन’ हेटौँडा–१७ स्थित बालबोध माध्यमिक विद्यालयमा स्थापना गरिएको छ। उपमहानगरपालिकाका वडा नम्बर ६, १६, १७ र १८ मा पर्ने बालबोध, बंशगोपाल, जनप्रीय, लक्ष्मी आधारभूत, ज्योति, गोरक्षश्वर, कमला, दिव्यज्योति र राजदेवी माध्यमिक विद्यालयका विद्यार्थीलाई खाजा वितरण गरिने शिक्षा विकास महाशाखाका प्रमुख सीताराम कोइरालाले जानकारी दिए। खाजा व्यवस्थापनका लागि बालबोध माविका व्यवस्थापन समिति अध्यक्ष प्रदीप अर्यालको नेतृत्वमा विशेष ‘मेघा किचन व्यवस्थापन समिति’ गठन गरिएको छ। किचन सञ्चालनका लागि संघीय सरकारले चालू आर्थिक वर्ष ०८१÷८२ मा ५० लाख रुपैयाँ ब...
राष्ट्रिय महिला भलिबलको सेमिफाइनल समीकरण पूरा

राष्ट्रिय महिला भलिबलको सेमिफाइनल समीकरण पूरा

Breaking News 2, खेलकुद, ताजा अपडेट, समाचार, हेटौँडा
१० असार, हेटौँडा । नेपाल स्पोर्ट सेन्टर (नेकोस)को आयोजनामा हेटौँडामा जारी नेकोस कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ। लिग चरणका खेलहरु सकिँदा प्रतियोगिताको अन्तिम चारमा दुई विभागीय टोलीहरु एपीएफ क्लब र नेपाल पुलिस क्लबसँगै गण्डकी प्रदेश र न्यू डाइमण्ड युथ क्लब पुगेका छन्। मंगलबार हुने सेमिफाइनलमा एपीएफ र पुलिस क्लब तथा गण्डकी प्रदेश र न्यू डाइमण्ड युथ भिड्ने छन्। समूह ‘क’बाट नेपाल पुलिस समूह विजेता तथा गण्डकी प्रदेश उपविजेता हुँदे सेमिफाइनलमा पुगेका हुन्। समूह ‘ख’बाट न्यू डाइमण्ड विजेता र एपीएफ उपविजेता हुँदै सेमिफाइनलमा स्थान सुरक्षित गरेका हुन्। सोमबार सम्पन्न लिग चरणका अन्तिम खेलमा डाइमण्डले मधेश प्रदेशलाई २५–६, २५–१८, २५–८ को सोझो सेटमा हराउँदै समूहको शीर्ष स्थान पक्का ग¥यो। मधेश प्रदेशले प्रतियोगितामा एउटा पनि खेल जित्न सकेन। यस्तै, पुलिस क्ल...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज