१० असार, हेटौंडा । त्रिभुवन राजपथ सडक खण्ड २ दिन बन्द हुने भएको छ । त्रिभुवन राजपथ अन्तर्गत लामिडाँडा-सिमभञ्ज्याङ्ग सडक खण्डमा आगामी असार १३ र १४ गते सवारी आवागमन बन्द गरिएको हो ।
मंगलबार जिल्ला प्रशासन कार्यालय मकवानपुरले एक सूचना जारी गर्दै असार १३ र १४ गते सवारी आवागमन बन्द हुने जानकारी दिएको हो ।
सडक डिभिजन हेटौँडाका अनुसार त्रिभुवन राजपथ अन्तर्गत लामिडाँडा-सिमभञ्ज्याङ्ग सडकखण्ड अन्तर्गत मकवानपुरको रानी भञ्ज्याङ्ग मोडमा सडक मर्मत तथा ह्युम पाइप विछ्याउन लागेको जनाएको छ।
सडक दिउँसो १२ बजेदेखि दिउँसो ४ बजेसम्म बन्द गरिने जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।

Hetauda Live ले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।