हेटौंडाले ल्यायो २ अर्व ९० करोड रुपैयाँको बजेट 

१० असार, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि २ अर्व ९० करोड ३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

हेटौंडा उपमहानगरपालिकाको मंगलबार बसेको नगरसभा बैठकमा उपमेयर राजेश बानियाँले चालु आर्थिक वर्षको बजेटमा १९ प्रतिशत वृद्धि गर्दै बजेट प्रस्तुत गरेका हुन् ।
हेटौंडाले चालु आर्थिक वर्षका लागि २ अर्व ४३ करोड  ८० लाख रुपैयाँ बजेट प्रस्तुत गरेको थियो ।

हेटौंडाले आगामी आर्थिक वर्षकाको खर्च व्यहोर्ने स्रोततर्फ आन्तरिक आयबाट ६२ करोड ७६ लाख ८० हजार रुपैयाँ, राजस्व बाँडफाडबाट ९२ करोड ७० लाख ५५ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरेको छ । यस्तै प्रदेश सरकारबाट ११ करोड ४५ लाख ७५ हजार रुपैयाँ अनुदान पप्त हुने अनुमान गरेको छ ।

हेटौंडाका लागि आगामी आर्थिक वर्षमा संघीय सरकारबाट १ अर्व १९ करोड ५० लाख रुपैयाँ प्राप्त हुने र नगर विकास कोषको ऋणबाट ३ करोड ६० लाख रुपैयाँ बजेटको स्रोत व्यवस्थापनमा व्यहोर्न अनुमान गरिएको छ ।

हेटौंडाले कार्य सञ्चालन तथा प्रशासनिक खर्च व्यवस्थापनको लागि ५९ करोड ६५ लाख ९० हजार रुपैयाँ, सुशासन तथा संस्थागत विकासतर्फ ३ करोड ८ढ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

हेटौंडाले शिक्षा क्षेत्रभित्रका योजना तथा कार्यक्रमका लागि ५ करोड ५१ लाख रुपैयाँ, स्वास्थ्य तर्फ मेयरसँग जनता स्वास्थ्य कार्यक्रम, पोषण कोशेली घर भेटघाट गर्ने, निःशुल्क स्वास्थ्य विमा कार्यक्रम, निःशुल्क रक्त सेवा कार्यक्रम, डाइलायसिस लगायतका सेवा सञ्चालनका लागि ६० लाख रुपैयाँ सहित स्वास्थ्य क्षेत्रका योजना तथा कार्यक्रमका लागि २ करोड ७८ लाख बजेट विनियोजन गरिएको छ । महिला, बालबालिका तथा समावेशिकरण र ज्येष्ठ नागरिकका कार्यक्रमका लागि १ करोड ३३ लाख ३५ हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

हेटौंडा अस्पतालमा निर्माणाधिन बाल एन.आई.सि.यु./पि.आई.सि.यू. सेवा सञ्चालन गर्नका लागि २ करोड रुपैयाँ विनियोजन गरिएको छ भने  हेटौंडा–४ स्थित भुटनदेवी माध्यमिक विद्यालयमा मेघा विद्यालय पूर्वाधार निर्माणका (बहुवर्षिय योजना) लागि विद्यालयको ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

संस्कृति प्रवर्द्धन कार्यक्रम तथा योजना सञ्चालन गर्न १ करोड २० लाख विनियोजन गरिएको छ । हेटौंडाको न्यायिक समिति सञ्चालन तथा व्यवस्थापनका लागि ७५ लाख बजेट व्यवस्था गरिएको छ । सामाजिक विकास अन्तर्गत योजना तथा कार्यक्रमका १६ करोड ८३ लाख ५५ हजार रुपैयाँ विनियोजन गरिएको छ ।

हेटौंडाले हरियाली, वृक्षारोपण तथा रंगरोगन, सफा हेटौंडा, जलवायु, वन तथा भूसंरक्षण, वातावरण संरक्षण, विपद् जोखिम न्यूनीकरण र जल उत्पन्न प्रकोप नियन्त्रण, फोहोर मैला व्यवस्थापन, ढल तथा नाला पूर्वाधार, खानेपानी सरसफाईतर्फका कार्यक्रम तथा योजना सञ्चालन गर्न ३ करोड १५ लाख ५० हजार बजेट विनियोजन गरिएको छ । हेटौंडाले वन, वातावरण विपद् व्यवस्थापन कोष र वातावरण विकास कोषको लागि ६ करोड २० लाख ५० हजार बजेट विनियोजन गरिएको छ ।

अन्तराष्ट्रिय महिला फुटवल प्रतियोगिता, सहिद स्मृति स्थानीय गोल्डकप, उपमेयर कप महिला तथा पुरुष भलिवल, मेयर कप रनिङ्ग शिल्ड, मेयर कप फुटबल जस्ता खेलकुद प्रतियोगिता आयोजना र विभिन्न खेलकुद मैदान तथा पूर्वाधार निर्माण, सीप विकास तालिम, खेल सामग्री सहयोग, खेलकुद प्रतियोगितामा सहभागिता लगायत कार्यक्रमका लागि २ करोड ५५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

मेयरसँग स्वरोजगार कार्यक्रम, चिज बनाउने उद्योग, बारिष्ठा, सुशी, कपाल कटाई, काष्ठकला, मकैको खोस्टा र थाकलको चकटी सम्बन्धी तालिम सञ्चालन गर्न, कोशेली घर सञ्चालन लगायतका उद्योग, वाणिज्य तथा सहकारी तर्फ उपमहानगरपालिकाले ९८ लाख ३६ हजार व्यवस्था गरेको छ । हेटौंडाले आर्थिक विकास क्षेत्रभित्रका योजना तथा कार्यक्रमका लागि ४ करोड ६९ लाख ७ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ ।

अटोभिलेज पूर्वाधार निर्माण हेटौंडा–११, वाटर फन पार्क हेटौंडा–१४, गंगा आरती स्थल हेटौंडा– १० का लागि बजेट व्यवस्था गरिएको छ भने निर्माणाधीन एकीकृत बसपार्क तथा टर्मिनल भवन निर्माण सम्पन्न गरी सञ्चालन गर्न ४ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

२४ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसी मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रत...
बागमतीमा मन्त्रालयको संख्या आठ कायम

बागमतीमा मन्त्रालयको संख्या आठ कायम

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने महत्त्वपूर्ण निर्णय गरेको छ। मंगलबार हेटौँडामा बसेको मन्त्रिपर...
टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

२३ वैशाख, हेटौँडा । सर्लाहीको बागमती युथ क्लब मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...
चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

२२ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीक...
विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो घर तथा कार्यालयमा भएको छापामारीप्रति आपत्ति जनाउँदै ...
मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा ...
बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

२० वैशाख, हेटौँडा । बागमती गोल्डकप स् साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ सेमिफाइनलमा मकवानपुरको बागमती गाउँपालिकामा जारी ...
बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

१९ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसीले मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...