राष्ट्रिय महिला भलिबलको सेमिफाइनल समीकरण पूरा

१० असार, हेटौँडा । नेपाल स्पोर्ट सेन्टर (नेकोस)को आयोजनामा हेटौँडामा जारी नेकोस कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ।

लिग चरणका खेलहरु सकिँदा प्रतियोगिताको अन्तिम चारमा दुई विभागीय टोलीहरु एपीएफ क्लब र नेपाल पुलिस क्लबसँगै गण्डकी प्रदेश र न्यू डाइमण्ड युथ क्लब पुगेका छन्। मंगलबार हुने सेमिफाइनलमा एपीएफ र पुलिस क्लब तथा गण्डकी प्रदेश र न्यू डाइमण्ड युथ भिड्ने छन्।

समूह ‘क’बाट नेपाल पुलिस समूह विजेता तथा गण्डकी प्रदेश उपविजेता हुँदे सेमिफाइनलमा पुगेका हुन्। समूह ‘ख’बाट न्यू डाइमण्ड विजेता र एपीएफ उपविजेता हुँदै सेमिफाइनलमा स्थान सुरक्षित गरेका हुन्।

सोमबार सम्पन्न लिग चरणका अन्तिम खेलमा डाइमण्डले मधेश प्रदेशलाई २५–६, २५–१८, २५–८ को सोझो सेटमा हराउँदै समूहको शीर्ष स्थान पक्का ग¥यो। मधेश प्रदेशले प्रतियोगितामा एउटा पनि खेल जित्न सकेन।

यस्तै, पुलिस क्लबले गण्डकीलाई पराजित गर्दै समूह ‘क’मा शिर्ष स्थान सुरक्षित गर्न सफल भएको छ। पुलिसले गण्डकीलाई २५–१३, २५–११, २५–१९ को सोझो सेटमा हराएको हो। अनुभवी तथा राष्ट्रिय स्तरका खेलाडीहरूले भरिएको पुलिसको सामु गण्डकी केहि कमजोर देखिएको थियो। गण्डकीले लिग चरणमा एक मात्र जित निकाल्दै सेमिफाइनलमा स्थान बनाएको हो।

दुई विभागीय टोलीसहित ७ टिमको सहभागिता रहेको प्रतियोगिताको विजेताले नगद ५ लाख, उपविजेताले ३ लाख, तेस्रो हुने टिमले १ लाख र चौथो हुने टिमले ५१ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। यस्तै, विधागत उत्कृष्ट खेलाडीहरुले जनही ५ हजार रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

२४ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसी मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रत...
बागमतीमा मन्त्रालयको संख्या आठ कायम

बागमतीमा मन्त्रालयको संख्या आठ कायम

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने महत्त्वपूर्ण निर्णय गरेको छ। मंगलबार हेटौँडामा बसेको मन्त्रिपर...
टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

२३ वैशाख, हेटौँडा । सर्लाहीको बागमती युथ क्लब मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...
चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

२२ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीक...
विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो घर तथा कार्यालयमा भएको छापामारीप्रति आपत्ति जनाउँदै ...
मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा ...
बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

२० वैशाख, हेटौँडा । बागमती गोल्डकप स् साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ सेमिफाइनलमा मकवानपुरको बागमती गाउँपालिकामा जारी ...
बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

१९ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसीले मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...