१ पुस, हेटौँडा। मकवानपुरको बकैया गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा बकैया गाउँपालिका वडा नम्बर ७ अधेरीका ५५ वर्षीय केशव माझी, ५५ वर्षीय युवराज माझी र ४५ वर्षीय सन्तलाल माझी रहेका छन् ।
घाइते अवस्थामै हेटौँडा अस्पताल ल्याइएका उनीहरुलाई चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डिएसपी पुष्कर बोगटीले जानकारी दिए ।
उनका अनुसार बकैया गाउँपालिका–७ अधेरीस्थित भित्री सडक खण्डमा मंगलबार दिउँसो ट्याक्टर दुर्घटना भएको थियो । लु ५ त १७४ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा दुर्घटनामा परी २२ जना घाइते भएका थिए । दुर्घटनामा घाइते भएका अन्य १९ जनाको हेटौँडा अस्पताल र चुरे हिल अस्पतालमा उपचार भइरहेको छ ।
Hetauda Live ले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।