
दुई दिने बकैया साहित्य महोत्सव शुक्रबारबाट शुरु
१६ फागुन, हेटौँडा । झरना साहित्यिक परिवार मकवानपुरको ३२ औ वार्षिकोत्सव तथा ३१३ औँ साहित्य श्रृंखलाका अवसरमा बकैया कला साहित्य महोत्सव सुरु भएको छ । महोत्सव शुक्रबारबाट बकैया गाउँपालिकाको वडा नम्बर ५ कर्मचुली स्थित कर्म प्राप्ति माध्यमिक विद्यालयमा शुरु भएको हो ।
महोत्सव अन्तर्गत शुक्रबार बकैया गाउँपालिका भित्र रहेका विभिन्न विद्यालयका विद्यार्थीहरूको बीचमा कविता प्रतियोगिता, गायन तथा नृत्य प्रस्तुति, चित्रकला प्रदर्शनी लगायतका कार्यक्रमहरू सम्पन्न भएको झरनाका सचिव मसान उपासकले जानकारी दिए ।
दुई दिनसम्म चल्ने महोत्सव अन्तर्गत शनिवार स्रष्टा सम्मान, पत्रिका विमोचन, विभिन्न विधागत रचनावाचन, पालिका अध्यक्षसँग अन्तक्र्रिया तथा विशेष सांगीतिक तथा सांस्कृतिक प्रस्तुतिका कार्यक्रमहरु हुने उनले बताए ।
शुक्रबार भएको महोत्सव उद्घाटन कार्यक्रममा प्रमुख अतिथि गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर खत...