माझी समुदायको लदी पर्व २० गते मकवानपुरमा पनि मनाइने

१८ फागुन, हेटौँडा । नेपाल माझी उत्थान संघको आयोजनामा यही फागुन २० गते मकवानपुरको बकैया गाउँपालिकामा लदी पर्व मनाइने भएको छ । २० गते विहान ११ बजेदेखि बकैयाको ६ नम्बर वडास्थित जुइनामा बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाको प्रमुख आतिथ्यतामा लदी पर्व मनाउन लागिएको आयोजकले जानकारी दिएको छ ।

लदी पर्वको कार्यक्रमको तयारीलाई तीव्र पारिएको आयोजकले जनाएको छ । लदीको अवसरमा देशैभरीका माझी समुदायले नजिकका नदी खोलामा गएर भव्य रुपले नदीखोलाको पुजा गर्ने गर्दछन् । माझीहरुको सघन बस्ती भएका स्थानीय तहहरुले सार्वजनिक विदा समेत दिने गरेका छन् । बागमती प्रदेश सरकारले समेत गत बर्ष र यो वर्ष पनि माझी समुदायहरुलाई सार्वजनिक विदा दिने घोषण गरिसकेको छ ।

नेपाल माझी उत्थान संघ केन्द्रीय समितिको आयोजनामा बकैया ६ मा लदी पर्व मनाउन लागिएको केन्द्रीय अध्यक्ष चिनीमाया माझीले जानकारी दिइन् । नेपाल सरकारले सूचीकृत गरेको ५९ आदिबासी जनजातीमा माझी पनि रहेको छ । खोला तथा नदी किनारमा बसोबास गर्ने यो जाती माछा मार्ने, डुङ्गा चलाएर जिविकोपार्जन गर्ने जातीको रुपमा चिनिएका छन् ।

यो जातीको आफ्नै भाषा, धर्म, संस्कार संस्कृति, भेषभुषा, रहनसहन र सामाजिक परम्परा रहेको अध्यक्ष माझीले बताइन् । २०७८ सालको जनगणना अनुसार नेपालमा माझीको जनसंख्या १ लाख ११ हजार ३५२ रहेको छ । माझीहरुले हिन्दुहरुको सिको गरेर दशैँ तिहार लगायतका चाडपर्व समेत मनाउने गरेको उनले बताइन् ।

ऐतिहासिक महत्वको हिसावले लदी माझीहरुमो प्रमुख चाड भएको जानकारी दिइएको छ । स्थानीय रुपमा जहाँ जुन खोला नदी छ त्यसलाई पुजा गरेर चाडको रुपमा मनाउने गरेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । माझीहरुको साझा संस्था नेपाल माझी उत्थान संघको २०६५ साल माघ २८ गतेको केन्द्रीय समितिको बैठकले यसलाई राष्ट्रिय चाड घोषण गरेको हो ।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

२४ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसी मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रत...
बागमतीमा मन्त्रालयको संख्या आठ कायम

बागमतीमा मन्त्रालयको संख्या आठ कायम

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने महत्त्वपूर्ण निर्णय गरेको छ। मंगलबार हेटौँडामा बसेको मन्त्रिपर...
टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

२३ वैशाख, हेटौँडा । सर्लाहीको बागमती युथ क्लब मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...
चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

२२ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीक...
विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो घर तथा कार्यालयमा भएको छापामारीप्रति आपत्ति जनाउँदै ...
मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा ...
बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

२० वैशाख, हेटौँडा । बागमती गोल्डकप स् साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ सेमिफाइनलमा मकवानपुरको बागमती गाउँपालिकामा जारी ...
बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

१९ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसीले मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...