
गायिका रिया खत्रीको ‘कोशेली’ म्युजिक भिडियो सार्वजनिक
१६ भदौ, हेटौँडा । उदाउँदो गायिका तथा मोडल रिया खत्रीको नयाँ एकल म्युजिक भिडियो ‘कोशेली मलाई त केरा चाहिन्छ’ सोमबार सार्वजनिक भएको छ । गीतमा गायिका खत्री र कलाकार विश्वास नेपालको स्वर रहेको छ भने, शब्द राजेश नेपाल बबिन र संगीत विश्वास नेपालकै रहेको हो । भिडियोको निर्देशन चर्चित निर्देशक प्रकाश भट्टले गरेका छन् ।
सार्वजनिक गरिएको भिडियोमा मोडल लोमस शर्मा र गायिका रिया खत्रीले उत्कृष्ट अभिनय प्रस्तुत गरेका छन् । भिडियोबारे निर्देशक भट्ट र गायक नेपालले यसलाई “आशा लाग्दो म्युजिक भिडियो” भएको बताएका छन् । निर्देशक भट्टले दर्शकलाई भिडियो हेरेर प्रतिक्रिया दिन आग्रह गरेका छन् ।
रिया खत्रीले भने गीत सार्वजनिक भएकोमा खुशी व्यक्त गर्दै दर्शक–स्रोताप्रति आभार प्रकट गरेकी छिन् । उनले आफ्नो प्रस्तुति मन पराइदिन आग्रह गर्दै कलाकारितामै भविष्य जोडिएको बताएकी छन्। उनको आधिकारिक युट्युब च्यानलले ६ महिनामै...