मनोरञ्जन

हेटौँडामा दोस्रो राष्ट्रिय निर्माण तथा व्यापार महोत्सव २०८१ सुरु

हेटौँडामा दोस्रो राष्ट्रिय निर्माण तथा व्यापार महोत्सव २०८१ सुरु

Breaking News 2, अर्थ, मनोरञ्जन, समाचार
६ फागुन, हेटौँडा । निर्माण व्यवसायी संघ मकवानपुरको आयोजनामा हेटौँडामा ‘दोस्रो राष्ट्रिय निर्माण तथा व्यापार महोत्सव २०८१’ सुरु भएको छ । महोत्सवको नेपाल सरकारका गृहमन्त्री रमेश लेखकले मंगलबार उद्घाटन गरेका हुन् । उक्त अवसरमा गृहमन्त्री लेखकले मुलुकको विकास निर्माणमा निर्माण व्यवसायीहरूको भूमिका महत्त्वपूर्ण रहेको बताए। उनले निर्माण कार्य गुणस्तरीय र समयमै सम्पन्न गर्नेतर्फ ध्यान दिन व्यवसायीहरूलाई आग्रह पनि गरे । सरकारले निर्माण व्यवसायीहरूको बक्यौता भुक्तानी प्रक्रिया अघि बढाइसकेको र बाँकी रकम समेत शीघ्र प्रदान गरिने उनले प्रतिबद्धता जनाए। निर्माण क्षेत्रलाई कुनै पनि प्रकारको दबाब र प्रभावबाट जोगाउन सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो । १८ फागुनसम्म चल्ने महोत्सव निर्माणको क्षेत्रमा प्रयोगमा आएका अत्याधुनिक उपकरण र निर्माण सामग्रीहरुको प्रदर्शनी तथा बिक्री गरिने मुख्य उद्देश्य रह...
मंगलवारदेखि हुने निर्माण महोत्सवको तयारी पूरा

मंगलवारदेखि हुने निर्माण महोत्सवको तयारी पूरा

Breaking News 2, अर्थ, मनोरञ्जन, समाचार, हेटौँडा
५ फागुन, हेटौंडा । निर्माण व्यवसायी संघ मकवानपुरको आयोजनामा हुन लागेको ‘दोस्रो राष्ट्रिय निर्माण तथा व्यापार महोत्सव २०८१’ को सम्पूर्ण तयारी पूरा भएको छ । महोत्सव उद्घाटनको अघिल्लो दिन सोमबार आयोजकले पत्रकार सम्मेलन गर्दै भोली मंगलबारदेखि १८ गतेसम्म हेटौंडा–१० स्थित टिसिएन चौरमा हुने महोत्सवको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो । स्टल र स्टेज निर्माण, टिकटघर लगायतका पूर्वाधारको तयारी अन्तिम चरणमा रहेको संघका अध्यक्ष बालगोपल कँडेलले जानकारी दिए । महोत्सवको उद्घाटन गृहमन्त्री रमेश लेखकले गर्ने कार्यक्रम तय भएको छ । मंगलबार बिहान १०ः३० बजे हुप्रचौरबाट पारिजातपथ, बुद्धचोक हुँदै टिसिएन चौरसम्म शोभायात्रा समेत गरिने आयोजकले जनाएको छ । महोत्सवको दोस्रो दिन फागुन ७ गतेदेखि हरेक दिन हेटौंडा आईडलको प्रतियोगिता, राष्ट्रिय एवम् स्थानीय कलाकारहरुको प्रस्तुति रहनेछ । हेटौंडा आईडलमा प्रारम्भिक...
बालेनको गीतले युट्युबमा बनायो नयाँ रेकर्ड

बालेनको गीतले युट्युबमा बनायो नयाँ रेकर्ड

Breaking News 2, ट्रेन्डिङ, मनोरञ्जन, समाचार
३ फागुन, हेटौंडा । चलचित्र ‘लाज शरणम्’ को गीतले नयाँ रेकर्ड बनाएको छ । युट्युबमा यो गीतले रेकर्ड बनाएको हो । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले गाएको गीत सार्वजनिक भएको केही घण्टामै युट्युब ट्रेन्डिङमा प्रवेश गरेको थियो । युट्युब ट्रेन्डिङमा सबैभन्दा चाँडो एक नम्बरमा आउने गीतको रेकर्ड यो गीतले बनाएको छ । २४ घण्टा नपुग्दै ‘नेपाल हाँसेको’ बोलको गीत युट्युबको म्युजिक सेक्सनको ट्रेन्डिङको एक नम्बरमा पुग्ने चलचित्रको पहिलो गीत बनेको छ । भ्युज पनि यो गीतले उल्लेख्य पाएको छ । गीत नेपालबाहेक अस्ट्रेलिया, संयुक्त अरब इमिरेट्स, कतार, माल्टा र कुवेत गरी अन्य पाँच देशको युट्युब ट्रेन्डिङमा समेत रहेको छ । गीतमा बालेनको शब्द, सङ्गीत, स्वर र र्‍याप छ । गीतले विकसित नेपालको परिकल्पना गर्दै अहिलेको यथार्थ चित्रण गरिएको छ । कोरसमा सारा खड्गी, मानुसी पौडेल, कृषा खड्कालगायतको स्वर छ । बालेन मेयर भए...
क्याप्टेन वेद उप्रेतीको ‘पायलट प्रेम’

क्याप्टेन वेद उप्रेतीको ‘पायलट प्रेम’

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, भीमफेदी, मनोरञ्जन, शिक्षा, समाचार
महेन्द्रनगर–क्याप्टेन वेद उप्रेतीले फेरी नयाँ पुस्तक ‘पायलट प्रेम’ बजारमा ल्याएका छन । बिहीबार क्याप्टेन उप्रेतीले महेन्द्रनगर म्यूजियममा एक कार्यक्रमका विच पाईलट जिवनमा आधारीत पुुस्तक ‘पायलट प्रेम’ बिनोचन गरेका हुन् । कोरोना महामारीका बेला ईण्डोनेसियामा हुदा पाईलटको जिवनमा आधारित उपन्यास ‘पायलट प्रेम’ रचना गरिएको क्याप्टेन उप्रेतीले बताउनुभयो । उपन्यासमा विद्यार्थी जीवनबाट पायलट पेषामा कसरी आकर्षक हुन्छन् ?, अनि पायलट बन्न केके गर्नुपर्छ ? नेपालको परिपेक्षमा कति पढ्नुपर्छ ? खास गरी पायलट जिवनमा आउने चुनौती र सम्भावना लगायतका विषयको खुल्दुली मेटाउन साहित्यिक भाषामा चित्रण गरीएको उहाँले उल्लेख गर्नुभयो ।   सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा हेमराज पन्तले पुस्तक बिमोचन गर्दै क्याप्टेन उप्रेतीमा भएको बिलक्षण प्रतिभाको उपज नयाँ पुस्तक ‘पायलट प्रेम’ बजारमा आएको बताउनुभयो...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज