३ फागुन, हेटौंडा । चलचित्र ‘लाज शरणम्’ को गीतले नयाँ रेकर्ड बनाएको छ । युट्युबमा यो गीतले रेकर्ड बनाएको हो ।
काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले गाएको गीत सार्वजनिक भएको केही घण्टामै युट्युब ट्रेन्डिङमा प्रवेश गरेको थियो । युट्युब ट्रेन्डिङमा सबैभन्दा चाँडो एक नम्बरमा आउने गीतको रेकर्ड यो गीतले बनाएको छ ।
२४ घण्टा नपुग्दै ‘नेपाल हाँसेको’ बोलको गीत युट्युबको म्युजिक सेक्सनको ट्रेन्डिङको एक नम्बरमा पुग्ने चलचित्रको पहिलो गीत बनेको छ । भ्युज पनि यो गीतले उल्लेख्य पाएको छ ।
गीत नेपालबाहेक अस्ट्रेलिया, संयुक्त अरब इमिरेट्स, कतार, माल्टा र कुवेत गरी अन्य पाँच देशको युट्युब ट्रेन्डिङमा समेत रहेको छ । गीतमा बालेनको शब्द, सङ्गीत, स्वर र र्याप छ ।
गीतले विकसित नेपालको परिकल्पना गर्दै अहिलेको यथार्थ चित्रण गरिएको छ । कोरसमा सारा खड्गी, मानुसी पौडेल, कृषा खड्कालगायतको स्वर छ ।
बालेन मेयर भएपछि उनले गाएको गीत पहिलो पटक बजारमा आएको हो । चलचित्र हाँस्य टेलिशृङ्खला ‘सक्किगोनि’ को टिमले बनाएको हो ।
चलचित्रको मुख्य भूमिकामा सीताराम कट्टेल ‘धुर्मुस’ रहनुभएको छ भने चलचित्रलाई कुमार कट्टेलले निर्देशन गरेका छन् ।
Hetauda Live ले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।