मनोरञ्जन

आजबाट मनहरीमा खेलकुद तथा व्यापार महोत्सव हुँदै

आजबाट मनहरीमा खेलकुद तथा व्यापार महोत्सव हुँदै

अर्थ, खेलकुद, ताजा अपडेट, मनहरी, मनोरञ्जन, समाचार
२१ फागुन, हेटौँडा । मकवानपुरको मनहरी गाउँपालिकामा भोली बुधबारदेखि खेलकुद तथा व्यापार महोत्सव सुरु हुँदैछ । मनहरी गाउँपालिका खेलकुद विकास समितिको आयोजना, एभरेष्ट इभेन्ट म्यानेजमेन्टको व्यवस्थापन तथा मनहरी गाउँपालिका कार्यालयको संरक्षकत्वमा पहिलो पटक खेलकुद तथा व्यापार महोत्सवको आयोजना हुन लागेको हो । महोत्सवको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जानकारी दिएको छ । मनहरी गाउँपालिका ७ र ८ नम्बर वडाको खेल मैदानमा खेलकुदका प्रतियोगिता हुनेछ भने सिमपानी खेल मैदानमा महोत्सव सञ्चालन हुनेछ । चैत्र ४ गतेसम्म सञ्चालन हुने महोत्सवको सबै तयारी पूरा भएको खेलकुद विकास समिति मनहरीका अध्यक्ष विरु लामाले जानकारी दिए । खेलकुद महोत्सवमा फुटबल, भलिबल, क्रिकेट, ब्याड्मिन्टन र एथ्लेटिक्स अन्तर्गतको खेलको प्रतिस्पर्धा हुनेछ । फुटबल, क्रिकेट र एथ्लेटिक्स क्षेत्रीय रंगशाला मनहरी ७ मा हुनेछ भने भलिबल गणेशधारा खेल ...
मानसिक स्वास्थ्यका लागि २४ गते ‘म्युजिक फर कज’

मानसिक स्वास्थ्यका लागि २४ गते ‘म्युजिक फर कज’

ताजा अपडेट, मनोरञ्जन, समाचार, हेटौँडा
२० फागुन, हेटौँडा । मानसिक स्वास्थ्यका विषयमा सचेतना फैलाउँदै संगीतको माध्यमबाट स्रोताहरुलाई आनन्दित बनाउन हेटौंडामा ‘म्युजिक फर कज’ कार्यक्रमको आयोजना हुने भएको छ । यही फागुन २४ गते शनिबार हेटौंडा ५ स्थित पिप्ले–क्याम्पा रंगशालामा कार्यक्रमको आयोजना गर्न लागिएको हो । मिस्टर नेपाल २०२४ का सेकेन्ड रनरअप भएका मकवानपुरका आयुष बम्जनको अगुवाईमा कार्यक्रम हुन लागेको हो । कार्यक्रममा एकसय जना बाद्यवाधकले सामुहिक रुपमा आफ्नो प्रश्तुती दिनेछन् । ‘हामीले मेन्टल हेल्थ अवार्नेसका लागि म्युजिक फर कज कार्यक्रमको आयोजना गर्न लागेका हौं’, बम्जनले भने, ‘यस कार्यक्रमको माध्यमबाट हेटौंडाको नामलाई थप परिचित बनाउनुका साथै सामाजिक कार्य गर्ने हाम्रो उद्देश्य हो ।’ गीत संगीतले सबैलाई राम्रो हुने भएकोले मानसिक स्वास्थ्यको विषयमा सचेतना फैलाउन यो कार्यक्रम गरिएको उनले बताए । कार्यक्रमबाट पैसा कमाउने उद्देश्य...
विभेद र विकृति हटाउन कलाको प्रवर्द्वन महत्वपूर्णः वडा अध्यक्ष सिग्देल

विभेद र विकृति हटाउन कलाको प्रवर्द्वन महत्वपूर्णः वडा अध्यक्ष सिग्देल

ताजा अपडेट, मनोरञ्जन, शिक्षा, समाचार, हेटौँडा
१८ फागुन, हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ का अध्यक्ष नवीन सिग्देलले कला र साँस्कृतिकको प्रवर्द्वनबाट समाजमा रहेको विभेद र विकृति हटाउन सकिने बताएका छन् । ४ नम्बर वडा कार्यालयको आयोजना र झलझली मल्टिक्रियसन म्युजिक स्टुडियोको व्यवस्थापनमा शुरू भएको सामाजिक रूपान्तरणको लागि सचेतनामूलक उपमहानगरस्तरीय प्रथम सडक नाटक प्रतियोगिताको उद्घाटन गर्दै उनले कला र साँस्कृतिकको माध्यमबाट पनि समाजमा चेतना फैलाउन सकिने बताए । वडा अध्यक्ष सिग्देलले विध्यालयबाट नै विध्यार्थीहरूलाई कला र साँस्कृतिसंग जोड्न सके दक्ष र उकृष्ट कलाकारको समेत उत्पादन गर्न सकिने र समाजमा विध्यमान विकृति, विसंगति, कुरिति, कुसंस्कार अन्धविश्वास, मानवीय हिँसालाई हटाउन सकिने दावी गरे । पहिलो प्रतियोगितामा ज्ञानोदय बालबाटिका आवासिय मावि हेटौँडा–५ का समूहले महिला हिँसा विरूद्व सचेतनामूलक ‘रक्ताम्मे मेरो शरीर’ नामक नाटक र १...
माझी समुदायको लदी पर्व २० गते मकवानपुरमा पनि मनाइने

माझी समुदायको लदी पर्व २० गते मकवानपुरमा पनि मनाइने

Breaking News 1, ताजा अपडेट, बकैया, बागमती प्रदेश, मनोरञ्जन, समाचार
१८ फागुन, हेटौँडा । नेपाल माझी उत्थान संघको आयोजनामा यही फागुन २० गते मकवानपुरको बकैया गाउँपालिकामा लदी पर्व मनाइने भएको छ । २० गते विहान ११ बजेदेखि बकैयाको ६ नम्बर वडास्थित जुइनामा बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाको प्रमुख आतिथ्यतामा लदी पर्व मनाउन लागिएको आयोजकले जानकारी दिएको छ । लदी पर्वको कार्यक्रमको तयारीलाई तीव्र पारिएको आयोजकले जनाएको छ । लदीको अवसरमा देशैभरीका माझी समुदायले नजिकका नदी खोलामा गएर भव्य रुपले नदीखोलाको पुजा गर्ने गर्दछन् । माझीहरुको सघन बस्ती भएका स्थानीय तहहरुले सार्वजनिक विदा समेत दिने गरेका छन् । बागमती प्रदेश सरकारले समेत गत बर्ष र यो वर्ष पनि माझी समुदायहरुलाई सार्वजनिक विदा दिने घोषण गरिसकेको छ । नेपाल माझी उत्थान संघ केन्द्रीय समितिको आयोजनामा बकैया ६ मा लदी पर्व मनाउन लागिएको केन्द्रीय अध्यक्ष चिनीमाया माझीले जानकारी दिइन् । नेपाल सरकारले सू...
भीम विराग प्रतिष्ठानद्वारा हेटौंडामा विभिन्न बिधाका ११ जना सम्मानित

भीम विराग प्रतिष्ठानद्वारा हेटौंडामा विभिन्न बिधाका ११ जना सम्मानित

Breaking News 1, ताजा अपडेट, मनोरञ्जन, समाचार
१८ फागुन, हेटौंडा । भीम विराग संगीत, साहित्य, कला प्रतिष्ठान मकवानपुरले शनिबार एउटा साहित्यिक कार्यक्रमबिच विभिन्न विधाका ११ जनालाई पुरस्कार र सम्मान प्रदान गरेको छ। प्रतिष्ठानले चारजनालाई साहित्य, संगीत, गायन र कलाकारिता बिधामा राष्ट्रिय पुरस्कार प्रदान गरेको छ भने ७ जनालाई विभिन्न बिधामा सम्मान समर्पण गरेको छ । भीम विराग राष्ट्रिय साहित्य पुरस्कारबाट काठमाडौंकी माया ठकुरी, भीम विराग राष्ट्रिय संगीत पुरस्कारबाट रुपन्देहीका गायक हेमन्त शर्मा, भीम विराग राष्ट्रिय कला पुरस्कारबाट मकवानपुरका कलाकार भोलाराज सापकोटा र भीम विराग राष्ट्रिय पत्रकारिता पुरस्कारबाट काठमाडौंका पत्रकार-साहित्यकार ठाकुर बेल्वासेलाई सम्मान गरेको छ । प्रत्येक विधाका पुरस्कृतलाई जनही २५ हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरिएको छ । यसैगरी, प्रतिष्ठानले १५ हजार राशिको तुलसीमाया–शिवकुमारी सिर्जनशील नारी सम्मानबाट म...
दुई दिने बकैया साहित्य महोत्सव शुक्रबारबाट शुरु

दुई दिने बकैया साहित्य महोत्सव शुक्रबारबाट शुरु

Breaking News 1, ताजा अपडेट, बकैया, मनोरञ्जन
१६ फागुन, हेटौँडा । झरना साहित्यिक परिवार मकवानपुरको ३२ औ वार्षिकोत्सव तथा ३१३ औँ साहित्य श्रृंखलाका अवसरमा बकैया कला साहित्य महोत्सव सुरु भएको छ । महोत्सव शुक्रबारबाट बकैया गाउँपालिकाको वडा नम्बर ५ कर्मचुली स्थित कर्म प्राप्ति माध्यमिक विद्यालयमा शुरु भएको हो । महोत्सव अन्तर्गत शुक्रबार बकैया गाउँपालिका भित्र रहेका विभिन्न विद्यालयका विद्यार्थीहरूको बीचमा कविता प्रतियोगिता, गायन तथा नृत्य प्रस्तुति, चित्रकला प्रदर्शनी लगायतका कार्यक्रमहरू सम्पन्न भएको झरनाका सचिव मसान उपासकले जानकारी दिए । दुई दिनसम्म चल्ने महोत्सव अन्तर्गत शनिवार स्रष्टा सम्मान, पत्रिका विमोचन, विभिन्न विधागत रचनावाचन, पालिका अध्यक्षसँग अन्तक्र्रिया तथा विशेष सांगीतिक तथा सांस्कृतिक प्रस्तुतिका कार्यक्रमहरु हुने उनले बताए । शुक्रबार भएको महोत्सव उद्घाटन कार्यक्रममा प्रमुख अतिथि गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर खत...
कैलाशमा मनाईयो मगर दिवस, पालिकाबाट वाद्यवाधनका सामाग्री प्रदान

कैलाशमा मनाईयो मगर दिवस, पालिकाबाट वाद्यवाधनका सामाग्री प्रदान

कैलास, ताजा अपडेट, मनोरञ्जन, समाचार
१५ फागुन, हेटौँडा । नेपाल मगर संघको ४३औं स्थापना दिवसको अवसरमा मकवानपुरको कैलाश गाउँपालिकामा विविध मगर सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । विहिबार नेपाल मगर संघ कैलाश गाउँ कार्य समितिले नेपाल मगर मजुवा गुठीको व्यवस्थापनमा कैलाश ६ मजुवामा साँस्कृतिक कार्यक्रम आयोजना गरेको हो । कार्यक्रम संघको गाउँ समितिका अध्यक्ष तुलराज दर्लामी मगरको अध्यक्षता तथा गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानको प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष मुक्तानले पालिका भित्र रहेका कला संस्कृति र परम्परालाई जोगाउनु स्थानीय सरकारको दायित्व रहेको बताए । मगर भाषा मात्रै नभइ अन्य जातीहरुकको आफ्नो भाषा संस्कृति पनि विस्तारै हराउँदै गएकोले त्यसतर्फ सबैको ध्यान जान जरुरी रहेको उनको भनाई थियो । वाद्यबाधक सामाग्री, भेषभुषा लगायत अन्य सामाग्री खरिदका लागि पालिकाबाट यसवर्ष तीनलाख बजेट स्वीकृत गरिएक...
भीम विराग प्रतिष्ठानले १७ फागुनमा ११ जनालाई सम्मान गर्ने

भीम विराग प्रतिष्ठानले १७ फागुनमा ११ जनालाई सम्मान गर्ने

Breaking News 2, ताजा अपडेट, मनोरञ्जन, समाचार
१४ फागुन, हेटौँडा । भीम विराग संगीत, साहित्य, कला प्रतिष्ठान मकवानपुरले विभिन्न विधाका ११ जना व्यक्तिलाई सम्मान गर्ने भएको छ । यहि १७ फागुनमा एक साहित्यिक कार्यक्रमकाबीच ४ वटा राष्ट्रिय र ७ वटा सम्मान प्रदान गरिने प्रतिष्ठानका अध्यापन केशवलाल श्रेष्ठ तौजलेले जानकारी दिए । अध्यक्ष श्रेष्ठका अनुसार उक्त अवसरमा पत्रकार, उद्यमी, संगीतकार, साहित्यकार, स्वास्थ्यकर्मी र विद्यार्थीलाई सम्मान गर्न लागिएको हो । प्रतिष्ठानले भीम विराग राष्ट्रिय साहित्य पुरस्कार–२०८१ बाट काठमाडौंकी माया ठकुरी, भीम विराग राष्ट्रिय संगीत पुरस्कार–२०८१ बाट रुपन्देहीका गायक हेमन्त शर्मा, भीम विराग राष्ट्रिय कला पुरस्कार–२०८१ बाट मकवानपुरका कलाकार भोलाराज सापकोटा, भीम विराग राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८१ बाट काठमाडौंका पत्रकाररसाहित्यकार ठाकुर बेल्वासेलाई सम्मान गर्ने भएको छ । प्रत्येक बिधाका पुरस्कृतलाई जनही नगद २५...
शान्तिटोलको सप्ताह ज्ञान महायज्ञमा २५ लाख बढी संकलन

शान्तिटोलको सप्ताह ज्ञान महायज्ञमा २५ लाख बढी संकलन

अर्थ, ताजा अपडेट, मनोरञ्जन, समाचार, हेटौँडा
१४ फागुन, हेटौडा । शान्तिटोल टोल विकास संस्था हेटौडा–६ शान्तिटोलद्वारा आयोजित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा बुधवार सम्म २५ लाख बढी रकम संकलन भएको छ । सप्ताहमा हेटौँडा ६ शान्तिटोल निवासी रविलाल गौतमबाट २६ हजार १२६ , सन्तोय प्रजा र सीता प्रजाबाट १५ हजार ५५५, प्रकाश ढुङ्गानाबाट १५ हजार ५५५, षडानन्द न्यौपानेबाट १५ हजार ५५५, बासुदेव सापकोटा र गोमा सापकोटाबाट १३ हजार १२५, भीमसेन पौडेलबाट ११ हजार १११, रामनाथ बास्तोला र धनकुमारी बास्तोलाबाट ११ हजार १०१, सिताराम भट्टराई बाट ११ हजार १५५, अरुण पराजुलीबाट १० हजार १११ दिपक बहादुर सिहबाट १० हजार ५ रुपैया रकम संकलन भएको महायज्ञका आर्थिक उपसमिति संयोजक उद्वव प्रसाद गौतमले बताए । हेटौडा– ६ मा रहेको विपी गणेशमान स्मृति शान्ति पार्कमा राधाकृष्ण मन्दिर र ज्येष्ठ नागरिक मिलन केन्द्र बनाउने पवित्र उद्वेश्यका साथ लगाईएको सप्ताह ज्ञान महायज्ञ १५ गतेसम...
झरनाले बकैया कला साहित्य महोत्वसका अवसरमा ११ जनालाई सम्मान गर्ने

झरनाले बकैया कला साहित्य महोत्वसका अवसरमा ११ जनालाई सम्मान गर्ने

Breaking News 2, ताजा अपडेट, बकैया, मनोरञ्जन, समाचार
१० फागुन, हेटौँडा । मकवानपुरको बकैयामा क्रियाशिल अग्रणी साहित्यिक संस्था झरना साहित्यिक परिवार मकवानपुरले ३१३ औं साहित्य ऋंखला एवं ३२ औं वार्षिक उत्सवका अवसरमा अयोजना हुने बकैया कला साहित्य महोत्वस २०८१ मा विभिन्न विद्याका १० जना स्रष्टासहित ११ जनालाई सम्मान गर्ने भएको छ । झरनाका अध्यक्ष विश्वनाथ सन्जेलले फागुन १६ र १७ गते दुई दिन चल्ने साहित्य महोत्सवका अवसरमा विभिन्न कार्यक्रमसँगै सम्मान समर्पण कार्यक्रम गर्ने जानकारी दिए । उनका अनुसार महोत्सवमा चित्रकला प्रदर्शनी, पत्रिका विमोचन, विभिन्न जातजातिका नृत्य, बकैयाको काव्य महक, समकालीन गजल मुक्तक उत्सव, पालिका अध्यक्षलाई १० प्रश्न, समकालीन काव्य उत्सव, सम्मानित स्रष्टाको रचना वाचन र नवसर्जक रचना वाचन लगाएतका कार्यक्रम गरिने छ । झरनाका सचिव मसान उपासकले यसवर्ष एकजना पत्रकारसहित साहित्य तथा कला क्षेत्रमा योगदान पु¥याएका ११ जना व्यक्तित्व...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज