मानसिक स्वास्थ्यका लागि २४ गते ‘म्युजिक फर कज’

२० फागुन, हेटौँडा । मानसिक स्वास्थ्यका विषयमा सचेतना फैलाउँदै संगीतको माध्यमबाट स्रोताहरुलाई आनन्दित बनाउन हेटौंडामा ‘म्युजिक फर कज’ कार्यक्रमको आयोजना हुने भएको छ । यही फागुन २४ गते शनिबार हेटौंडा ५ स्थित पिप्ले–क्याम्पा रंगशालामा कार्यक्रमको आयोजना गर्न लागिएको हो । मिस्टर नेपाल २०२४ का सेकेन्ड रनरअप भएका मकवानपुरका आयुष बम्जनको अगुवाईमा कार्यक्रम हुन लागेको हो ।

कार्यक्रममा एकसय जना बाद्यवाधकले सामुहिक रुपमा आफ्नो प्रश्तुती दिनेछन् । ‘हामीले मेन्टल हेल्थ अवार्नेसका लागि म्युजिक फर कज कार्यक्रमको आयोजना गर्न लागेका हौं’, बम्जनले भने, ‘यस कार्यक्रमको माध्यमबाट हेटौंडाको नामलाई थप परिचित बनाउनुका साथै सामाजिक कार्य गर्ने हाम्रो उद्देश्य हो ।’ गीत संगीतले सबैलाई राम्रो हुने भएकोले मानसिक स्वास्थ्यको विषयमा सचेतना फैलाउन यो कार्यक्रम गरिएको उनले बताए ।

कार्यक्रमबाट पैसा कमाउने उद्देश्य नरहेको प्रष्ट पार्दै उनले बचेको रकम हेटौंडा १५ मा रहेको बृद्धाश्रमलाई सहयोग गरिने जानकारी दिए । कार्यक्रममा सहभागी हुने बाद्यवाधक सँग नै २ सयका दरले रकम संकलन गरिएको छ । हेटौंडा बाहिरबाट समेत १८ जना बाद्यबाधक कार्यक्रममा सहभागी हुन आउनेछन् ।

‘यो कार्यक्रमको परिकल्पना म आफैंले गरेको हुँ । कार्यक्रममा प्रश्तुती दिने बाद्यबाधक सँग नै २ सयका दरले रकम संकलन गर्दैछौं । वहाँहरुलाई थप उत्तरदायी बनाउनका लागि यसो गरेका हौं’, बम्जनले थपे, ‘यसमा हामीलाई विभिन्न व्यक्तिसहित हेटौंडा उपमहानगरपालिकाले पनि केही सहयोग गरेको छ ।’

कार्यक्रममा सहभागी हुन चाहनेका लागि निशुल्क प्रवेशको व्यवस्था रहेको आयोजकले जानकारी दिएको छ । आयोजक टिममा सामुयल भोलन, निश्चल मानन्धर लगायत रहेका छन् ।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

२४ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसी मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रत...
बागमतीमा मन्त्रालयको संख्या आठ कायम

बागमतीमा मन्त्रालयको संख्या आठ कायम

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने महत्त्वपूर्ण निर्णय गरेको छ। मंगलबार हेटौँडामा बसेको मन्त्रिपर...
टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

२३ वैशाख, हेटौँडा । सर्लाहीको बागमती युथ क्लब मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...
चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

२२ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीक...
विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो घर तथा कार्यालयमा भएको छापामारीप्रति आपत्ति जनाउँदै ...
मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा ...
बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

२० वैशाख, हेटौँडा । बागमती गोल्डकप स् साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ सेमिफाइनलमा मकवानपुरको बागमती गाउँपालिकामा जारी ...
बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

१९ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसीले मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...