मानसिक स्वास्थ्यका लागि २४ गते ‘म्युजिक फर कज’

२० फागुन, हेटौँडा । मानसिक स्वास्थ्यका विषयमा सचेतना फैलाउँदै संगीतको माध्यमबाट स्रोताहरुलाई आनन्दित बनाउन हेटौंडामा ‘म्युजिक फर कज’ कार्यक्रमको आयोजना हुने भएको छ । यही फागुन २४ गते शनिबार हेटौंडा ५ स्थित पिप्ले–क्याम्पा रंगशालामा कार्यक्रमको आयोजना गर्न लागिएको हो । मिस्टर नेपाल २०२४ का सेकेन्ड रनरअप भएका मकवानपुरका आयुष बम्जनको अगुवाईमा कार्यक्रम हुन लागेको हो ।

कार्यक्रममा एकसय जना बाद्यवाधकले सामुहिक रुपमा आफ्नो प्रश्तुती दिनेछन् । ‘हामीले मेन्टल हेल्थ अवार्नेसका लागि म्युजिक फर कज कार्यक्रमको आयोजना गर्न लागेका हौं’, बम्जनले भने, ‘यस कार्यक्रमको माध्यमबाट हेटौंडाको नामलाई थप परिचित बनाउनुका साथै सामाजिक कार्य गर्ने हाम्रो उद्देश्य हो ।’ गीत संगीतले सबैलाई राम्रो हुने भएकोले मानसिक स्वास्थ्यको विषयमा सचेतना फैलाउन यो कार्यक्रम गरिएको उनले बताए ।

कार्यक्रमबाट पैसा कमाउने उद्देश्य नरहेको प्रष्ट पार्दै उनले बचेको रकम हेटौंडा १५ मा रहेको बृद्धाश्रमलाई सहयोग गरिने जानकारी दिए । कार्यक्रममा सहभागी हुने बाद्यवाधक सँग नै २ सयका दरले रकम संकलन गरिएको छ । हेटौंडा बाहिरबाट समेत १८ जना बाद्यबाधक कार्यक्रममा सहभागी हुन आउनेछन् ।

‘यो कार्यक्रमको परिकल्पना म आफैंले गरेको हुँ । कार्यक्रममा प्रश्तुती दिने बाद्यबाधक सँग नै २ सयका दरले रकम संकलन गर्दैछौं । वहाँहरुलाई थप उत्तरदायी बनाउनका लागि यसो गरेका हौं’, बम्जनले थपे, ‘यसमा हामीलाई विभिन्न व्यक्तिसहित हेटौंडा उपमहानगरपालिकाले पनि केही सहयोग गरेको छ ।’

कार्यक्रममा सहभागी हुन चाहनेका लागि निशुल्क प्रवेशको व्यवस्था रहेको आयोजकले जानकारी दिएको छ । आयोजक टिममा सामुयल भोलन, निश्चल मानन्धर लगायत रहेका छन् ।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

मकवानपुरमा लागुऔषधसहित चार दिनमा १३ जना पक्राउ

मकवानपुरमा लागुऔषधसहित चार दिनमा १३ जना पक्राउ

१८ जेठ, हेटौँडा । मकवानपुर प्रहरीले चार दिनको अवधिमा विभिन्न स्थानबाट १३ जनालाई लागुऔषधसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्याल...
प्रधानमन्त्री शाहको अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभामा चर्को विरोध, राजीनामाको माग

प्रधानमन्त्री शाहको अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभामा चर्को विरोध, राजीनामाको माग

१८ जेठ, हेटौँडा । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा सीमा विवादका विषयमा दिएको पछिल्लो अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभ...
गौरीटार अन्तर्राष्ट्रिय क्रिकेट मैदानको उद्घाटन

गौरीटार अन्तर्राष्ट्रिय क्रिकेट मैदानको उद्घाटन

१७ जेड, हेटौँडा । हेटौँडाको गौरीटारमा निर्माण सम्पन्न भएको अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान आइतबार औपचारिक रूपमा उद्घाटन गरिएको...
११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

७ जेठ, हेटौँडा । बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको बजेट अधिवेशन जेठ ११ गते सोमबारका लागि आह्वान गर्न लागि प्...
२४ वैशाखमा बागमती प्रदेशभर सार्वजनिक बिदा

२४ वैशाखमा बागमती प्रदेशभर सार्वजनिक बिदा

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले ‘भाषा दिवस’का अवसरमा वैशाख २४ गते बिहीबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । ...
मुख्यमन्त्री बानियाँविरुद्ध कदमप्रतिको कांग्रेस मकवानपुरको आपत्ति

मुख्यमन्त्री बानियाँविरुद्ध कदमप्रतिको कांग्रेस मकवानपुरको आपत्ति

२१ वैशाख, हेटौँडा । नेपाली कांग्रेस मकवानपुर ले बागमती प्रदेशका सभापति तथा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ विरुद्ध...
सुकुमवासी तथा अव्यवस्थित बसोबासीको प्रदर्शन

सुकुमवासी तथा अव्यवस्थित बसोबासीको प्रदर्शन

२१ वैशाख, हेटौँडा । संघीय सरकारले अतिक्रमित बस्ती खाली गर्ने तयारी थालेपछि मकवानपुरमा भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीहरू ...
टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

२१ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगितामा ललितपुरको फ्रे...