मकवानपुरमा परम्परागत रुपमा मनाइयो लदी पर्व (कोशी पुजा)
२० फागुन, हेटौँडा । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ६ जुईनामा माझी समुदायले यस वर्षको लदी पर्व (कोशी पुजा) परम्परागत रुपमा मनाएका छन् । उनीहरुले बागमती नदी किनारमा सामूहिक पूजा, परम्परागत गीत–संगीत, भोज तथा धार्मिक अनुष्ठानसहित पर्व मनाएका हुन् ।
परम्परागत भेषभूषामा सजिएर बागमती नदी किनारमा उपस्थित भएका माझी महिला, पुरुष र बालबालिकाहरूले नदीको पुजाअर्चना गरी परम्परागत संस्कृतिअनुसार धार्मिक विधिहरू पूरा गरेका थिए ।
उक्त अवसरमा समुदायका ज्येष्ठ सदस्यहरूले नदी पुजा गर्दै खोला, डुंगा र माछापालनसँग जोडिएको आफ्नो पहिचान र संस्कृतिको महत्वलाई स्मरण गराएका थिए । यस वर्ष पनि बागमती प्रदेश सरकारले माझी समुदायको चाड लदी पर्वको अवसरमा समूदायका लागि सार्वजनिक बिदा दिएको थियो ।
कार्यक्रममा बागमती प्रदेशमा मुख्यमन्त्री बहादुर सिंह लामा तामाङको समेत उपस्थिति रहेको थियो । नेपाल माझी उत्थान ...

















