२० फागुन, हेटौँडा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा मकवानपुरको मनहरी आउने भएका छन् । नेपाली कांग्रेस मनहरी गाउँपालिका समितिको आयोजनामा हुने क्रियाशील तथा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा सम्बोधन गर्न फागुन २२ गते बिहीबार महामन्त्री शर्मा मनहरी आउने भएका हुन् ।
मनहरी गाउँपालिकाका अगुवा तथा क्रियाशील कार्यकर्ता प्रशिक्षणका साथै पार्टीको वर्तमान गतिविधिका बारेमा छलफल हुने कार्यक्रममा नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँको पनि विशिष्ट आतिथ्यता रहने कांग्रेस मनहरी गाउँपालिका सभापति प्रकाश वर्तौलाले जानकारी दिए ।
कार्यक्रमकाबीच मनहरीका कांग्रेस अगुवा नेताहरुलाई सम्मान गर्ने कार्यक्रम पनि रहेको वर्तौलाले बताए । क्रियाशील भेलामा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि तथा पार्टीका नेतृत्वले गरिरहेका कामकारबाहीबारे पनि समीक्षा हुने बताइएको छ ।
Hetauda Live ले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।