हेटौंडा शहरका परिकल्पनाकार टोनी हेगनको अर्धकदको सालिक अनावरण

२० फागुन, हेटौँडा । हेटौंडा शहरका परिकल्पनाकार स्वीस नागरिक डा. टोनी हेगनको अर्धकदको सालिकको अनावरण गरिएको छ । हेटौंडा १० टिसिएनमा निर्मित टोनी हेगन पार्कमा निर्माण गरिएको डा. टोनी हेगनको अर्धकदको सालिकको मंगलबार हेगनकी छोरी डा. क्याट्रिन हेगन सहित हेटौंडा उपमहागनगरपालिकाकी नगरप्रमुख मीनाकुमारी लामा र पूर्व नगरप्रमुख हरिबहादुर महतले संयुक्त रुपमा अनावरण गरेका हुन् ।

सालिकको अनावरण गर्दै हेगनकी छोरी डा. क्याट्रिनले हेटौंडा उपमहानगरपालिका लगायत हेटौंडावासीप्रति आभार प्रकट गरिन् । उनले आफ्नो बाबु नेपाललाई माया गर्ने विदेशी भएको र नेपाललाई विश्वमै चिनाउने एक सच्चा नागरिक भएको उल्लेख गरिन् । नेपालको ग्रामीण क्षेत्रका जनताहरुको आर्थिक स्थितिमा विगतको भन्दा अहिले सुधार भएको उनको भनाई थियो ।

अनावरण कार्यक्रममा नगरप्रमुख लामाले डा। टोनी हेगनलाई पुस्तौंपुस्तासम्म चिनाउने उद्देश्यले उपमहानगरपालिकाले सहरको मध्यभागमा पार्क निर्माण गरेको बताइन् । पार्कको व्यवस्थापनमा उपमहानगर जिम्मेवार भएर लाग्ने उनको बताउनुभयो । नगर प्रमुख लामाले अन्र्तराष्ट्रिय जगतमै नेपाललाई चिनाउन आफुहरु लागिपरेको दावी गरिन् ।

कार्यक्रममा टोनी हेगन फाउण्डेसनका अध्यक्ष प्रमोदकुमार झाले टोनी हागनले नेपाललाई विश्वमा मात्र नभई नेपालीलाई नेपाल चिनाएको बताए । १ विगाहा ४ कठ्ठा साढे १७ धुर क्षेत्रफलमा पार्क निर्माण गरिएको पार्कमा फल्चा, ढुंगेधारा, अध्ययन केन्द्र, महिला एरोबिक स्थल, बालमैत्री पार्क, जेष्ठ नागरिकमैत्री स्थल, ब्याडमिन्टन कोर्ट निर्माण गरिँदै छ ।

हेटौंडा उपमहानगरपालिका लगायत विभिन्न संघसंस्थाहरुको सहयोगमा निर्माण भएको सालिक र पार्कको निर्माणमा हालसम्म २ करोड ९ लाख ८१ हजार रुपैयाँ खर्च भइसकेको बताइएको छ ।्रगतिको शुभकामना । भाई

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

मकवानपुरमा लागुऔषधसहित चार दिनमा १३ जना पक्राउ

मकवानपुरमा लागुऔषधसहित चार दिनमा १३ जना पक्राउ

१८ जेठ, हेटौँडा । मकवानपुर प्रहरीले चार दिनको अवधिमा विभिन्न स्थानबाट १३ जनालाई लागुऔषधसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्याल...
प्रधानमन्त्री शाहको अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभामा चर्को विरोध, राजीनामाको माग

प्रधानमन्त्री शाहको अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभामा चर्को विरोध, राजीनामाको माग

१८ जेठ, हेटौँडा । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा सीमा विवादका विषयमा दिएको पछिल्लो अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभ...
गौरीटार अन्तर्राष्ट्रिय क्रिकेट मैदानको उद्घाटन

गौरीटार अन्तर्राष्ट्रिय क्रिकेट मैदानको उद्घाटन

१७ जेड, हेटौँडा । हेटौँडाको गौरीटारमा निर्माण सम्पन्न भएको अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान आइतबार औपचारिक रूपमा उद्घाटन गरिएको...
११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

७ जेठ, हेटौँडा । बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको बजेट अधिवेशन जेठ ११ गते सोमबारका लागि आह्वान गर्न लागि प्...
२४ वैशाखमा बागमती प्रदेशभर सार्वजनिक बिदा

२४ वैशाखमा बागमती प्रदेशभर सार्वजनिक बिदा

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले ‘भाषा दिवस’का अवसरमा वैशाख २४ गते बिहीबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । ...
मुख्यमन्त्री बानियाँविरुद्ध कदमप्रतिको कांग्रेस मकवानपुरको आपत्ति

मुख्यमन्त्री बानियाँविरुद्ध कदमप्रतिको कांग्रेस मकवानपुरको आपत्ति

२१ वैशाख, हेटौँडा । नेपाली कांग्रेस मकवानपुर ले बागमती प्रदेशका सभापति तथा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ विरुद्ध...
सुकुमवासी तथा अव्यवस्थित बसोबासीको प्रदर्शन

सुकुमवासी तथा अव्यवस्थित बसोबासीको प्रदर्शन

२१ वैशाख, हेटौँडा । संघीय सरकारले अतिक्रमित बस्ती खाली गर्ने तयारी थालेपछि मकवानपुरमा भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीहरू ...
टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

२१ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगितामा ललितपुरको फ्रे...