२० फागुन, हेटौँडा । हेटौंडा शहरका परिकल्पनाकार स्वीस नागरिक डा. टोनी हेगनको अर्धकदको सालिकको अनावरण गरिएको छ । हेटौंडा १० टिसिएनमा निर्मित टोनी हेगन पार्कमा निर्माण गरिएको डा. टोनी हेगनको अर्धकदको सालिकको मंगलबार हेगनकी छोरी डा. क्याट्रिन हेगन सहित हेटौंडा उपमहागनगरपालिकाकी नगरप्रमुख मीनाकुमारी लामा र पूर्व नगरप्रमुख हरिबहादुर महतले संयुक्त रुपमा अनावरण गरेका हुन् ।
सालिकको अनावरण गर्दै हेगनकी छोरी डा. क्याट्रिनले हेटौंडा उपमहानगरपालिका लगायत हेटौंडावासीप्रति आभार प्रकट गरिन् । उनले आफ्नो बाबु नेपाललाई माया गर्ने विदेशी भएको र नेपाललाई विश्वमै चिनाउने एक सच्चा नागरिक भएको उल्लेख गरिन् । नेपालको ग्रामीण क्षेत्रका जनताहरुको आर्थिक स्थितिमा विगतको भन्दा अहिले सुधार भएको उनको भनाई थियो ।
अनावरण कार्यक्रममा नगरप्रमुख लामाले डा। टोनी हेगनलाई पुस्तौंपुस्तासम्म चिनाउने उद्देश्यले उपमहानगरपालिकाले सहरको मध्यभागमा पार्क निर्माण गरेको बताइन् । पार्कको व्यवस्थापनमा उपमहानगर जिम्मेवार भएर लाग्ने उनको बताउनुभयो । नगर प्रमुख लामाले अन्र्तराष्ट्रिय जगतमै नेपाललाई चिनाउन आफुहरु लागिपरेको दावी गरिन् ।
कार्यक्रममा टोनी हेगन फाउण्डेसनका अध्यक्ष प्रमोदकुमार झाले टोनी हागनले नेपाललाई विश्वमा मात्र नभई नेपालीलाई नेपाल चिनाएको बताए । १ विगाहा ४ कठ्ठा साढे १७ धुर क्षेत्रफलमा पार्क निर्माण गरिएको पार्कमा फल्चा, ढुंगेधारा, अध्ययन केन्द्र, महिला एरोबिक स्थल, बालमैत्री पार्क, जेष्ठ नागरिकमैत्री स्थल, ब्याडमिन्टन कोर्ट निर्माण गरिँदै छ ।
हेटौंडा उपमहानगरपालिका लगायत विभिन्न संघसंस्थाहरुको सहयोगमा निर्माण भएको सालिक र पार्कको निर्माणमा हालसम्म २ करोड ९ लाख ८१ हजार रुपैयाँ खर्च भइसकेको बताइएको छ ।्रगतिको शुभकामना । भाई
Hetauda Live ले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।