मकवानपुरमा परम्परागत रुपमा मनाइयो लदी पर्व (कोशी पुजा)

२० फागुन, हेटौँडा । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ६ जुईनामा माझी समुदायले यस वर्षको लदी पर्व (कोशी पुजा) परम्परागत रुपमा मनाएका छन् । उनीहरुले बागमती नदी किनारमा सामूहिक पूजा, परम्परागत गीत–संगीत, भोज तथा धार्मिक अनुष्ठानसहित पर्व मनाएका हुन् ।

परम्परागत भेषभूषामा सजिएर बागमती नदी किनारमा उपस्थित भएका माझी महिला, पुरुष र बालबालिकाहरूले नदीको पुजाअर्चना गरी परम्परागत संस्कृतिअनुसार धार्मिक विधिहरू पूरा गरेका थिए ।

उक्त अवसरमा समुदायका ज्येष्ठ सदस्यहरूले नदी पुजा गर्दै खोला, डुंगा र माछापालनसँग जोडिएको आफ्नो पहिचान र संस्कृतिको महत्वलाई स्मरण गराएका थिए । यस वर्ष पनि बागमती प्रदेश सरकारले माझी समुदायको चाड लदी पर्वको अवसरमा समूदायका लागि सार्वजनिक बिदा दिएको थियो ।

कार्यक्रममा बागमती प्रदेशमा मुख्यमन्त्री बहादुर सिंह लामा तामाङको समेत उपस्थिति रहेको थियो । नेपाल माझी उत्थान संघको आयोजनामा मनाइएको लदी पर्वका बारेमा जानकारी दिँदै केन्द्रीय अध्यक्ष चिनीमाया माझीले बिहान सबैजना सामूहिक रुपमा नदी कनारमा भेला भएर पराम्परागत रुपमा नदीको पूजा गरेको बताइन् ।

उक्त अवसरमा मुख्यमन्त्री लामाले समावेशी विकास र समुदायको उत्थान प्रदेश सरकारको प्राथमिकता रहेको बताए । उनले सरकार सबै समुदायको हितका लागि काम गरिरहेको र सबै सम्भावित विकल्पहरू प्रयोग गरिरहेको दावी गरे ।

‘हाम्रो कार्यालयमा पनि तपाईंहरूको प्रतिनिधित्व सुरक्षित गरिएको छ । तपाईंहरूको आवाजलाई सुन्ने र आवश्यक निर्णयहरू लिन हामी निरन्तर प्रयासरत छौँ, मुख्यमन्त्री लामाले भने, ‘विविध संस्कृतिको संरक्षण, परम्परागत पहिचानको प्रवद्र्धन, तथा सामाजिक सद्भावलाई सरकारको साझा उद्देश्यका रूपमा लिएका छौ ।’

मुख्यमन्त्री लामाले समावेशी विकासको बाटो पहिल्याउने सरकारको प्रतिबद्धतालाई दोहो¥याउँदै प्रदेश भित्र रहेका सबै समुदायको उत्थानका लागि दत्तचित्त भएर काम गर्ने र त्यसका लागि सबै समूदायको साथ, समर्थन, र सुझावहरू आवस्यक रहेको बताए ।

कार्यक्रमका वक्ताहरूले माझी समुदायको भाषा, संस्कृति, पेशागत पहिचान र अधिकार संरक्षण गर्न नीति निर्माण गर्नुपर्ने आवश्यकता औंल्याएका थिए । कार्यक्रममा सांस्कृतिक प्रस्तुति, परम्परागत नाचगान, पुराना संस्कृतिहरू झल्काउने प्रदर्शनी तथा माझी समुदायका अग्रजहरूलाई सम्मान गरिएको थियो ।

२०७८ सालको जनगणना अनुसार नेपालमा माझी समुदायका १ लाख ११ हजार ३५२ जना रहेका छन् । बागमती प्रदेशमा मात्रै ४१ हजार ६७१ माझीहरू रहेको तत्थ्यांक ट । जसमा मकवानपुरमा मात्रै ११ हजार ५३८ जना रहेका छन् ।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

मकवानपुरमा लागुऔषधसहित चार दिनमा १३ जना पक्राउ

मकवानपुरमा लागुऔषधसहित चार दिनमा १३ जना पक्राउ

१८ जेठ, हेटौँडा । मकवानपुर प्रहरीले चार दिनको अवधिमा विभिन्न स्थानबाट १३ जनालाई लागुऔषधसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्याल...
प्रधानमन्त्री शाहको अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभामा चर्को विरोध, राजीनामाको माग

प्रधानमन्त्री शाहको अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभामा चर्को विरोध, राजीनामाको माग

१८ जेठ, हेटौँडा । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा सीमा विवादका विषयमा दिएको पछिल्लो अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभ...
गौरीटार अन्तर्राष्ट्रिय क्रिकेट मैदानको उद्घाटन

गौरीटार अन्तर्राष्ट्रिय क्रिकेट मैदानको उद्घाटन

१७ जेड, हेटौँडा । हेटौँडाको गौरीटारमा निर्माण सम्पन्न भएको अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान आइतबार औपचारिक रूपमा उद्घाटन गरिएको...
११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

७ जेठ, हेटौँडा । बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको बजेट अधिवेशन जेठ ११ गते सोमबारका लागि आह्वान गर्न लागि प्...
२४ वैशाखमा बागमती प्रदेशभर सार्वजनिक बिदा

२४ वैशाखमा बागमती प्रदेशभर सार्वजनिक बिदा

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले ‘भाषा दिवस’का अवसरमा वैशाख २४ गते बिहीबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । ...
मुख्यमन्त्री बानियाँविरुद्ध कदमप्रतिको कांग्रेस मकवानपुरको आपत्ति

मुख्यमन्त्री बानियाँविरुद्ध कदमप्रतिको कांग्रेस मकवानपुरको आपत्ति

२१ वैशाख, हेटौँडा । नेपाली कांग्रेस मकवानपुर ले बागमती प्रदेशका सभापति तथा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ विरुद्ध...
सुकुमवासी तथा अव्यवस्थित बसोबासीको प्रदर्शन

सुकुमवासी तथा अव्यवस्थित बसोबासीको प्रदर्शन

२१ वैशाख, हेटौँडा । संघीय सरकारले अतिक्रमित बस्ती खाली गर्ने तयारी थालेपछि मकवानपुरमा भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीहरू ...
टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

२१ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगितामा ललितपुरको फ्रे...