मकवानपुरमा परम्परागत रुपमा मनाइयो लदी पर्व (कोशी पुजा)

२० फागुन, हेटौँडा । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ६ जुईनामा माझी समुदायले यस वर्षको लदी पर्व (कोशी पुजा) परम्परागत रुपमा मनाएका छन् । उनीहरुले बागमती नदी किनारमा सामूहिक पूजा, परम्परागत गीत–संगीत, भोज तथा धार्मिक अनुष्ठानसहित पर्व मनाएका हुन् ।

परम्परागत भेषभूषामा सजिएर बागमती नदी किनारमा उपस्थित भएका माझी महिला, पुरुष र बालबालिकाहरूले नदीको पुजाअर्चना गरी परम्परागत संस्कृतिअनुसार धार्मिक विधिहरू पूरा गरेका थिए ।

उक्त अवसरमा समुदायका ज्येष्ठ सदस्यहरूले नदी पुजा गर्दै खोला, डुंगा र माछापालनसँग जोडिएको आफ्नो पहिचान र संस्कृतिको महत्वलाई स्मरण गराएका थिए । यस वर्ष पनि बागमती प्रदेश सरकारले माझी समुदायको चाड लदी पर्वको अवसरमा समूदायका लागि सार्वजनिक बिदा दिएको थियो ।

कार्यक्रममा बागमती प्रदेशमा मुख्यमन्त्री बहादुर सिंह लामा तामाङको समेत उपस्थिति रहेको थियो । नेपाल माझी उत्थान संघको आयोजनामा मनाइएको लदी पर्वका बारेमा जानकारी दिँदै केन्द्रीय अध्यक्ष चिनीमाया माझीले बिहान सबैजना सामूहिक रुपमा नदी कनारमा भेला भएर पराम्परागत रुपमा नदीको पूजा गरेको बताइन् ।

उक्त अवसरमा मुख्यमन्त्री लामाले समावेशी विकास र समुदायको उत्थान प्रदेश सरकारको प्राथमिकता रहेको बताए । उनले सरकार सबै समुदायको हितका लागि काम गरिरहेको र सबै सम्भावित विकल्पहरू प्रयोग गरिरहेको दावी गरे ।

‘हाम्रो कार्यालयमा पनि तपाईंहरूको प्रतिनिधित्व सुरक्षित गरिएको छ । तपाईंहरूको आवाजलाई सुन्ने र आवश्यक निर्णयहरू लिन हामी निरन्तर प्रयासरत छौँ, मुख्यमन्त्री लामाले भने, ‘विविध संस्कृतिको संरक्षण, परम्परागत पहिचानको प्रवद्र्धन, तथा सामाजिक सद्भावलाई सरकारको साझा उद्देश्यका रूपमा लिएका छौ ।’

मुख्यमन्त्री लामाले समावेशी विकासको बाटो पहिल्याउने सरकारको प्रतिबद्धतालाई दोहो¥याउँदै प्रदेश भित्र रहेका सबै समुदायको उत्थानका लागि दत्तचित्त भएर काम गर्ने र त्यसका लागि सबै समूदायको साथ, समर्थन, र सुझावहरू आवस्यक रहेको बताए ।

कार्यक्रमका वक्ताहरूले माझी समुदायको भाषा, संस्कृति, पेशागत पहिचान र अधिकार संरक्षण गर्न नीति निर्माण गर्नुपर्ने आवश्यकता औंल्याएका थिए । कार्यक्रममा सांस्कृतिक प्रस्तुति, परम्परागत नाचगान, पुराना संस्कृतिहरू झल्काउने प्रदर्शनी तथा माझी समुदायका अग्रजहरूलाई सम्मान गरिएको थियो ।

२०७८ सालको जनगणना अनुसार नेपालमा माझी समुदायका १ लाख ११ हजार ३५२ जना रहेका छन् । बागमती प्रदेशमा मात्रै ४१ हजार ६७१ माझीहरू रहेको तत्थ्यांक ट । जसमा मकवानपुरमा मात्रै ११ हजार ५३८ जना रहेका छन् ।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

हेटौँडामा अबेर रातसम्म डान्स बार सञ्चालन गर्ने ४ जना पक्राउ

हेटौँडामा अबेर रातसम्म डान्स बार सञ्चालन गर्ने ४ जना पक्राउ

११ वैशाख, हेटौँडा । हेटौँडामा अबेर रातसम्म डान्स बार तथा दोहोरी साँझ सञ्चालन गरेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ।...
एडीबीसँग ११५ मिलियन डलर ऋण स्वीकार गर्नेसरकारको निर्णय

एडीबीसँग ११५ मिलियन डलर ऋण स्वीकार गर्नेसरकारको निर्णय

१० वैशाख, हेटौंडा । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न महत्त्वपूर्...
१० वर्षमा १५ हजार मेगावाट निर्यात लक्ष्य बनाउदै सरकार

१० वर्षमा १५ हजार मेगावाट निर्यात लक्ष्य बनाउदै सरकार

१० वैशाख, हेटौंडा । ऊर्जा क्षेत्रलाई आर्थिक रूपान्तरणको प्रमुख आधार बनाउने लक्ष्यसहित ‘ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति, २०...
भुटनदेवी माविमा कक्षा ११–१२ मा होटल म्यानेजमेन्ट र शिक्षा विषय थपिने

भुटनदेवी माविमा कक्षा ११–१२ मा होटल म्यानेजमेन्ट र शिक्षा विषय थपिने

६ वैशाख, हेटौँडा । हेटौंडा उपमहानगरपालिकाको पुरानो र उत्कृष्ट नतिजा हासिल गर्दै आएको भुटनदेवी माध्यमिक विद्यालयले कक्षा ११ र १२ मा...
विक्रम संवत् २०८३  नयाँ वर्ष  शुरु

विक्रम संवत् २०८३  नयाँ वर्ष  शुरु

१ वैशाख, हेटौँडा । आजदेखि नेपालमा विक्रम संवत् २०८३ को प्रारम्भ भएको छ । नेपालीहरूको परम्पराअनुसार, वैशाख १ गतेलाई नयाँ वर्षका रूप...
सरकारद्वारा वैशाख ७ सम्म ‘शून्य बाँकी फाइल अभियान’ घोषणा

सरकारद्वारा वैशाख ७ सम्म ‘शून्य बाँकी फाइल अभियान’ घोषणा

२८ चैत, हेटौँडा । सरकारी कार्यालयहरूमा थन्किएका फाइलहरूको चाप घटाउन र सेवा प्रवाहलाई छिटोछरितो बनाउन सरकारले ‘शून्य बाँकी फाइल अभि...
घरमै बसेर ‘ई–पेन्सन भेरिफिकेसन’, राज्यलाई वार्षिक १५ करोड बचत हुने

घरमै बसेर ‘ई–पेन्सन भेरिफिकेसन’, राज्यलाई वार्षिक १५ करोड बचत हुने

२८ चैत, हेटौँडा । नेपालको सार्वजनिक सेवा प्रवाहमा ऐतिहासिक परिवर्तन गर्दै सरकारले पेन्सनरहरूका लागि ‘ई(पेन्सन भेरिफिकेसन’ प्रणाली ...
बागमतीमा सार्वजनिक सवारीको नयाँ भाडादर लागू

बागमतीमा सार्वजनिक सवारीको नयाँ भाडादर लागू

२८ चैत, हेटौँडा । बागमती प्रदेश सरकारले सार्वजनिक सवारी साधनको नयाँ भाडादर लागू गरेको छ। प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालय...