विभेद र विकृति हटाउन कलाको प्रवर्द्वन महत्वपूर्णः वडा अध्यक्ष सिग्देल

१८ फागुन, हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ का अध्यक्ष नवीन सिग्देलले कला र साँस्कृतिकको प्रवर्द्वनबाट समाजमा रहेको विभेद र विकृति हटाउन सकिने बताएका छन् । ४ नम्बर वडा कार्यालयको आयोजना र झलझली मल्टिक्रियसन म्युजिक स्टुडियोको व्यवस्थापनमा शुरू भएको सामाजिक रूपान्तरणको लागि सचेतनामूलक उपमहानगरस्तरीय प्रथम सडक नाटक प्रतियोगिताको उद्घाटन गर्दै उनले कला र साँस्कृतिकको माध्यमबाट पनि समाजमा चेतना फैलाउन सकिने बताए ।

वडा अध्यक्ष सिग्देलले विध्यालयबाट नै विध्यार्थीहरूलाई कला र साँस्कृतिसंग जोड्न सके दक्ष र उकृष्ट कलाकारको समेत उत्पादन गर्न सकिने र समाजमा विध्यमान विकृति, विसंगति, कुरिति, कुसंस्कार अन्धविश्वास, मानवीय हिँसालाई हटाउन सकिने दावी गरे । पहिलो प्रतियोगितामा ज्ञानोदय बालबाटिका आवासिय मावि हेटौँडा–५ का समूहले महिला हिँसा विरूद्व सचेतनामूलक ‘रक्ताम्मे मेरो शरीर’ नामक नाटक र १८ नमबर वडा बाल सञ्जालले ‘लागू औषध दुर्व्यसनीविरूद्व’ चेतना मूलक नाटक प्रस्तुत गरेका थिए ।

प्रतियोगितामा नगरभरीको १२ वटा समूहले भाग लिएको प्रतियोगिता फागुन २३ गतेसम्म सञ्चालन हुने नाट्यकर्मी आशाकाजी श्रेष्ठले जानकारी दिए । बाल सञ्जाल, नवोदय शिशु सदनकी उपाध्यक्ष एनि घलेको अध्यक्षतामा सुरु भएको प्रतियोगिता उद्घाटन कार्यक्रममा टोल विकास संस्था नगर समन्वय समितिका महासचिव शिवहरी दाहाल, शैक्षिक गुणस्तर सुधार समिति, हेटौँडा–४ का संयोजक श्रीराम दाहाल, महिला जागरण समूहका अध्यक्ष राधिका चौलागाई, नवोदय शिशु सदनका निर्देशक दीपेश जोशी, राष्ट्रिय जनसाँस्कृतिक मञ्चका अध्यक्ष राजुराम राउत, सिस्नुपानी नेपालका अजर फुँयालको विशेष उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

मकवानपुरमा लागुऔषधसहित चार दिनमा १३ जना पक्राउ

मकवानपुरमा लागुऔषधसहित चार दिनमा १३ जना पक्राउ

१८ जेठ, हेटौँडा । मकवानपुर प्रहरीले चार दिनको अवधिमा विभिन्न स्थानबाट १३ जनालाई लागुऔषधसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्याल...
प्रधानमन्त्री शाहको अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभामा चर्को विरोध, राजीनामाको माग

प्रधानमन्त्री शाहको अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभामा चर्को विरोध, राजीनामाको माग

१८ जेठ, हेटौँडा । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा सीमा विवादका विषयमा दिएको पछिल्लो अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभ...
गौरीटार अन्तर्राष्ट्रिय क्रिकेट मैदानको उद्घाटन

गौरीटार अन्तर्राष्ट्रिय क्रिकेट मैदानको उद्घाटन

१७ जेड, हेटौँडा । हेटौँडाको गौरीटारमा निर्माण सम्पन्न भएको अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान आइतबार औपचारिक रूपमा उद्घाटन गरिएको...
११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

७ जेठ, हेटौँडा । बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको बजेट अधिवेशन जेठ ११ गते सोमबारका लागि आह्वान गर्न लागि प्...
२४ वैशाखमा बागमती प्रदेशभर सार्वजनिक बिदा

२४ वैशाखमा बागमती प्रदेशभर सार्वजनिक बिदा

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले ‘भाषा दिवस’का अवसरमा वैशाख २४ गते बिहीबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । ...
मुख्यमन्त्री बानियाँविरुद्ध कदमप्रतिको कांग्रेस मकवानपुरको आपत्ति

मुख्यमन्त्री बानियाँविरुद्ध कदमप्रतिको कांग्रेस मकवानपुरको आपत्ति

२१ वैशाख, हेटौँडा । नेपाली कांग्रेस मकवानपुर ले बागमती प्रदेशका सभापति तथा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ विरुद्ध...
सुकुमवासी तथा अव्यवस्थित बसोबासीको प्रदर्शन

सुकुमवासी तथा अव्यवस्थित बसोबासीको प्रदर्शन

२१ वैशाख, हेटौँडा । संघीय सरकारले अतिक्रमित बस्ती खाली गर्ने तयारी थालेपछि मकवानपुरमा भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीहरू ...
टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

२१ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगितामा ललितपुरको फ्रे...