१८ फागुन, हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ का अध्यक्ष नवीन सिग्देलले कला र साँस्कृतिकको प्रवर्द्वनबाट समाजमा रहेको विभेद र विकृति हटाउन सकिने बताएका छन् । ४ नम्बर वडा कार्यालयको आयोजना र झलझली मल्टिक्रियसन म्युजिक स्टुडियोको व्यवस्थापनमा शुरू भएको सामाजिक रूपान्तरणको लागि सचेतनामूलक उपमहानगरस्तरीय प्रथम सडक नाटक प्रतियोगिताको उद्घाटन गर्दै उनले कला र साँस्कृतिकको माध्यमबाट पनि समाजमा चेतना फैलाउन सकिने बताए ।
वडा अध्यक्ष सिग्देलले विध्यालयबाट नै विध्यार्थीहरूलाई कला र साँस्कृतिसंग जोड्न सके दक्ष र उकृष्ट कलाकारको समेत उत्पादन गर्न सकिने र समाजमा विध्यमान विकृति, विसंगति, कुरिति, कुसंस्कार अन्धविश्वास, मानवीय हिँसालाई हटाउन सकिने दावी गरे । पहिलो प्रतियोगितामा ज्ञानोदय बालबाटिका आवासिय मावि हेटौँडा–५ का समूहले महिला हिँसा विरूद्व सचेतनामूलक ‘रक्ताम्मे मेरो शरीर’ नामक नाटक र १८ नमबर वडा बाल सञ्जालले ‘लागू औषध दुर्व्यसनीविरूद्व’ चेतना मूलक नाटक प्रस्तुत गरेका थिए ।
प्रतियोगितामा नगरभरीको १२ वटा समूहले भाग लिएको प्रतियोगिता फागुन २३ गतेसम्म सञ्चालन हुने नाट्यकर्मी आशाकाजी श्रेष्ठले जानकारी दिए । बाल सञ्जाल, नवोदय शिशु सदनकी उपाध्यक्ष एनि घलेको अध्यक्षतामा सुरु भएको प्रतियोगिता उद्घाटन कार्यक्रममा टोल विकास संस्था नगर समन्वय समितिका महासचिव शिवहरी दाहाल, शैक्षिक गुणस्तर सुधार समिति, हेटौँडा–४ का संयोजक श्रीराम दाहाल, महिला जागरण समूहका अध्यक्ष राधिका चौलागाई, नवोदय शिशु सदनका निर्देशक दीपेश जोशी, राष्ट्रिय जनसाँस्कृतिक मञ्चका अध्यक्ष राजुराम राउत, सिस्नुपानी नेपालका अजर फुँयालको विशेष उपस्थिति रहेको थियो ।
Hetauda Live ले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।