कैलाशमा मनाईयो मगर दिवस, पालिकाबाट वाद्यवाधनका सामाग्री प्रदान

१५ फागुन, हेटौँडा । नेपाल मगर संघको ४३औं स्थापना दिवसको अवसरमा मकवानपुरको कैलाश गाउँपालिकामा विविध मगर सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । विहिबार नेपाल मगर संघ कैलाश गाउँ कार्य समितिले नेपाल मगर मजुवा गुठीको व्यवस्थापनमा कैलाश ६ मजुवामा साँस्कृतिक कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रम संघको गाउँ समितिका अध्यक्ष तुलराज दर्लामी मगरको अध्यक्षता तथा गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानको प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष मुक्तानले पालिका भित्र रहेका कला संस्कृति र परम्परालाई जोगाउनु स्थानीय सरकारको दायित्व रहेको बताए ।
मगर भाषा मात्रै नभइ अन्य जातीहरुकको आफ्नो भाषा संस्कृति पनि विस्तारै हराउँदै गएकोले त्यसतर्फ सबैको ध्यान जान जरुरी रहेको उनको भनाई थियो । वाद्यबाधक सामाग्री, भेषभुषा लगायत अन्य सामाग्री खरिदका लागि पालिकाबाट यसवर्ष तीनलाख बजेट स्वीकृत गरिएको उनले जानकारी दिए ।
पञ्चेबाजा तालिममा युवा पुस्ताको सहभागीताले पुस्ता हस्तान्तरणको अभ्यास रहेको प्रति संघलाई धन्यवाद दिँदै तीन पुस्ताले एकैपटक बाजा बजाउँदा आफुलाई गर्व लागेको अध्यक्ष मुक्तानले बताए । टोलबाट सुरु भएको बाजा बजाउने काम अब पालिका हुँदै जिल्लामा पनि कैलाशको मगर बाजा प्रख्यात हुनुपनेमा उनले जोड दिए ।
कार्यक्रम पालिका उपाध्यक्ष बालकुमार मल्लले मगर बाजा बजाउन बाहिरबाट ल्याउनुपर्ने बाध्यतालाई रोक्न पञ्चेबाजाका सामाग्रीहरु प्रदान गरेर गाउँमै बाजा बजाउने व्यवस्थापन गरिएको बताए । कला र संस्कृति जगेर्नामा मगर समुदायको भूमिका महत्त्वपूर्ण रहेको बताउँदै समाजमा भएका विकृति विसङ्गतिलाइ हटाउँदै अघि बढ्न आग्रह गरे ।
कार्यक्रममा वडा नम्बर २ का वडा अध्यक्ष राजेन्द्र घिसिङले आफु तामाङ समुदायको भए पनि मगर समुदायको कला संस्कृति, रहन सहन मनपर्ने बताए । मगरको उद्गम स्थल पश्चिमका पहाडी जिल्ला हुन तर अहिले देशका विभिन्न भागमा मगर समुदायको विस्तार भएको उल्लेख गर्दै उनले मिश्रित रुपमा बसोबास हुँदै अहिले सबै मिलेर बसोबास गरिरहेको भन्दै वडाध्यक्ष घिसिङले खुशी व्यक्त गरे ।
मगर समुदायको मुख्य पर्व माघे सङ्क्रान्ति भएपनि फागुन १५ लाई मगर दिवसका रुपमा मनाउने गरेको संघका अध्यक्ष तुलराज दर्लामीले बताए । कार्यक्रममा मगर संघ जिल्ला सदस्य खड्गबहादुर रुचालमगर, आादिबासी जनजाति महासंघ मकवानपुरका सहसचिव तीलकबहादुर आलेमगर, वडा नम्बर ६ का वडा सदस्य शम्भु अर्याल र जीतबहादुर थिङ, मगर संघका गाउँसमितिका सल्लाहकार प्रेमबहादुर रानामगर, नेपाली कांग्रेसका वडा नम्बर ६ सभापति कृष्णबहादुर मोक्तान, माओवादी केन्द्रका पालिका सचिव सुरेश घिमिरे, मगर संघ गाउँ समितिका सचिव केशव थापामगर बाजा प्रशिक्षक महेन्द्र नेपाली लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा ओम नमो बुद्ध मगर नौमति बाजा समूहको प्रस्तुति रहनुका साथै स्थानीय कलाकारहरु मगर नृत्य प्रदर्शनी गरिएको थियो । सोहि अवसरमा गाउँपालिकाको आर्थिक सहयोगमा ॐ नवोबुद्ध नौमति बाजा समूहलाई हार्माेनियम १ थान, किवोर्ड १ थान, टोपी २० थान, गितार १ थान, टेम्पो १ थान, ढोलक १ थान, बाँसुरी २ थान, मजिरा १ थान, मादल २ थान, सानो मगर ड्रेस १ थान, घलेक २० थान, नरसिंहा ४ थान, सनई २ थान, नौमति ड्रेस २३ थान, क्याप २३ थान, खैजेडी २ थान लगायतको सामाग्री प्रदान गरिएको थियो ।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

मकवानपुरमा लागुऔषधसहित चार दिनमा १३ जना पक्राउ

मकवानपुरमा लागुऔषधसहित चार दिनमा १३ जना पक्राउ

१८ जेठ, हेटौँडा । मकवानपुर प्रहरीले चार दिनको अवधिमा विभिन्न स्थानबाट १३ जनालाई लागुऔषधसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्याल...
प्रधानमन्त्री शाहको अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभामा चर्को विरोध, राजीनामाको माग

प्रधानमन्त्री शाहको अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभामा चर्को विरोध, राजीनामाको माग

१८ जेठ, हेटौँडा । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा सीमा विवादका विषयमा दिएको पछिल्लो अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभ...
गौरीटार अन्तर्राष्ट्रिय क्रिकेट मैदानको उद्घाटन

गौरीटार अन्तर्राष्ट्रिय क्रिकेट मैदानको उद्घाटन

१७ जेड, हेटौँडा । हेटौँडाको गौरीटारमा निर्माण सम्पन्न भएको अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान आइतबार औपचारिक रूपमा उद्घाटन गरिएको...
११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

७ जेठ, हेटौँडा । बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको बजेट अधिवेशन जेठ ११ गते सोमबारका लागि आह्वान गर्न लागि प्...
२४ वैशाखमा बागमती प्रदेशभर सार्वजनिक बिदा

२४ वैशाखमा बागमती प्रदेशभर सार्वजनिक बिदा

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले ‘भाषा दिवस’का अवसरमा वैशाख २४ गते बिहीबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । ...
मुख्यमन्त्री बानियाँविरुद्ध कदमप्रतिको कांग्रेस मकवानपुरको आपत्ति

मुख्यमन्त्री बानियाँविरुद्ध कदमप्रतिको कांग्रेस मकवानपुरको आपत्ति

२१ वैशाख, हेटौँडा । नेपाली कांग्रेस मकवानपुर ले बागमती प्रदेशका सभापति तथा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ विरुद्ध...
सुकुमवासी तथा अव्यवस्थित बसोबासीको प्रदर्शन

सुकुमवासी तथा अव्यवस्थित बसोबासीको प्रदर्शन

२१ वैशाख, हेटौँडा । संघीय सरकारले अतिक्रमित बस्ती खाली गर्ने तयारी थालेपछि मकवानपुरमा भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीहरू ...
टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

२१ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगितामा ललितपुरको फ्रे...