कैलाशमा मनाईयो मगर दिवस, पालिकाबाट वाद्यवाधनका सामाग्री प्रदान

१५ फागुन, हेटौँडा । नेपाल मगर संघको ४३औं स्थापना दिवसको अवसरमा मकवानपुरको कैलाश गाउँपालिकामा विविध मगर सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । विहिबार नेपाल मगर संघ कैलाश गाउँ कार्य समितिले नेपाल मगर मजुवा गुठीको व्यवस्थापनमा कैलाश ६ मजुवामा साँस्कृतिक कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रम संघको गाउँ समितिका अध्यक्ष तुलराज दर्लामी मगरको अध्यक्षता तथा गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानको प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष मुक्तानले पालिका भित्र रहेका कला संस्कृति र परम्परालाई जोगाउनु स्थानीय सरकारको दायित्व रहेको बताए ।
मगर भाषा मात्रै नभइ अन्य जातीहरुकको आफ्नो भाषा संस्कृति पनि विस्तारै हराउँदै गएकोले त्यसतर्फ सबैको ध्यान जान जरुरी रहेको उनको भनाई थियो । वाद्यबाधक सामाग्री, भेषभुषा लगायत अन्य सामाग्री खरिदका लागि पालिकाबाट यसवर्ष तीनलाख बजेट स्वीकृत गरिएको उनले जानकारी दिए ।
पञ्चेबाजा तालिममा युवा पुस्ताको सहभागीताले पुस्ता हस्तान्तरणको अभ्यास रहेको प्रति संघलाई धन्यवाद दिँदै तीन पुस्ताले एकैपटक बाजा बजाउँदा आफुलाई गर्व लागेको अध्यक्ष मुक्तानले बताए । टोलबाट सुरु भएको बाजा बजाउने काम अब पालिका हुँदै जिल्लामा पनि कैलाशको मगर बाजा प्रख्यात हुनुपनेमा उनले जोड दिए ।
कार्यक्रम पालिका उपाध्यक्ष बालकुमार मल्लले मगर बाजा बजाउन बाहिरबाट ल्याउनुपर्ने बाध्यतालाई रोक्न पञ्चेबाजाका सामाग्रीहरु प्रदान गरेर गाउँमै बाजा बजाउने व्यवस्थापन गरिएको बताए । कला र संस्कृति जगेर्नामा मगर समुदायको भूमिका महत्त्वपूर्ण रहेको बताउँदै समाजमा भएका विकृति विसङ्गतिलाइ हटाउँदै अघि बढ्न आग्रह गरे ।
कार्यक्रममा वडा नम्बर २ का वडा अध्यक्ष राजेन्द्र घिसिङले आफु तामाङ समुदायको भए पनि मगर समुदायको कला संस्कृति, रहन सहन मनपर्ने बताए । मगरको उद्गम स्थल पश्चिमका पहाडी जिल्ला हुन तर अहिले देशका विभिन्न भागमा मगर समुदायको विस्तार भएको उल्लेख गर्दै उनले मिश्रित रुपमा बसोबास हुँदै अहिले सबै मिलेर बसोबास गरिरहेको भन्दै वडाध्यक्ष घिसिङले खुशी व्यक्त गरे ।
मगर समुदायको मुख्य पर्व माघे सङ्क्रान्ति भएपनि फागुन १५ लाई मगर दिवसका रुपमा मनाउने गरेको संघका अध्यक्ष तुलराज दर्लामीले बताए । कार्यक्रममा मगर संघ जिल्ला सदस्य खड्गबहादुर रुचालमगर, आादिबासी जनजाति महासंघ मकवानपुरका सहसचिव तीलकबहादुर आलेमगर, वडा नम्बर ६ का वडा सदस्य शम्भु अर्याल र जीतबहादुर थिङ, मगर संघका गाउँसमितिका सल्लाहकार प्रेमबहादुर रानामगर, नेपाली कांग्रेसका वडा नम्बर ६ सभापति कृष्णबहादुर मोक्तान, माओवादी केन्द्रका पालिका सचिव सुरेश घिमिरे, मगर संघ गाउँ समितिका सचिव केशव थापामगर बाजा प्रशिक्षक महेन्द्र नेपाली लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा ओम नमो बुद्ध मगर नौमति बाजा समूहको प्रस्तुति रहनुका साथै स्थानीय कलाकारहरु मगर नृत्य प्रदर्शनी गरिएको थियो । सोहि अवसरमा गाउँपालिकाको आर्थिक सहयोगमा ॐ नवोबुद्ध नौमति बाजा समूहलाई हार्माेनियम १ थान, किवोर्ड १ थान, टोपी २० थान, गितार १ थान, टेम्पो १ थान, ढोलक १ थान, बाँसुरी २ थान, मजिरा १ थान, मादल २ थान, सानो मगर ड्रेस १ थान, घलेक २० थान, नरसिंहा ४ थान, सनई २ थान, नौमति ड्रेस २३ थान, क्याप २३ थान, खैजेडी २ थान लगायतको सामाग्री प्रदान गरिएको थियो ।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

२४ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसी मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रत...
बागमतीमा मन्त्रालयको संख्या आठ कायम

बागमतीमा मन्त्रालयको संख्या आठ कायम

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने महत्त्वपूर्ण निर्णय गरेको छ। मंगलबार हेटौँडामा बसेको मन्त्रिपर...
टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

२३ वैशाख, हेटौँडा । सर्लाहीको बागमती युथ क्लब मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...
चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

२२ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीक...
विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो घर तथा कार्यालयमा भएको छापामारीप्रति आपत्ति जनाउँदै ...
मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा ...
बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

२० वैशाख, हेटौँडा । बागमती गोल्डकप स् साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ सेमिफाइनलमा मकवानपुरको बागमती गाउँपालिकामा जारी ...
बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

१९ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसीले मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...