हेटौंडामा ‘प्रदेश स्पोर्ट्स अवार्ड एन्ड युथ समिट’ आयोजना हुने

१ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारअन्तर्गत युवा तथा खेलकुद मन्त्रालयले हेटौंडामा पहिलोपटक ‘प्रदेश स्पोर्ट्स अवार्ड एन्ड युथ समिट’ आयोजना गर्न लागेको छ। आइतबार हेटौंडा–४ स्थित हुप्राचौरमा हुने उक्त अवार्ड समारोहको बारेमा बिहीवार पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो।

कार्यक्रमबारे जानकारी दिँदै युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले खेलाडी, प्रशिक्षक तथा खेल पत्रकारहरुको योगदानको सम्मान गर्न प्रदेशले यो पहल थालेको बताए। उनले प्रदेशबाट प्रतिभावान खेलाडीको विदेश पलायन रोक्न तथा खेलकुद क्षेत्रलाई प्रोत्साहन दिन अवार्ड कार्यक्रम महत्वपूर्ण हुने उल्लेख गरे।

अवार्ड समारोहमा वर्षका उत्कृष्ट महिला र पुरुष खेलाडी, उत्कृष्ट प्रशिक्षक, युवा खेलाडी, लोकप्रिय खेलाडी, उत्कृष्ट खेल पत्रकार, ‘बागमती खेलकुदको शान’ तथा ‘लाइफटाइम एचिभमेन्ट’ गरी आठ विधामा १२ जना व्यक्तित्वलाई सम्मान गरिनेछ।

मन्त्रालयका निमित्त सचिव सूर्यबहादुर दाहालका अनुसार उत्कृष्ट महिलारपुरुष खेलाडी, प्रशिक्षक, ‘बागमती खेलकुदको शान’ तथा ‘लाइफटाइम एचिभमेन्ट’ विधाका विजेतालाई जनही १ लाख रुपैयाँसहित सम्मान गरिनेछ भने अन्य विधामा जनही ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ।

खेल क्षेत्रको योगदान, सफलता, सामाजिक प्रभाव तथा नयाँ पुस्तालाई प्रेरणा दिन सक्ने आधारमा अवार्डको छनोट गरिने आयोजकले जनाएको छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद संघका अध्यक्ष पत्रकार दीपक श्रेष्ठको संयोजकत्वमा गठित तीन सदस्यीय प्राविधिक उप–समितिले पुरस्कार एवं सम्मानित हुने खेलाडी तथा पत्रकारको नाम सिफारिस गर्नेछ।

कार्यक्रममा प्रमुख अतिथिको रूपमा बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा उपस्थित हुने खेलकुद मन्त्री महर्जनले जानकारी दिए। युथ समिट भने केही सातापछि आयोजना गरिने मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

Advertisement

छुटाउनुभयो कि ?

दुर्घटनामा घाइते महिलाको उपचारकै क्रममा मृत्यु

दुर्घटनामा घाइते महिलाको उपचारकै क्रममा मृत्यु

८ असोज, हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १९ वस्तीपुरस्थित पूर्व–पश्चिम राजमार्गमा सोमबार भएको बस, ट्रक र ट्या...
सांसददेखि स्थानीय तहका स्वकीय सुविधा खारेज, सल्लाहकार राख्न नपाउने

सांसददेखि स्थानीय तहका स्वकीय सुविधा खारेज, सल्लाहकार राख्न नपाउने

८ असोज, हेटौँडा । सरकारले सांसद, स्थानीय तहका जनप्रतिनिधि तथा अन्य राजनीतिक पदाधिकारीका स्वकीय सुविधा खारेज गर्ने निर्णय गरेको छ। ...
मकवानपुर दुर्घटना अप्डेट: ३१ जना घाइते, २ को अवस्था गम्भीर 

मकवानपुर दुर्घटना अप्डेट: ३१ जना घाइते, २ को अवस्था गम्भीर 

६ असोज, हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१९ बस्तिपुरस्थित पूर्व–पश्चिम राजमार्गमा सोमबार दिउँसो साढे १ बजे बस, ट्रक र त...
सार्वजनिक गाडीमा आजदेखि ‘रुट परमिट’ खुला

सार्वजनिक गाडीमा आजदेखि ‘रुट परमिट’ खुला

६ असोज, हेटौँडा। यात्रुबाहक सार्वजनिक गाडीमा आजदेखि ‘रुट परमिट’ अर्थात् अनुमति खुला गरिएको छ । चाडपर्वका अवसरमा देशभर सार्वजनिक या...
जेनजी आन्दोलनपछि पुनर्निर्माणमा जुट्दै बागमती प्रदेश सरकार  ४ सदस्यीय उच्चस्तरीय कार्यदल गठन

जेनजी आन्दोलनपछि पुनर्निर्माणमा जुट्दै बागमती प्रदेश सरकार ४ सदस्यीय उच्चस्तरीय कार्यदल गठन

३१ भदौ, हेटौंडा  । जेनजी आन्दोलनका क्रममा २४ भदौमा भएको तोडफोड, आगजनी तथा लुटपाटका घटनाको बागमती प्रदेश सरकारले त्यसको मूल्याङ्कन ...
दशैँकाे टीकाकाे उत्तम साइत ११ बजेर ५३ मिनेटमा

दशैँकाे टीकाकाे उत्तम साइत ११ बजेर ५३ मिनेटमा

३१ भदौ, हेटौंडा । यसवर्षको बडा दशैको टिकाको उत्तम साइत बिहान ११ बजेर ५३ मिनेटमा जुरेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले य...
सेनाको ट्रक दुर्घटना हुँदा १६ जना घाइते, ३ को अवस्था गम्भीर

सेनाको ट्रक दुर्घटना हुँदा १६ जना घाइते, ३ को अवस्था गम्भीर

३१ भदौ, हेटौंडा । मकवानपुर र बारा जिल्लाको सिमाना चुरियामाईस्थित पूर्व–पश्चिम (महेन्द्र) राजमार्गमा आज दिउँसो नेपाली सेनाको ट्रक द...
कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्य बन्दै हेटौँडा

कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्य बन्दै हेटौँडा

२८ भदौ, हेटौँडा । बागमती प्रदेशको राजधानी हेटौँडामा शनिबार बिहानदेखि जनजीवन सामान्य बन्दै गएको छ। जिल्ला प्रशासन कार्यालयले जारी ग...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज