उपमहानगरको बिभिन्न वडामा चेतना मुलक सडक नाटक प्रस्तुत

८ जेड, हेटौँडा । सामाजिक बेथिती प्रति प्रहारगर्दै समाजलाई सकारात्मक सोचका साथ अघि बढाउनका लागि हेटौंडा उपमहानगरकाका बिभिन्न वडाहरुमा सचेतना मुलक सडक नाटक प्रस्तुत गरीएको छ ।

हेटौंडा उपमहानगरपालिका र आर्जन ईन्टरटेन्टमेन्ट एण्ड एड्भरटाईजि·को सहकार्यमा उपमहानगरका बिभिन्न वडाहरुमा राष्ट्रिय कलाकारहरुको टोलीले बैदेशिक रोजगारीले समाजमा पार्ने नकारात्मक प्रभाव, लागु औषध दुव्र्यसनको प्रभाब र इन्टरनेटको माध्यमबाट हुने दुव्र्यवहारको बारेमा सडक नाटक मार्फत सचेतना फैलाउन खोजिएको हो ।

बुधबार हेटौंडा–१६ को जनप्रिय र १८ को ज्योति माध्यमिक बिद्यालय, बिहीवार हेटौंडा–१३ को महेन्द्र र १४ को जनज्याोति माध्यमिक बिद्यालयमा सडक नाटकको आयोजना भएकोमा शक्रबार हेटौंडा–३ को महेन्द्र किरण माध्यमिक बिद्यालय, आइतबार हेटौंडा–८ को चन्द्रोदय र १५ को चुरीयामाई माध्यमिक बिद्यालयमा सडक नाटब प्रस्तुत हुने उपमहानगरले जनाएको छ ।

बिहीबार हेटौंडा– १४ को जनज्योतीमा भएको सडक नाटक नगर प्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यतामा भएको थियो । नाटकको समिक्षा गर्दै नगर प्रमुख लामाले समाजमा भएको बेतिथीहरुलाई यस्ता प्रस्तुति मार्फत उजागर गर्दै सकारात्मक सन्देश दिने उद्देश्यले कार्यक्रम सञ्चालन गरीएको बताइन् । हामि केवल भौतीक बिकासमा मात्र केन्द्रीत नभएको भन्दै नगरवासीको मानिसिक बिकासका लागि पनि काम गरीरहेको बताइन् ।

बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र ढु·ानाको अध्यक्षतामा भएको कार्यक्रममा उपमहनगरपालिकाका उपप्रमुख राजेश बानियाँ, १४ नम्बरका वडा अध्यक्ष दिपक खड्का, उपमहानगरका सामाजिक बिकास महाशाखा प्रमुख भिमप्रसाद तिमल्सिना लगाएतको आतिथ्यता रहेको थियो ।

सडक नाटकमा बिष्णु सापकोटा (लाहुरे बा), अस्मिता बस्नेत (थुम्की), शिबहरी नेपाल (ठेकेदार), गुणाखर अधिकारी (पुछारे), युनिसा बानियाँ (चुचु) र कुवेर मोक्तान (बाख्रे) को अभिनय रहेको छ ।

 

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

२४ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसी मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रत...
बागमतीमा मन्त्रालयको संख्या आठ कायम

बागमतीमा मन्त्रालयको संख्या आठ कायम

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने महत्त्वपूर्ण निर्णय गरेको छ। मंगलबार हेटौँडामा बसेको मन्त्रिपर...
टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

२३ वैशाख, हेटौँडा । सर्लाहीको बागमती युथ क्लब मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...
चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

२२ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीक...
विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो घर तथा कार्यालयमा भएको छापामारीप्रति आपत्ति जनाउँदै ...
मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा ...
बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

२० वैशाख, हेटौँडा । बागमती गोल्डकप स् साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ सेमिफाइनलमा मकवानपुरको बागमती गाउँपालिकामा जारी ...
बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

१९ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसीले मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...