परम्परागत सांस्कृतिक पर्व गाईजात्रा मनाइँदै

२५ साउन, हेटौँडा । परम्परागत सांस्कृतिक पर्व गाईजात्रा आज देशभर विभिन्न कार्यक्रमसहित मनाइँदैछ। भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिनसम्म चल्ने यो पर्व विशेष गरी काठमाडौं उपत्यकामा धुमधामका साथ आयोजना हुँदै आएको छ। सरकारले आज उपत्यकामा सार्वजनिक बिदा दिएको छ।

एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिँगारी नगर परिक्रमा गराउने परम्परा यस पर्वको विशेषता हो। श्रद्धालुहरूले दूध, फलफूल, रोटी, चिउरा, दही, अन्न र नगद दान गर्ने प्रचलन छ। धार्मिक विश्वास अनुसार यसरी नगर परिक्रमा गर्दा दिवङ्गत आत्माले गाईको पुच्छर समातेर वैतरणी पार गर्ने जनविश्वास छ।

यो पर्वको सुरुवात राजा प्रताप मल्लको पालामा भएको ऐतिहासिक तथ्य छ। पुत्रशोकले ग्रस्त रानीलाई संसारको शोक देखाउन उनले प्रजालाई आफन्तको नाममा गाईजात्रा निकाल्न आदेश दिएका थिए। पछि हास्यव्यङ्ग्य र प्रहसनको प्रचलन सुरु भएको जनश्रुति छ।

हनुमानढोकास्थित राजदरबार हुँदै गाईजात्रा जुलुस लैजाने प्रथा आज पनि कायम छ। पाटनमा सत्ययुगको धान र चामलको नमूना तथा काठमाडौँको ठमेलमा स्वर्ण तथा रजताक्षरमा लेखिएका पुस्तक विशेष आकर्षण मानिन्छन्।

पञ्चायती शासनकालमा २०१७ सालको ‘कू’पछि गाईजात्रामा हास्यव्यङ्ग्य प्रतिबन्धित भए पनि २०३३ सालमा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको पहलमा फेरि सुरु गरिएको हो। अहिले गाईजात्रालाई सामाजिक विकृति र विसङ्गति उजागर गर्ने माध्यमका रूपमा पनि प्रयोग गरिन्छ।

काठमाडौं उपत्यकाबाहेक बनेपा, धुलिखेल, पनौती, दोलखा, इलाम, धरान, वीरगञ्ज, पोखरा लगायतका सहरमा पनि नेवार समुदायको विशेष सहभागितासहित यो पर्व मनाइन्छ। यस अवसरमा हाँस्य कलाकारहरूले विशेष कार्यक्रम आयोजना गर्ने परम्परा पनि कायम छ।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

मकवानपुरमा लागुऔषधसहित चार दिनमा १३ जना पक्राउ

मकवानपुरमा लागुऔषधसहित चार दिनमा १३ जना पक्राउ

१८ जेठ, हेटौँडा । मकवानपुर प्रहरीले चार दिनको अवधिमा विभिन्न स्थानबाट १३ जनालाई लागुऔषधसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्याल...
प्रधानमन्त्री शाहको अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभामा चर्को विरोध, राजीनामाको माग

प्रधानमन्त्री शाहको अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभामा चर्को विरोध, राजीनामाको माग

१८ जेठ, हेटौँडा । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा सीमा विवादका विषयमा दिएको पछिल्लो अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभ...
गौरीटार अन्तर्राष्ट्रिय क्रिकेट मैदानको उद्घाटन

गौरीटार अन्तर्राष्ट्रिय क्रिकेट मैदानको उद्घाटन

१७ जेड, हेटौँडा । हेटौँडाको गौरीटारमा निर्माण सम्पन्न भएको अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान आइतबार औपचारिक रूपमा उद्घाटन गरिएको...
११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

७ जेठ, हेटौँडा । बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको बजेट अधिवेशन जेठ ११ गते सोमबारका लागि आह्वान गर्न लागि प्...
२४ वैशाखमा बागमती प्रदेशभर सार्वजनिक बिदा

२४ वैशाखमा बागमती प्रदेशभर सार्वजनिक बिदा

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले ‘भाषा दिवस’का अवसरमा वैशाख २४ गते बिहीबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । ...
मुख्यमन्त्री बानियाँविरुद्ध कदमप्रतिको कांग्रेस मकवानपुरको आपत्ति

मुख्यमन्त्री बानियाँविरुद्ध कदमप्रतिको कांग्रेस मकवानपुरको आपत्ति

२१ वैशाख, हेटौँडा । नेपाली कांग्रेस मकवानपुर ले बागमती प्रदेशका सभापति तथा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ विरुद्ध...
सुकुमवासी तथा अव्यवस्थित बसोबासीको प्रदर्शन

सुकुमवासी तथा अव्यवस्थित बसोबासीको प्रदर्शन

२१ वैशाख, हेटौँडा । संघीय सरकारले अतिक्रमित बस्ती खाली गर्ने तयारी थालेपछि मकवानपुरमा भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीहरू ...
टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

२१ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगितामा ललितपुरको फ्रे...