Day: August 10, 2025

परम्परागत सांस्कृतिक पर्व गाईजात्रा मनाइँदै

परम्परागत सांस्कृतिक पर्व गाईजात्रा मनाइँदै

Breaking News 2, ताजा अपडेट, मनोरञ्जन, समाचार
२५ साउन, हेटौँडा । परम्परागत सांस्कृतिक पर्व गाईजात्रा आज देशभर विभिन्न कार्यक्रमसहित मनाइँदैछ। भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिनसम्म चल्ने यो पर्व विशेष गरी काठमाडौं उपत्यकामा धुमधामका साथ आयोजना हुँदै आएको छ। सरकारले आज उपत्यकामा सार्वजनिक बिदा दिएको छ। एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिँगारी नगर परिक्रमा गराउने परम्परा यस पर्वको विशेषता हो। श्रद्धालुहरूले दूध, फलफूल, रोटी, चिउरा, दही, अन्न र नगद दान गर्ने प्रचलन छ। धार्मिक विश्वास अनुसार यसरी नगर परिक्रमा गर्दा दिवङ्गत आत्माले गाईको पुच्छर समातेर वैतरणी पार गर्ने जनविश्वास छ। यो पर्वको सुरुवात राजा प्रताप मल्लको पालामा भएको ऐतिहासिक तथ्य छ। पुत्रशोकले ग्रस्त रानीलाई संसारको शोक देखाउन उनले प्रजालाई आफन्तको नाममा गाईजात्रा निकाल्न आदेश दिएका थिए। पछि हास्यव्यङ्ग्य र प्रहसनको प्रचलन सु...
मुख्यमन्त्री बानियाँलाई विश्वासको मत दिन एमालेले पनि लगायो ह्विप

मुख्यमन्त्री बानियाँलाई विश्वासको मत दिन एमालेले पनि लगायो ह्विप

Breaking News 1, ताजा अपडेट, बागमती प्रदेश, राजनीति, समाचार
२५ साउन, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई विश्वासको मत दिलाउन नेकपा एमाले बागमती प्रदेश संसदीय दलले आफ्ना सांसदलाई ह्विप जारी गरेको छ। दलका प्रमुख सचेतक एकालाल श्रेष्ठले आइतबार सूचना जारी गर्दै आगामी साउन २७ गते बस्ने प्रदेशसभा बैठकमा अनिवार्य रूपमा उपस्थित भई मुख्यमन्त्रीको पक्षमा मतदान गर्न निर्देशन दिएका हुन्। मुख्यमन्त्री बानियाँले साउन २७ गते मंगलबार दिउँसो ४ बजे बस्ने प्रदेशसभा बैठकमा नेपालको संविधानको धारा १६८९४० तथा प्रदेशसभा नियमावली, २०७४ को नियम १४३९१० अनुसार विश्वासको मत लिने कार्यसूची तय भएको छ। बैठकअघि दिउँसो १ बजे एमाले संसदीय दलको बैठक दलको कार्यालयमा बस्ने भएकाले सबै सांसदलाई समयमै उपस्थित हुन भनिएको छ। यसअघि नेपाली कांग्रेसले पनि आफ्ना सांसदलाई विश्वासको मत दिन ह्विप जारी गरिसकेको छ। शनिबार कांग्रेस बागमती प्रदेश संसदीय दलका सदस्य सचिव ...
मुख्यमन्त्री बानियाँलाई विश्वासको मत दिन बागमती कांग्रेसको ह्विप

मुख्यमन्त्री बानियाँलाई विश्वासको मत दिन बागमती कांग्रेसको ह्विप

Breaking News 1, ताजा अपडेट, बागमती प्रदेश, राजनीति, समाचार
२५ साउन, हेटौँडा । कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठकले दलका नेतासमेत रहेका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले लिने विश्वासको मतको पक्षमा मत दिन ह्विप जारी गरेको छ । २७ साउनमा मुख्यमन्त्री बानियाँले नेपालको संविधानको धारा १६८ को उपधारा ९४० तथा प्रदेश सभा नियमावली, २०७४ को नियम १४३ को उपनियम ९१० बमोजिम विश्वासको मत लिँदैछन् । विश्वासको मत लिने प्रयोजनका लागि बागमती प्रदेश सभा सचिवालयले दिउँसो ४ बजेका लागि बैठक आह्वानसमेत गरिसकेको छ । दलका नेता बानियाँले शनिबार कांग्रेस संसदीय दलको ९ सदस्यीय कार्यसमिति गठन गरेसँगै बसेको बैठकले ह्विप जारी गर्ने निर्णय गरेको संसदीय दलका प्रवक्ता एवं प्रदेश सभा सदस्य सुरजचन्द्र लामिछानेले जानकारी दिए । उनका अनुसार शनिबार दिउँसो ललितपुर भैँसेपाटीस्थित मुख्यमन्त्रीनिवासमा बसेको कांग्रेस संसदीय दलको बैठकले विश्वासको मतको पक्षमा मतदान गर्न ह्विप जारी गर...