मुख्यमन्त्री बानियाँलाई विश्वासको मत दिन बागमती कांग्रेसको ह्विप

२५ साउन, हेटौँडा । कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठकले दलका नेतासमेत रहेका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले लिने विश्वासको मतको पक्षमा मत दिन ह्विप जारी गरेको छ । २७ साउनमा मुख्यमन्त्री बानियाँले नेपालको संविधानको धारा १६८ को उपधारा ९४० तथा प्रदेश सभा नियमावली, २०७४ को नियम १४३ को उपनियम ९१० बमोजिम विश्वासको मत लिँदैछन् ।

विश्वासको मत लिने प्रयोजनका लागि बागमती प्रदेश सभा सचिवालयले दिउँसो ४ बजेका लागि बैठक आह्वानसमेत गरिसकेको छ । दलका नेता बानियाँले शनिबार कांग्रेस संसदीय दलको ९ सदस्यीय कार्यसमिति गठन गरेसँगै बसेको बैठकले ह्विप जारी गर्ने निर्णय गरेको संसदीय दलका प्रवक्ता एवं प्रदेश सभा सदस्य सुरजचन्द्र लामिछानेले जानकारी दिए ।

उनका अनुसार शनिबार दिउँसो ललितपुर भैँसेपाटीस्थित मुख्यमन्त्रीनिवासमा बसेको कांग्रेस संसदीय दलको बैठकले विश्वासको मतको पक्षमा मतदान गर्न ह्विप जारी गर्ने निर्णय गरेको हो । ‘बैठकले तीन बुँदामा ह्विप जारी गर्ने निर्णय गरेको छ । एउटा बैठकमा अनिवार्य उपस्थित हुने, दोस्रो तटस्थ नबस्ने र तेस्रो विश्वासको मतको पक्षमा मत दिन ह्विप जारी गर्ने निर्णय भएको हो,’ प्रवक्ता लामिछानेले भने ।

दलको कार्यसमिति बैठकले प्रवक्तामा लामिछानेलाई तोक्नुका साथै तीनसदस्यीय अनुशासन समितिसमेत गठन गरेको छ । अनुशासन समिति सदस्यमा लामिछाने, छिरिङ दोर्जे लामा र विनु रायमाझी पौडेल रहेका छन् । यसैगरी, बैठकले २७ साउन १ बजे कांग्रेस संसदीय दलको कार्यालय हेटौँडामा दलको बैठक राख्ने निर्णय गरेको लामिछानेले जानकारी दिए ।
मुख्यमन्त्री बानियाँको नेतृत्वमा भैँसेपाटीमा दलको बैठक बसिरहँदा निवर्तमान मुख्यमन्त्री बहादुरसिंह लामा पक्षको भने काठमाडौंमा छुट्टै बैठक बसिरहेको छ ।

विश्वासको मतको विषयमा छलफल गर्न लामा पक्ष छलफलमा जुटेको मुख्यमन्त्री बानियाँले २० साउनमा अन्य मन्त्रीको नियुक्तिसँगै लामा पक्षका तीन जनालाई पनि मन्त्री नियुक्त गर्नुपर्ने सहमति पालना नगरेको भन्दै लामा पक्ष असन्तुष्ट छ ।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

२४ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसी मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रत...
बागमतीमा मन्त्रालयको संख्या आठ कायम

बागमतीमा मन्त्रालयको संख्या आठ कायम

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने महत्त्वपूर्ण निर्णय गरेको छ। मंगलबार हेटौँडामा बसेको मन्त्रिपर...
टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

२३ वैशाख, हेटौँडा । सर्लाहीको बागमती युथ क्लब मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...
चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

२२ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीक...
विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो घर तथा कार्यालयमा भएको छापामारीप्रति आपत्ति जनाउँदै ...
मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा ...
बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

२० वैशाख, हेटौँडा । बागमती गोल्डकप स् साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ सेमिफाइनलमा मकवानपुरको बागमती गाउँपालिकामा जारी ...
बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

१९ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसीले मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...