मुख्यमन्त्री बानियाँलाई विश्वासको मत दिन बागमती कांग्रेसको ह्विप

२५ साउन, हेटौँडा । कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठकले दलका नेतासमेत रहेका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले लिने विश्वासको मतको पक्षमा मत दिन ह्विप जारी गरेको छ । २७ साउनमा मुख्यमन्त्री बानियाँले नेपालको संविधानको धारा १६८ को उपधारा ९४० तथा प्रदेश सभा नियमावली, २०७४ को नियम १४३ को उपनियम ९१० बमोजिम विश्वासको मत लिँदैछन् ।

विश्वासको मत लिने प्रयोजनका लागि बागमती प्रदेश सभा सचिवालयले दिउँसो ४ बजेका लागि बैठक आह्वानसमेत गरिसकेको छ । दलका नेता बानियाँले शनिबार कांग्रेस संसदीय दलको ९ सदस्यीय कार्यसमिति गठन गरेसँगै बसेको बैठकले ह्विप जारी गर्ने निर्णय गरेको संसदीय दलका प्रवक्ता एवं प्रदेश सभा सदस्य सुरजचन्द्र लामिछानेले जानकारी दिए ।

उनका अनुसार शनिबार दिउँसो ललितपुर भैँसेपाटीस्थित मुख्यमन्त्रीनिवासमा बसेको कांग्रेस संसदीय दलको बैठकले विश्वासको मतको पक्षमा मतदान गर्न ह्विप जारी गर्ने निर्णय गरेको हो । ‘बैठकले तीन बुँदामा ह्विप जारी गर्ने निर्णय गरेको छ । एउटा बैठकमा अनिवार्य उपस्थित हुने, दोस्रो तटस्थ नबस्ने र तेस्रो विश्वासको मतको पक्षमा मत दिन ह्विप जारी गर्ने निर्णय भएको हो,’ प्रवक्ता लामिछानेले भने ।

दलको कार्यसमिति बैठकले प्रवक्तामा लामिछानेलाई तोक्नुका साथै तीनसदस्यीय अनुशासन समितिसमेत गठन गरेको छ । अनुशासन समिति सदस्यमा लामिछाने, छिरिङ दोर्जे लामा र विनु रायमाझी पौडेल रहेका छन् । यसैगरी, बैठकले २७ साउन १ बजे कांग्रेस संसदीय दलको कार्यालय हेटौँडामा दलको बैठक राख्ने निर्णय गरेको लामिछानेले जानकारी दिए ।
मुख्यमन्त्री बानियाँको नेतृत्वमा भैँसेपाटीमा दलको बैठक बसिरहँदा निवर्तमान मुख्यमन्त्री बहादुरसिंह लामा पक्षको भने काठमाडौंमा छुट्टै बैठक बसिरहेको छ ।

विश्वासको मतको विषयमा छलफल गर्न लामा पक्ष छलफलमा जुटेको मुख्यमन्त्री बानियाँले २० साउनमा अन्य मन्त्रीको नियुक्तिसँगै लामा पक्षका तीन जनालाई पनि मन्त्री नियुक्त गर्नुपर्ने सहमति पालना नगरेको भन्दै लामा पक्ष असन्तुष्ट छ ।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

मकवानपुरमा लागुऔषधसहित चार दिनमा १३ जना पक्राउ

मकवानपुरमा लागुऔषधसहित चार दिनमा १३ जना पक्राउ

१८ जेठ, हेटौँडा । मकवानपुर प्रहरीले चार दिनको अवधिमा विभिन्न स्थानबाट १३ जनालाई लागुऔषधसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्याल...
प्रधानमन्त्री शाहको अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभामा चर्को विरोध, राजीनामाको माग

प्रधानमन्त्री शाहको अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभामा चर्को विरोध, राजीनामाको माग

१८ जेठ, हेटौँडा । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा सीमा विवादका विषयमा दिएको पछिल्लो अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभ...
गौरीटार अन्तर्राष्ट्रिय क्रिकेट मैदानको उद्घाटन

गौरीटार अन्तर्राष्ट्रिय क्रिकेट मैदानको उद्घाटन

१७ जेड, हेटौँडा । हेटौँडाको गौरीटारमा निर्माण सम्पन्न भएको अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान आइतबार औपचारिक रूपमा उद्घाटन गरिएको...
११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

७ जेठ, हेटौँडा । बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको बजेट अधिवेशन जेठ ११ गते सोमबारका लागि आह्वान गर्न लागि प्...
२४ वैशाखमा बागमती प्रदेशभर सार्वजनिक बिदा

२४ वैशाखमा बागमती प्रदेशभर सार्वजनिक बिदा

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले ‘भाषा दिवस’का अवसरमा वैशाख २४ गते बिहीबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । ...
मुख्यमन्त्री बानियाँविरुद्ध कदमप्रतिको कांग्रेस मकवानपुरको आपत्ति

मुख्यमन्त्री बानियाँविरुद्ध कदमप्रतिको कांग्रेस मकवानपुरको आपत्ति

२१ वैशाख, हेटौँडा । नेपाली कांग्रेस मकवानपुर ले बागमती प्रदेशका सभापति तथा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ विरुद्ध...
सुकुमवासी तथा अव्यवस्थित बसोबासीको प्रदर्शन

सुकुमवासी तथा अव्यवस्थित बसोबासीको प्रदर्शन

२१ वैशाख, हेटौँडा । संघीय सरकारले अतिक्रमित बस्ती खाली गर्ने तयारी थालेपछि मकवानपुरमा भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीहरू ...
टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

२१ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगितामा ललितपुरको फ्रे...