गायिका रिया खत्रीको ‘कोशेली’ म्युजिक भिडियो सार्वजनिक

१६ भदौ, हेटौँडा । उदाउँदो गायिका तथा मोडल रिया खत्रीको नयाँ एकल म्युजिक भिडियो ‘कोशेली मलाई त केरा चाहिन्छ’ सोमबार सार्वजनिक भएको छ । गीतमा गायिका खत्री र कलाकार विश्वास नेपालको स्वर रहेको छ भने, शब्द राजेश नेपाल बबिन र संगीत विश्वास नेपालकै रहेको हो । भिडियोको निर्देशन चर्चित निर्देशक प्रकाश भट्टले गरेका छन् ।

सार्वजनिक गरिएको भिडियोमा मोडल लोमस शर्मा र गायिका रिया खत्रीले उत्कृष्ट अभिनय प्रस्तुत गरेका छन् । भिडियोबारे निर्देशक भट्ट र गायक नेपालले यसलाई “आशा लाग्दो म्युजिक भिडियो” भएको बताएका छन् । निर्देशक भट्टले दर्शकलाई भिडियो हेरेर प्रतिक्रिया दिन आग्रह गरेका छन् ।

रिया खत्रीले भने गीत सार्वजनिक भएकोमा खुशी व्यक्त गर्दै दर्शक–स्रोताप्रति आभार प्रकट गरेकी छिन् । उनले आफ्नो प्रस्तुति मन पराइदिन आग्रह गर्दै कलाकारितामै भविष्य जोडिएको बताएकी छन्। उनको आधिकारिक युट्युब च्यानलले ६ महिनामै २३ हजारभन्दा बढी सब्सक्राइबर पाएको छ। उनका विभिन्न लाइभ दोहोरी तथा अन्य म्युजिक भिडियोलाई लाखौँ दर्शकले मन पराइसकेका छन् ।

हालसम्म रियाले एक दर्जनभन्दा बढी म्युजिक भिडियोमा स्वर र अभिनय दुवैमार्फत सहभागिता जनाइसकेकी छन् । नेपालका विभिन्न जिल्लामा भएका महोत्सव तथा सांगीतिक कार्यक्रममा प्रस्तुतिसँगै उनले मलेसिया, सिङ्गापुर र भारतलगायत देशमा समेत प्रस्तुति दिइसकेकी छन्।

सल्यान बागचौर नगरपालिका घर भएकी रियाले प्लस टु उत्तीर्णपछि थप अध्ययनका लागि काठमाडौं आएकी थिइन् । २१ वर्षकै उमेरमा उनले सांगीतिक क्षेत्रमा उल्लेखनीय सफलता हासिल गर्दै कलाकारितालाई जीवनको प्रमुख पहिचान बनाउने संकल्प व्यक्त गरेकी छन् । उनले दर्शकलाई आफ्नो नयाँ गीत ‘कोशेली’ हेरी प्रतिक्रिया दिन तथा युट्युब च्यानल सब्सक्राइब गर्न अनुरोध गरेकी छिन् ।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

मकवानपुरमा लागुऔषधसहित चार दिनमा १३ जना पक्राउ

मकवानपुरमा लागुऔषधसहित चार दिनमा १३ जना पक्राउ

१८ जेठ, हेटौँडा । मकवानपुर प्रहरीले चार दिनको अवधिमा विभिन्न स्थानबाट १३ जनालाई लागुऔषधसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्याल...
प्रधानमन्त्री शाहको अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभामा चर्को विरोध, राजीनामाको माग

प्रधानमन्त्री शाहको अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभामा चर्को विरोध, राजीनामाको माग

१८ जेठ, हेटौँडा । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा सीमा विवादका विषयमा दिएको पछिल्लो अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभ...
गौरीटार अन्तर्राष्ट्रिय क्रिकेट मैदानको उद्घाटन

गौरीटार अन्तर्राष्ट्रिय क्रिकेट मैदानको उद्घाटन

१७ जेड, हेटौँडा । हेटौँडाको गौरीटारमा निर्माण सम्पन्न भएको अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान आइतबार औपचारिक रूपमा उद्घाटन गरिएको...
११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

७ जेठ, हेटौँडा । बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको बजेट अधिवेशन जेठ ११ गते सोमबारका लागि आह्वान गर्न लागि प्...
२४ वैशाखमा बागमती प्रदेशभर सार्वजनिक बिदा

२४ वैशाखमा बागमती प्रदेशभर सार्वजनिक बिदा

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले ‘भाषा दिवस’का अवसरमा वैशाख २४ गते बिहीबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । ...
मुख्यमन्त्री बानियाँविरुद्ध कदमप्रतिको कांग्रेस मकवानपुरको आपत्ति

मुख्यमन्त्री बानियाँविरुद्ध कदमप्रतिको कांग्रेस मकवानपुरको आपत्ति

२१ वैशाख, हेटौँडा । नेपाली कांग्रेस मकवानपुर ले बागमती प्रदेशका सभापति तथा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ विरुद्ध...
सुकुमवासी तथा अव्यवस्थित बसोबासीको प्रदर्शन

सुकुमवासी तथा अव्यवस्थित बसोबासीको प्रदर्शन

२१ वैशाख, हेटौँडा । संघीय सरकारले अतिक्रमित बस्ती खाली गर्ने तयारी थालेपछि मकवानपुरमा भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीहरू ...
टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

२१ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगितामा ललितपुरको फ्रे...