१६ भदौ, हेटौँडा । उदाउँदो गायिका तथा मोडल रिया खत्रीको नयाँ एकल म्युजिक भिडियो ‘कोशेली मलाई त केरा चाहिन्छ’ सोमबार सार्वजनिक भएको छ । गीतमा गायिका खत्री र कलाकार विश्वास नेपालको स्वर रहेको छ भने, शब्द राजेश नेपाल बबिन र संगीत विश्वास नेपालकै रहेको हो । भिडियोको निर्देशन चर्चित निर्देशक प्रकाश भट्टले गरेका छन् ।
सार्वजनिक गरिएको भिडियोमा मोडल लोमस शर्मा र गायिका रिया खत्रीले उत्कृष्ट अभिनय प्रस्तुत गरेका छन् । भिडियोबारे निर्देशक भट्ट र गायक नेपालले यसलाई “आशा लाग्दो म्युजिक भिडियो” भएको बताएका छन् । निर्देशक भट्टले दर्शकलाई भिडियो हेरेर प्रतिक्रिया दिन आग्रह गरेका छन् ।
रिया खत्रीले भने गीत सार्वजनिक भएकोमा खुशी व्यक्त गर्दै दर्शक–स्रोताप्रति आभार प्रकट गरेकी छिन् । उनले आफ्नो प्रस्तुति मन पराइदिन आग्रह गर्दै कलाकारितामै भविष्य जोडिएको बताएकी छन्। उनको आधिकारिक युट्युब च्यानलले ६ महिनामै २३ हजारभन्दा बढी सब्सक्राइबर पाएको छ। उनका विभिन्न लाइभ दोहोरी तथा अन्य म्युजिक भिडियोलाई लाखौँ दर्शकले मन पराइसकेका छन् ।
हालसम्म रियाले एक दर्जनभन्दा बढी म्युजिक भिडियोमा स्वर र अभिनय दुवैमार्फत सहभागिता जनाइसकेकी छन् । नेपालका विभिन्न जिल्लामा भएका महोत्सव तथा सांगीतिक कार्यक्रममा प्रस्तुतिसँगै उनले मलेसिया, सिङ्गापुर र भारतलगायत देशमा समेत प्रस्तुति दिइसकेकी छन्।
सल्यान बागचौर नगरपालिका घर भएकी रियाले प्लस टु उत्तीर्णपछि थप अध्ययनका लागि काठमाडौं आएकी थिइन् । २१ वर्षकै उमेरमा उनले सांगीतिक क्षेत्रमा उल्लेखनीय सफलता हासिल गर्दै कलाकारितालाई जीवनको प्रमुख पहिचान बनाउने संकल्प व्यक्त गरेकी छन् । उनले दर्शकलाई आफ्नो नयाँ गीत ‘कोशेली’ हेरी प्रतिक्रिया दिन तथा युट्युब च्यानल सब्सक्राइब गर्न अनुरोध गरेकी छिन् ।
Hetauda Live ले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।