Day: २०८२, १६ भाद्र सोमबार २१:४६

हेटौँडा अस्पतालको निर्देशकमा डा. सापकोटा नियुक्त

हेटौँडा अस्पतालको निर्देशकमा डा. सापकोटा नियुक्त

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, बागमती प्रदेश, समाचार, हेटौँडा
१६ भदौ, हेटौँडा । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौँडाअस्पतालको निर्देशक पदमा वरिष्ठ कन्सल्टेन्ट अर्थोपेडिक सर्जन डा। रामचन्द्र सापकोटा नियुक्त भएका छन् । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. प्रदिप ज्ञवालीको सिफारिसमा बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले सोमबार औपचारिक रूपमा नियुक्ति पत्र प्रदान गरे । उक्त अवसरमा मन्त्री थापाले हेटौँडा अस्पताललाई प्रदेशकै उत्कृष्ट स्वास्थ्य सेवा तथा शिक्षा केन्द्रका रूपमा विकास गर्ने लक्ष्यअनुसार दक्ष नेतृत्वको आवश्यकता भएकाले जिम्मेवारी दिएको बताए । उनले डा. सापकोटा जस्तो अनुभवी र दक्ष चिकित्सकको नेतृत्वमा अस्पतालको सेवा स्तर, शैक्षिक गुणस्तर र बिरामीमैत्री वातावरण हुने विश्वास व्यक्त गरे । चितवन घर भएका वरिष्ठ अर्थोपेडिक सर्जन डा. सापकोटा हाल हेटौँडा अस्पतालका नि. निर्देशकको जिम्मेवारीमा थिए । पोखरास्थित मण...
बागमती प्रदेशसभामा लिपुलेक विवादबारे संकल्प प्रस्ताव पारित गर्न माग

बागमती प्रदेशसभामा लिपुलेक विवादबारे संकल्प प्रस्ताव पारित गर्न माग

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, बागमती प्रदेश, राजनीति, समाचार
१६ भदौ, हेटौँडा । बागमती प्रदेशसभा सदस्यहरूले नेपाल–भारत–चीनबीचको त्रिदेशीय सीमा विवाद समाधानका लागि संसद्बाट संकल्प प्रस्ताव पारित गर्न माग गरेका छन् । प्रदेशसभाको सोमबार बसेको बैठकको विशेष समयमा सांसदहरूले सरकारले कूटनीतिक पहलमार्फत लिपुलेक–लिम्पियाधुरा–कालापानी क्षेत्रको विवाद समाधान गर्नुपर्नेमा जोड दिए । संख्यात्मक रूपमा बलियो सरकार भए पनि सीमा विवादजस्ता संवेदनशील विषयमा पहल गर्न नसकेको भन्दै सांसदहरूले सरकारको आलोचना गरे । सांसदहरूले नेपालको सहमति बिना भारत र चीनबीच लिपुलेकलाई व्यापारिक नाकाको रूपमा प्रयोग गर्ने गरी भएको सम्झौता राष्ट्रियता र सार्वभौमिकतामाथि प्रहार भएको टिप्पणी गरे । बैठकमा पूर्वमन्त्री तथा माओवादी केन्द्रका सांसद युवराज दुलाल ‘शरद’ले तत्काल संसद्ले साझा धारणा स्वरूप संकल्प प्रस्ताव पारित गरेर अघि बढ्नुपर्ने बताए । उनले नेपालको राष्ट्रियता, सार्वभौमिकता र अखण...
कैलाशका लालकुमारलाई मुख्यमन्त्री बानियाँले घर निर्माण गर्न दिए २ लाख

कैलाशका लालकुमारलाई मुख्यमन्त्री बानियाँले घर निर्माण गर्न दिए २ लाख

Breaking News 1, कैलास, ट्रेन्डिङ, ताजा अपडेट, बागमती प्रदेश, राजनीति, समाचार
१६ भदौ, हेटौँडा । मकवानपुरको विकट मानिने कैलाश गाउँपालिका–४ धुस्राङका ५० वर्षीय लालकुमार प्रजा चेपाङ अब सुरक्षित आवासमा बस्न पाउने भएका छन् । जीर्ण अवस्थामा रहेको घरमा बस्दै आएका उनलाई बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले घर निर्माणका लागि पहिलो किस्ताबापत २ लाख रुपैयाँ सहयोग गरेका हुन् । लालकुमारका कुनै सन्तान छैनन् । उपचारका क्रममा सन्तान नहुने भएपछि उनी श्रीमती सानुमाया चेपाङसँगै बस्दै आएका छन् । सानै उमेरमा हात जलेर सानुमाया आंशिक अपाङ्ग बनेकी थिइन् । दम्पती गाउँमै करिब २ कट्ठा नम्बरी र ३र४ कठ्ठा ऐलानी जग्गा भोगचलन गरी कृषि र साना पशुपालन गर्दै जीविकोपार्जन गर्दै आएका छन् । विपन्न अवस्थाका कारण जीर्ण घर बनाउन नसकेपछि उनीहरू असुरक्षित बासमा जीवन बिताइरहेका थिए । गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानको सिफारिसपछि मुख्यमन्त्री बानियाँले लालकुमारको घर निर्माणका लागि स...
गायिका रिया खत्रीको ‘कोशेली’ म्युजिक भिडियो सार्वजनिक

गायिका रिया खत्रीको ‘कोशेली’ म्युजिक भिडियो सार्वजनिक

मनोरञ्जन, समाचार
१६ भदौ, हेटौँडा । उदाउँदो गायिका तथा मोडल रिया खत्रीको नयाँ एकल म्युजिक भिडियो ‘कोशेली मलाई त केरा चाहिन्छ’ सोमबार सार्वजनिक भएको छ । गीतमा गायिका खत्री र कलाकार विश्वास नेपालको स्वर रहेको छ भने, शब्द राजेश नेपाल बबिन र संगीत विश्वास नेपालकै रहेको हो । भिडियोको निर्देशन चर्चित निर्देशक प्रकाश भट्टले गरेका छन् । सार्वजनिक गरिएको भिडियोमा मोडल लोमस शर्मा र गायिका रिया खत्रीले उत्कृष्ट अभिनय प्रस्तुत गरेका छन् । भिडियोबारे निर्देशक भट्ट र गायक नेपालले यसलाई “आशा लाग्दो म्युजिक भिडियो” भएको बताएका छन् । निर्देशक भट्टले दर्शकलाई भिडियो हेरेर प्रतिक्रिया दिन आग्रह गरेका छन् । रिया खत्रीले भने गीत सार्वजनिक भएकोमा खुशी व्यक्त गर्दै दर्शक–स्रोताप्रति आभार प्रकट गरेकी छिन् । उनले आफ्नो प्रस्तुति मन पराइदिन आग्रह गर्दै कलाकारितामै भविष्य जोडिएको बताएकी छन्। उनको आधिकारिक युट्युब च्यानलले ६ महिनामै...
सुमनसिंको घर बनाउन पहिलो किस्ताबापत मुख्यमन्त्री बानियाँले दिए २ लाख

सुमनसिंको घर बनाउन पहिलो किस्ताबापत मुख्यमन्त्री बानियाँले दिए २ लाख

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, बागमती प्रदेश, राक्सिराङ्ग, राजनीति, समाचार
१६ भदौ, हेटौँडा । राक्सिराङ गाउँपालिका–१ इन्द्रुङका विपन्न सुमनसिं चेपाङको घर बनाइदिने घोषणा गरेका बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले घर निर्माणका लागि पहिलो किस्ताबापत २ लाख रुपैयाँ हस्तान्तरण गरेका छन् । गाउँपालिकाका जनप्रतिनिधि र नेपाली काँग्रेसका स्थानीय नेताहरुको रोहबरमा बानियाँले घर निर्माणको जिम्मा लिने पक्षलाई सोमबार २ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । सुत्केरी श्रीमतीलाई खुवाउने कुरा पनि केही नभएको र बस्ने घर पनि नभई झुप्रोमा बस्दै आएको थाहा पाएपछि राक्सिराङ गाउँपालिका र नेपाली काँग्रेस राक्सिराङ गाउँपालिकाको सिफारिसमा बानियाँले व्यक्तिगत खर्चमै घर निर्माण गरिदिने घोषणा गर्दै काम थालनी गर्न निर्देशन दिएका थिए । मुख्यमन्त्रीमा नियुक्त भएसँगै बानियाँले आफ्नो तलब भत्ताको रकमबाट आफ्नो निर्वाचन क्षेत्रका अति विपन्न परिवार पहिचान गरी घर बनाइदिने घोषणा गरेक...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज